“तस्बिरमा नगर प्रहरी” पुस्तकको प्रमुख महर्जनले गरे विमोचन

२४ साउन, ललितपुर  । ललितपुर महानगर पालिकाका नगर प्रहरीका काम,कारवाही समेटेर “तस्बिरमा नगर प्रहरी” नामक पुस्तक सार्वजनिक गरिएको छ। बिहीबार ललितपुरमा आयोजित समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन सहितका व्यक्तित्वहरुले उक्त पुस्तकको विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा बोल्दै नगर प्रमुख महर्जनले ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ अघि बढाएको बताए  ।

उनले सम्पदा संरक्षणमा कुनै सम्झौता नहुने पनि  बताए । उनले सम्पदा संरक्षणमा कुनै कमजोरी नगरी महानगरले काम गरिरहेको जिकिर गरे । ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरूलाई सम्मान गरेर आफूहरू संरक्षणमा जुटेको पनि उनले बताए ।

उनले सम्पदाको क्षेत्रमा महानगरले कायापलट हुने गरी काम गरेको दाबी गरे । रातो मत्स्येन्द्रनाथको प्रचारप्रसारका लागि महानगरले यस वर्ष उल्लेख्य काम गरेको पनि बताए ।

प्रमुख  महर्जनले महानगरभित्र अवैधानिक रूपमा गर्ने क्रियाकलापहरूलाई बन्द गर्न महानगर प्रहरीले सशक्त भएर काम गर्ने विश्वास लिएको बताए ।

The post “तस्बिरमा नगर प्रहरी” पुस्तकको प्रमुख महर्जनले गरे विमोचन first appeared on Khabar Breaking.

  • Related Posts

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा…

    Read more

    Leave a Reply

    You Missed

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 1 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 1 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 1 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 18 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    तीज पर्वको अवसरमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना

    • By
    • September 5, 2024
    • 20 views