ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

१ साउन, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन । मंगलबार बिहान सकिएको मतगणनामा अधिकारी ११६ को ठुलो मतान्तरमा निवर्तमान अध्यक्ष भविश्वर शर्मालाई पराजित गरेका हुन । अध्यक्षमा विजयी अधिकारीले ५६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भविश्वर शर्माले ४५० मत प्राप्त गरेका छन ।

यस्तै उपाध्यक्षमा राजिव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलिया विजयी भएका छन । महासचिवमा बद्रीप्रसाद तिमल्सिना विजयी भएका छन । त्यस्तै सचिवमा पुण्यराम लगेजु विजयी भएका छन ।  कोषाध्यक्षमा प्रकाश थपलिया यसअघि नै निर्विरोध निर्वाचित भैसकेका छन । पदाधिकारीमा निर्वाचित महासचिव बाहेक सबै अधिकारी प्यानलका उम्मेदवार हुन । यद्यपी तिमल्सिना पनि अधिकारी निकट नै रहेको स्रोतले जनाएको छ ।

यस्तै सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर, सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल विजयी भएका छन । विजयी सबैजसो अधिकारी प्यानलका उम्मेदवार हुन । नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन भएको थियो ।

The post ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न