त्रिभुवन विश्वविद्यालयले ११ क्याम्पस प्रमुखका लागि माग्यो आवेदन

१७ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । सोमबार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालको क्याम्पस प्रमुख छनोत समितिले काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको हो ।

त्रिविले रत्नराज्य लक्ष्मी(आरआर) क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो ।

त्यस्तै सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको हो ।

योग्य उम्मेदवारले CCScommittee@tu.edu.np इमेल ठेगानामा सात दिनभित्र आवेदन पठाउन सक्ने सूचनामा उल्लेख छ ।

The post त्रिभुवन विश्वविद्यालयले ११ क्याम्पस प्रमुखका लागि माग्यो आवेदन first appeared on Khabar Breaking.

  • Related Posts

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा…

    Read more

    Leave a Reply

    You Missed

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 1 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 1 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 1 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 18 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    तीज पर्वको अवसरमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना

    • By
    • September 5, 2024
    • 20 views