Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू Breaking News
  • सुत्केरीको हेलिकप्टरबाट उद्वार Breaking News
  • नतिजा देखिने गरी काम गर्ने सहरी विकास मन्त्री चौधरीको प्रतिवद्धता Breaking News
  • सुभाष घिमिरेद्वारा लिखित “सान्दाजु” उपन्यासको लोकार्पण Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 842 | 16 Jan, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 842 | 16 Jan, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • उपेन्द्र यादवले फेरी उठाए संविधान संशोधनको मुद्धा Breaking News
  • रिजालले थाले नयाँ अभियान Breaking News
  • maxresdefault 64
    कृषि कर्ममा रमाइरहेका नेपथ्यका नायकको जीवन-यात्रा Breaking News

दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग

Posted on February 20, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग

८ फाल्गुन, सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र रहस्यमय मृत्युका विषयमा जानकारी लिन पूर्वगृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको नेतृत्वमा अन्य राजनीतिकर्मीहरू पीडितको परिवारसँग भेटेका छन् ।
दलित समुदाय माथि दिनानुदिन हिंसा बढिरहेको प्रति पूर्वगृह राज्यमन्त्री अन्सारीले जिल्लाको सिडिओ एसपी र कसैसँग दबाब र प्रलोभनमा नपर्न पीडित परिवार र समुदायलाई आग्रह गरेका थिए ।
उनले भने, “हामी ४ दल र नागरिकसमाज स्थलगत निरीक्षण गरी गाउँका मान्छे र पीडित परिवारका सदस्यहरुसँग सत्य र तथ्य बुझ्दा घटनाका प्रवुति हेर्दा सामूहिक बलात्कार भएको देखिन्छ, घटनालाई लुकाउन र दोषीहरुले सजायबाट जोगिनका लागि हत्या गरेको जस्तो देखिन्छ । रिंकुको साथमा जे अन्याय भएको छ, बलात्कार भएको छ त्यसको दोषीलाई कानूनको दायरामा ल्याउन र कडाभन्दा कडा सजाय दिलाउन सम्बन्धित निकाय प्रहरीले कुनै कसर बाँकी राखे हामी सडकमा आन्दोलन गर्न बाध्य हुन्छौं ।’
उनले गृह मन्त्रालयका निकायलाई नजिकबाट नै हेर्ने मौका पाएकाले प्रहरीले यथाशक्य ढिलोचाँडो पनि अभियुक्तहरूलाई प्रहरीले कानूनको दायरामा ल्याउन सफल हुने विश्वास व्यक्त गरे ।
नेपाल मानव अधिकार आयोगको २०८० को प्रतिवेदन अनुसार, दलित समुदाय विरुद्धको हिंसा पछिल्लो ३ वर्षमा ४०५ ले बढेको देखिन्छ । यस्तो अवस्थामा, संविधानले गरिएको जातीय भेदभाव विरुद्धको कानूनको कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको छ ।
पीडित परिवारलाई भेट्न मधेश प्रदेश सरकारको पूर्वगृह संचार तथा कानून मन्त्री तथा मधेश प्रदेश सभा सदस्य विमला अन्सारीले जुन घटना रिंकुको साथमा भयो त्यो आफुले महसुस गरिरहेको जनाएकी छन् । ‘यी कुराहरूको पीडा आफुले महिला भएकोले बुझ्न मात्रै सक्दिनँ महसुस पनि गर्न सकिरहेको छु । किनकि मेरो पनि छोरी छन् ।’
‘ कुनै पनि जातिको भएपनि छोरी त छोरी हो नि रु’ उनले यो कुरा आफुले प्रदेशको सदनमा राख्ने जिकिर गरिन । अब संघर्ष त्यहीँबाट गर्ने गर्ने पीडित परिवारलाई ढुक्क हुन आश्वासन समेत दिएकी थिइन् ।
केही दिन अगाडि सर्लाहीको सत्येन्द्र राम र नेहा गुप्ताको अन्तरजातीय बिहे भएपछि पदीय दुरुपयोग गरि बहालबाला गृह मन्त्रीको निर्देशनमा नै प्रहरी महनिरीक्षकले डिएसपी र प्रहरी हवल्दार नै खटाएर पक्राउ गर्नेसम्मको हैसियत राख्ने प्रहरीले अहिलेसम्म रिंकुको घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म सिरहा प्रहरीले पक्राउ गर्न नसक्नुलाई प्रहरीको जिम्मेवारी माथी प्रश्न चिन्ह खडा भएको वहुजन एकता पार्टी नेपालको वरिष्ठ नेता राजाराम पासवानले आक्रोश व्यक्त गरे ।
उनले मंगलबार पीडित परिवारलाई भेट्न गएको बेला राति परेपछि पनि ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी विष्णु प्रसाद सोतीलाई प्रत्यक्ष भेटेर नै यो घटनालाई गम्भीर रूपमा हेर्न आग्रह गरेका थिए ।
साथै उनले यस्ता घटनाहरू हुनु भनेको सम्पूर्ण दलित समुदाय माथिको हिंसा रहेको बताएका थिए । समयमा नै पीडितले न्याय नपाए सडक देखि सदनसम्म अवरुद्ध हुने उल्लेख गरेका छन् ।
बहुजन एकता पार्टी नेपालको अध्यक्ष हरिनन्दन अम्बेडकर, प्रकाश मेहरा केन्द्रिय सह महासचिव, नेपाल जनजागृती पार्टीको अध्यक्ष धुर्वलाल प्रसाद सहनी निषाद र महासचिव भुजेन्द्र पसाद सहनी नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले सबैले एकमुष्ट पीडित परिवारको साथमा आफुहरू जति बेला पनि कुनै ठाउँमा उभिन तयार रहेको बताएका छन् ।
घटना घटिसकेपछी दलित अभियन्ता राम सुफल सदाले घटनाको कुनै संचार माध्यममा नआएपछि आफ्नो फेसबूकमा पत्रकारहरूलाई आग्रह गरेपछि मात्रै घटना स्थानीय देखि राष्ट्रिय स्तरको संचार माध्यममा आएपछि बाहिरिएको थियो । तर उनले अहिले प्रहरी र राजनीतिकर्मी माथी आक्रोश पोख्दै लेखेका छन्, “चुनावको बेला भोट माग्न भोटरको खेत खलियान , माइत र ससुराली सम्म पुग्ने नेताहरुको राजनीतिक पार्टीहरुले रिन्कु सदायको मृत्यु प्रकरणमा छानबिनको लागि माङ नगर्नुलाइ के भन्ने रु अहिलेसम्म रिन्कु सदाय मृत्यु प्रकरणमा एक जनालाइ पनि सोधपुछको लागि इलाका प्रहरी कार्यालय लहानले बोलाउन सकेको छैन ।”
उनले जिज्ञासा् गर्दै लेखेका छन् ‘घटनाका दोषीहरू फरार रहेका छन् भने यता उल्टै भगवतीपुर मुसहरी टोल पुरुष बिहिन बनेका छन् । गवाही दिने डरले पुरुषहरू आफैं भागेका रहेछन् । यो समुदायले न्याय कसरी पाउलान् रु’
घटना यसरी भएको थियो ।
आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परिन् ।

