Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • covid19africa
    Flu Is Bad This Year Breaking News
  • निर्वाचनको एक महिनाअघि मतपत्र छापिने Breaking News
  • सरकारका कामकाज ‘भद्रगोल’, कर्मचारी ‘लगामबिनाका घोडा’ Breaking News
  • Chiso Ashtray | Chapter 3 | New Nepali Movie Breaking News
  • दाङमा १७ वर्षीया किशोरी बलात्कृत Breaking News
  • विचारधारा र राजनीतिक दृष्टिकोण Breaking News
  • #paankopaat #nepalilokdohorisongs #livedohori Breaking News
  • पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना Breaking News

दिनेश अधिकारीको कविता संग्रह ‘पानीको परेड’ सार्वजनिक

Posted on March 9, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on दिनेश अधिकारीको कविता संग्रह ‘पानीको परेड’ सार्वजनिक

२५ फाल्गुन, काठमाडौं । कवि तथा गीतकार दिनेश अधिकारीको कविता संग्रह ‘पानीको परेड’ लोकार्पण गरिएको छ । कवि दिनेश अधिकारीका कविता छापिन थालेको ५० वर्षको अवसर पारेर पब्लिकेशन नेपालयले ‘पानीको परेड’ प्रकाशन गरेको हो ।

‘२०३२ चैतमा ‘रत्नश्री’मा मेरा दुइटा कविता छापिएपछि मेरो काव्यिक परेड प्रारम्भ भएको हो,’ ‘पानीको परेड’ पुस्तक लोकार्पण कार्यक्रममा अधिकारीले भने ‘पुस्तकका रुपमा ‘अन्तरका छिटा’ देखि आज ‘पानीको परेड’ सम्म आइपुगेको छु ।’

कवि सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भूपी शेरचन, वासु शशीको घरलाई प्रमुख काव्यिक गन्तव्य बनाएको पनि कवि अधिकारीले स्मरण गरे । २०३६ सालमा अभिव्यक्ति स्वतन्त्रता, प्रजातन्त्र र बहुदलीय व्यवस्थाको पक्षमा उभिएर अग्रज कविहरु मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरेहरुका साथमा आन्दोलनमा होमिएको स्मरण गर्दै अधिकारीले त्यतिबेला आफ्नो जागिर संयोगले जोगिएको बताए ।

‘२०३८ साल भदौमा म सरकारी जागिरे भएँ । त्यही वर्ष माघ २२ गते ‘राष्ट्रपुकार’ मा विष्णुविभु घिमिरेसँग संयुक्त रुपमा लेखेको ‘समय’ कविता छापियो,’ कवि अधिकारीले सम्झिए, ‘अनि त हामीमाथि १० वर्षसम्म जेल सजाय हुने राजकाज मुद्दामा पक्राउ पुर्जी जारी भयो । बागमती अञ्चलाधीश कार्यालयमा हाजिर भएर बयान दियौं । धन्न १ दिनेश अधिकारीको नामबाट कविता लेख्ने व्यक्ति नै सरकारी जागिरदार दिनेशहरि अधिकारी हो भन्ने सुइँको प्रशासनले पाएन । नत्र मेरो जागिर जाने पक्का थियो ।’

आफ्नो ५० वर्ष लामो काव्ययात्राका अनुभूति बाँड्दै गर्दा कवि अधिकारीले कविताबारे आफ्नो दृष्टिकोण पनि सुनाए । ‘कहिले लाग्छ, कविता जीवनको कलात्मक मन्तव्य हो । कहिले लाग्छ, जीवनको विद्रोही वक्तव्य हो,’ उनले भने, ‘कविता शिल्प र कल्पनाको अँगालो त हो नैस यो भावना र विचारको भँगालो पनि हो । समयको छाप सँगसँगै संवेदनाको एकालाप पनि हो, कविता ।’

‘पानीको परेड’ कविता संग्रहभित्र कवि अधिकारीले पछिल्लो १५ वर्षयता लेखेका धेरै कविताबाट छानेर ७७ वटा समेटिएको छ । जीवनको ज्वार, आस्थाको आकाश, वक्र(वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्डमा ७७ कविता छन् ।

कवि अधिकारीले आफूभन्दा पछिल्लो पुस्ताका सशक्त कवि मोमिला र नवराज लम्साललाई ‘पानीको परेड’ पुस्तक उपहार दिएर पुस्तक लोकार्पण गरिएको थियो । ‘आमा’ कविता वाचनबाट आफ्नो मन्तव्य सुरु गरेका अधिकारीले श्रीमती उषा अधिकारीलाई पनि मञ्चमा बोलाएर पुस्तक उपहार दिए ।

