🎄 Holiday Season Special
दल दर्ताको समय चार दिन थपियो
१० मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको समय थप गरेको छ । आज मंसिर १० गतेसम्मका लागि तय गरिएको समय यही मंसिर १४ गतेसम्मका लागि थप गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको छ ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आजसम्म निर्वाचन आयोगमा कायम रहेका दलहरू १३७ पुगेका छन ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
