६ असोज, काठमाडौं । जुवातास खेलेको आरोपमा सात जना पक्राउ परेका छन् । प्रहरीले दक्षिणकाली नगरपालिका ३ पिखेलबाट सात जनालाई पक्राउ गरेको हो ।
पिखेलस्थित जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ३ बस्ने ५१ वर्षीय दिपककुमार केसीसमेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ९५० रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताअनुसार जुवातास तथा सट्टेबाजी खेल्नु खेलाउनु नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ।
The post जुवातास खेलेको आरोपमा ७ जना पक्राउ first appeared on Khabar Breaking.