६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् । ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकुले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।
आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुन्डिएको अवस्थामा ३० माघको राति ७ः२० मा मृत भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा उनको शव फेला परेको थियो ।
मृत्यु हुनुअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो । घटना दबाउन २९ माघमा गाउँमा पञ्चायती बसेको थियो । पञ्चायती बसेको विषय पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमारले बताए । तर रकमको लेनदेन भएको विषय भने अनुसन्धानकै क्रममा रहेको उनले बताए ।
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान घटना दबाउनका लागि सञ्चायती बस्नेहरू अधिकांशजसो फरार भएका छन् । सोमबारबाटै घटनास्थल पुगेको एसएसपी कोइरालाको टोलीले यसबारे अनुसन्धान गरिरहेका छन् । उनले बलात्कारको घटना दबाउन भन्दै रकमको बार्गेनिङ भएको पुष्टि गरेका हुन् ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: INFLARÍAS A TUS MEJORES AMIGOS? 😰🤣 @CAMILOAGUILLONN @SantiOficialll @SantiMusicOficial
Next Post: आरआर क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

Related Posts

  • Jor Kalash (Maharani Nach Maruni) – Bhanu Oli, Jhuma Niraula & Sunita Timalsina | Nepali Song 2023 Breaking News
  • amerika khabar bold 2
    अध्यादेश आयो, रेल चलाउन अब बजेटको पर्खाइ Breaking News
  • सिरिमा सिरी बोलको गीत सार्वजनिक (भिडिओ) Breaking News
  • सुनचाँदीको मूल्य घट्यो Breaking News
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक Breaking News
  • शरीरको प्रतिरक्षात्मक शक्ति कसरी बढाउने ? Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 21
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali पुजा शर्मालाई हिमेश पन्तको सल्लाह | Himesh Panta | Pooja Sharma | Comedy Hub | Nepali Comedy Show Breaking News
  • एमालेलाई आगामी निर्वाचनमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन: केपी ओली Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 156 | Jun 25, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 156 | Jun 25, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • Religion: श्रीमद्भागवत गीता सार अन्तिम अध्याय १८ Shree Bhagwat Geeta Last Adhyaya 18 by Chaitanya Krishna Jee
    Religion: श्रीमद्भागवत गीता सार अन्तिम अध्याय १८ Shree Bhagwat Geeta Last Adhyaya 18 by Chaitanya Krishna Jee Breaking News
  • #sanumaya #shorts #musicnepal Breaking News
  • नापी कार्यालय भैरहवाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ Breaking News
  • महामारीविरुद्ध लड्न थप इम्युनिटी पावरको आवश्यकता Breaking News
  • गायक तथा सर्जक खनालले ल्याए पैसाको बिटो Breaking News
  • टेक्सासमा संचालित कन्सुलर सेवा शिविरहरुमार्फत् प्रदान गरिएको सेवासम्बन्धमा अद्यावधिक जानकारी Breaking News
  • sddefault 3
    My first flight || Nepal to USA 🇳🇵✈️ 🇺🇸 Immigration
  • Halimuhali | Rachana Rimal | Shilpa Maskey | New Music Video 2023 Breaking News
  • नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत Breaking News
  • मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन Breaking News
  • Finance Secretary Toyam Raya met with Deputy Assistant Administrator Anjali Kaur of USAID Breaking News
  • Hatti Hamu Magenau (Daan Tarne Maruni Folk Dance) | Nawin Khadka, Resh Biswakarma, Binod Danuwar Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme