काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा.अजयक्रान्ति शाक्यले लेखेका पुस्तक ‘बुद्धका मौलिक दर्शन’ को सार्वजनिक गरेका छन् । बुधबार (९ साउन ) एक विशेष समारोहमा प्रधानमन्त्री ओलीले बौद्ध दर्शनको मिमांसा गरिएको डा. शाक्यको उक्त पुस्तक लोकार्पण गरेका हुन।
लोकार्पण समारोहमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले नेपाल भगवान बुद्धको जन्मस्थल हुनुका साथै नेपालबाटै बुद्ध धर्मको थालनी र बिस्तार पनि भएको स्मरण गरे ।
उनले बुद्धले नेपालसहित भारतका विभिन्न स्थानमा गएर तपस्या र ध्यान गर्नुभएको बताए । बुद्धले ज्ञानको बोध भएपछि नै घर, दरबार, परिवार छोडनुभको र बिना ज्ञान सबै कुराको त्याग गर्न नसकिने उनले बताए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा बुद्ध दर्शनलाई कमजोर हुन नदिने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा बुद्ध दर्शनको एउटा पाटो दान संस्कृतिलाई ओलीले आफ्नै जीवनसँग तुलना समेत गरेका थिए । दान ठूलो कुरा भएको भन्दै प्रधानमन्त्री ओलीले आफूले मिर्गौला दान नपाएको भए अहिले १७औं पुन्यतिथि हुने बताए । बौद्ध दर्शनमा दान पारमिताको ठुलो महत्त्व रहेको प्रधानमन्त्रीले उल्लेख गरे।
The post डा.अजयक्रान्ति शाक्यको ‘बुद्धका मौलिक दर्शन’ प्रधानमन्त्री ओलीले गरे लोकार्पण first appeared on Khabar Breaking.