दण्ड कि पुरस्कार ? चुनावबाटै निर्णय गरौंः बरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरे

0
20

काठमाडौं । बरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरेले भदौ २३ र २४ गतेको घटनालाई लिएर जनतासामु स्पष्ट राजनीतिक प्रश्न  उठाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज बिहान पोस्ट गर्दै घिमिरेले यस्तो प्रश्न  उठाएका हुन ।  उनले ती दुई दिन नेपाल भन्ने देश नै ‘कोल्याप्स’ भएको थियो कि थिएन भन्ने निष्कर्षमा पुग्न मतदातालाई आग्रह गरेका छन् ।

घिमिरेका अनुसार यदि भदौ २३ र २४ गते देशको शासन प्रणाली, राज्य संयन्त्र र नेतृत्व असफल भई मुलुक नै कोल्याप्सको अवस्थामा पुगेको थियो भन्ने ठहर हो भने, त्यसका लागि जिम्मेवार साविकका सत्ताधारीलाई दण्डित गर्ने अवसरको रूपमा यो निर्वाचनलाई प्रयोग गर्नुपर्छ । उनका शब्दमा चुनाव केवल सत्ता हस्तान्तरणको प्रक्रिया होइन, जनताले विगतको मूल्यांकन गर्ने लोकतान्त्रिक अदालत पनि हो ।

तर अर्कोतर्फ, यदि त्यो समयमा देश कोल्याप्स भएको थिएन, तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूले परिस्थितिलाई सही ढंगले व्यवस्थापन गरेका थिए भन्ने विश्वास छ भने उनीहरूलाई पुरस्कृत गर्न पनि यही चुनाव पर्याप्त माध्यम भएको घिमिरेले उल्लेख गरेका छन् । उनका अनुसार त्यस अवस्थामा मतदाताले छानीछानी तत्कालीन नेतृत्वलाई फेरि सत्ता सुम्पिनु नै तर्कसंगत हुनेछ ।

घिमिरेले लामो भाषण, भावनात्मक नाराबाजी र लम्बे–चौडे गफको आवश्यकता नरहेको पनि स्पष्ट पारेका छन् । उनका अनुसार भदौ २३ र २४ को घटनाले राज्य र नेतृत्वको वास्तविक क्षमता नाङ्गो बनाइसकेको छ, अब निर्णय गर्ने पालो मतदाताको हो । “दण्ड कि पुरस्कार, फैसला सरल छ,” उनको सन्देशमा भनिएको छ, “मतपेटिकामै उत्तर दिनुहोस्।”

भदौ २३ र २४ को घटनाबारे फरक–फरक व्याख्या भइरहेका बेला घिमिरेको यो धारणा मतदातालाई भावनाभन्दा मूल्यांकनमा आधारित निर्णय लिन प्रेरित गर्ने संकेतका रूपमा हेरिएको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here