टान निर्वाचनको लागि २२ बुँदे प्रतिबद्धता सहित सागर पाण्डे समुहको उम्मेदवारी मनोनयन

काठमाडौं । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमितिका लागि सागर पाण्डे नेतृत्वको प्यानलले मनोनयन दर्ता गरेको छ। यही भदौ १७ गते हुने टानको चुनावका लागि बिहीवार (१३ भदौ ) मनोनयन दर्ता गरि पाण्डे समूहले पत्रकार सम्मेलन गर्दै आफ्ना एजेण्डाहरु सार्वजनिक गरेको हो।

संघको आगामी दुईवर्षे कार्यकालका लागि हुने नयाँ कार्यसमितिको अध्यक्षमा सागर पाण्डेसहित १७ जना उम्मेदवारहरुको प्यानल बनेको छ। पाण्डेसँग प्रतिस्पर्धा गर्न राजेन्द्र सापकोटा नेतृत्वको अर्काे प्यानल पनि चुनावी मैदानमा छ।

पत्रकार सम्मेलनका क्रममा अध्यक्षका उम्मेदवार पाण्डेले आफ्नो समूह जुझारु र व्यावसायीक रहेको बताए। आफूहरुको २२ बुँदे घोषणापत्र कसैले लेखि पठाएको वा घोकेर नआएको भन्दै ट्रेकिङ व्यवसायलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने अनुभवका आधारमा तयार पारेको बताए।

पाण्डे समूहले घोषणा पत्रमा ट्रेकिङ व्यवसायीहरुका लागि टान अक्षयकोष निर्माण गर्ने, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनी मार्फतमात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउने उल्लेख छ।

यस्तै, टिम्सको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्ने, करसम्बन्धी समस्या समाधान गर्ने, पर्यटक सवारीसाधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरि कार्यान्वयन गराउने, पदमार्गको प्रचारप्रसारलाई प्राथमिकता दिने पनि घोषणा पत्रमा जनाइएको छ।

सागर पाण्डे समूहले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिक रुपमा उठान गरिने उल्लेख गरेको छ भने पर्यटन ऐनलाई समय सापेक्ष बनाइने, ‘एक्सपेरियन्सल टुरिजम’ को विकास गरिने र अन्तरराष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गर्ने पनि योजना बनाएको छ।

नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनर्संरचना गर्न पहल गर्ने, एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता संस्थाहरूसँग सहकार्य गरिने पाण्डे प्यानलको घोषणा पत्रमा उल्लेख छ।

यस्तै पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गर्ने, पर्यटन सम्बद्ध अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने, पर्यटन विकासका लागि नेपाल सरकारका निकायहरूसँग सहकार्य गर्ने, कानूनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गर्ने देखि पर्यटन बोर्डमा पर्यटन संघसंस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था गरिने बताइएको छ।

पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार पाण्डेले आफू ३० वर्षदेखि पर्यटन क्षेत्र र ट्रेकिङ पेसामा आबद्ध रहेकाले ट्रेकर्सहरुको समस्या र समाधानबारे स्पष्ट रहेको दावी गरे। उनले आफ्नो समूहका अन्य उम्मेदवारहरु पनि सोही प्रकारको व्यवसायमा दक्षता हासिल गरेका र अनुभवी रहेको बताएका छन्।

पाण्डे समूहले आफूहरुलाई व्यावसायीक र समावेशी समूह भएको समेत दावी गरेको छ। उनले भने, ‘हाम्रो उम्मेदवारी टानमा भइरहेको सिण्डीकेटको विरुद्धमा हो। हामी कुनै राजनीतिक दलको सम्झौतामा बाँधिएका छैनौं‚’  उनले भनेका छन्, ‘हाम्रो पार्टी भनेकै पर्यटन हो, हाम्रो पार्टी भनेकै टान हो।’

विपक्षीको समूहका उम्मेदवारहरु व्यवसायभन्दा पनि राजनीतिबाट प्रेरित रहेको पाण्डेको भनाई छ। तसर्थ पर्यटन व्यवसायीहरुले आफूलाई नै मत दिने विश्वास व्यक्त गर्दै आफ्नो जित सुनिश्चित भइसकेको दावी गरेका छन्।

पत्रकारसँग प्रश्नोत्तरमा अध्यक्ष पाण्डेले टानको निर्वाचन खर्चिलो भएको अनुभूति सबै पर्यटन व्यवसायीहरुले गरिरहेकोले टान निर्वाचनलाई मितव्ययी बनाउन एजेण्डा नै बनाएको बताएका छन्। त्यसैले पनि सागर पाण्डे नेतृत्वको प्यानल निरन्तरताको क्रमभंगता भएको उनको दावी छ।

सागर पाण्डे समूहमा वरिष्ठ उपाध्यक्षका लागि चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षका लागि दावा लामा तामाङ, द्वितिय उपाध्यक्षका लागि निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने, सह-कोषाध्यक्षमा डम्बर अधिकारी उम्मेदवार रहेका छन्।

यस्तै सदस्यहरुमा सृष्टि भण्डारी, अम्बिर गुरुङ, माधवकुमार धमला, विनोदकुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, शिवप्रसाद सिलवाल, उत्सव ढकाल र फुर्पुछिरिङ ल्होमी(भोटे) उम्मेदवार रहेका छन्। यो समूहलाई कांग्रेसको संस्थापनइतर समूह, नेकपा माओवादी, रास्वपा, एकीकृत समाजवादीसहित स्वतन्त्र व्यवसायीहरुको समर्थन रहेको बताइन्छ।

अध्यक्षका लागि राजेन्द्रप्रसाद सापकोटा उम्मेदवार रहेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्रप्रसाद सुवेदी रहेका छन्। यस्तै सचिवमा रिन्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले, सह-कोषाध्यक्षमा लाक्पा रिन्जी शेर्पाको उम्मेदवारी रहेको छ।

यस्तै सदस्यहरुमा पवित्रा तामाङ, सागर राई, सुमन अर्याल, विश्व दाहाल, दिनेश तिम्सीना, राजु गुरुङ, छप्ते लामा, भुवनबहादुर खड्का दावा लामा रहेका छन्। यो समूहलाई कांग्रेसको संस्थापन समूह र एमालेको समर्थन रहेको बताइएको छ।

हाल देशभर २४ सयभन्दा बढी ट्रेकिङ कम्पनीहरु दर्ता भई संचालनमा छन्। कम्पनी दर्ता गरि टान निर्वाचनमा मतदान गर्न योग्य मतदाताहरुको संख्या १ हजार ४३८ छ। यी मतदाताहरुले सन् २०२४ देखि ०२६ सम्मका लागि आफ्नो छाता संगठनको नेतृृत्व चयन गर्न लागेका हुन्

The post टान निर्वाचनको लागि २२ बुँदे प्रतिबद्धता सहित सागर पाण्डे समुहको उम्मेदवारी मनोनयन first appeared on Khabar Breaking.

  • Related Posts

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा…

    Read more

    Leave a Reply

    You Missed

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 7 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 7 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 1 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    तीज पर्वको अवसरमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना

    • By
    • September 5, 2024
    • 20 views