‘अतिरिक्त अभिलेख’ कविता संग्रहका लागि मदन पुरस्कार प्राप्त कवि अधिकारीको अघिल्लो संग्रह ‘भरियाको भूगोल’ पनि नेपालयबाटै प्रकाशित छ ।

‘कवि दिनेश अधिकारी अनुभूतिको तीव्र प्रवाहलाई स्वाभाविक–सुललित रुपमा पस्किनुहुन्छ, जसले पाठकको हृदयलाई सहज स्पन्दन गर्छ,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्य भन्छन्, ‘पानीको परेडभित्रका सात खण्डका सतहत्तर कविता उहाँले हृदयको रङले पोतेको सप्तरंगी क्यानभास हो ।’

साहित्यका विधाहरुमध्येमा कविताको बजार कम रहेको मान्यता भए पनि पब्लिकेसन नेपालयले कलात्मक साहित्यिक मूल्य र योगदानको कदरस्वरूप वर्षमा एक काव्य प्रकाशन गर्दै आएको उनले बताए । ‘२०२४ मा नेपालयबाट कवि विप्लव प्रतीकको हाइकु संग्रह ‘शाडेनफ्रोएडा’ प्रकाशन भएको थियो भने यो मार्च महिनाको पलेँटीकै अवसरमा कवि गीतकार कालीप्रसाद रिजालको नयाँ पुराना कविता र गीतको संग्रह ‘केही मीठो बात गर’ प्रकाशन हुने उनले जानकारी दिए ।

१८० पृष्ठको ‘पानीको परेड’ को मूल्य ५२५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका प्रमुख पुस्तक पसलमा उपलब्ध रहने पब्लिकेसन नेपालयले जनाएको छ । साथै, अमेजन र थुप्रैडटकम www.thuprai.com मार्फत पुस्तक भौतिक र ईबुकका रुपमा किन्न सकिन्छ ।

Breaking News

Post navigation

Previous Post: राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन – २०८१ फागुन २६ र २७ गते काठमाडौंमा हुँदै
Next Post: ज्ञानेन्द्र शाह काठमाडौं फर्कँदै, राजावादीहरू स्वागतको तयारीमा

Related Posts

  • Dr Uppadhaya press meet scaled 1 1 u026bY
    डा उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक Breaking News
  • KhabarBreaking.com: सुकेधारामा एक पुरुषको शव भेटियो Breaking News
  • संघीय संसद्का चार समितिको बैठक बस्दै Breaking News
  • Jangalai Ma Kharayo Jarayo – Satyaraj Acharya & Ishwori Pradhan | Nepali Song Breaking News
  • Halimuhali | Rachana Rimal | Shilpa Maskey | Releasing Today Breaking News
  • नेपाली राजदुताबास अमेरिका
    अमेरिकी राजदूतावास बिहीबारका दिन बन्द रहने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • क्यानडामा मङ्की पोक्सका २७८ बिरामी Breaking News
  • पर्सामा काँग्रेस र जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल Breaking News
  • image
    अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न प्राधिकरणलाई अनुमति Breaking News
  • खै नेपाली आँखाले नेपाललाई हेरेको ? Breaking News
  • प्रधानमन्त्रीले बोलाउनु भयो मन्त्रिपरिषद् बैठक Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 283 | 30 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep- 283 | 30 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपेन्द्र यादव यसो भन्छन् Breaking News
  • maxresdefault
    Halka Ramailo | Episode 97 | 19 September | 2021 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy Breaking News
  • Why I Stopped Being A “Good” Cancer Patient
    Why I Stopped Being A “Good” Cancer Patient english_news
  • इन्स्पेक्टरबाट एसएसपीसम्म पहिलो बनेका भण्डारीले न्याय पाउन आईजीपी बढुवा नै कुर्नुपर्ने ! Breaking News
  • USA Immigration – Nepali singer Aastha Raut sent back, VISA issue; New Year Program in Lancaster Breaking News
  • Profile and Interviews: Cool Soap Dispenser Gadget For Your Little Ones! 🧼✨ #asmr #gadgets profile-and-interviews
  • एमालेका नेता योगेश भट्टराईले उठाए गम्भिर प्रश्न Breaking News
  • #heymaya #deepajha #adityanarayan #nepalisong #jhilmilsitara Breaking News
  • रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्दै Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme