
दिनदहाडै २९ लाख रुपैयाँ बराबरको धनमाल चोरी
१६ बैशाख, झापा । दिनदहाडै झापाको बिर्तामोडमा ढोका फोरी २९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बिर्तामोड नगरपालिका वडा न ४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा सोमबार दिउँसो कोही नभएको बेला दुईतले घरको पहिलो तलाको मूल ढोकाको ताला फुटाई चोरी भएको हो ।
दराजमा रहेको नगद ७० हजार, सुनको ढिक अन्दाजी ५ तोला, सुनको हातमा लगाउने ब्रासलेट १ थान, सुनको सिक्री थान २ गरी जम्मा ५ तोला, औठी थान २, चन्द्रमा ४ आनी, सुनको हार ५ तोला ४ आनी गरी जम्मा सुन १५ तोला ४ आनी गरी अन्दाजी २९ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको छ।