Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • राष्ट्रिय परीक्षा बोर्डमा बेथिति Breaking News
  • Why Walking Isn’t Enough When It Comes to Exercise
    English News: Why Walking Isn’t Enough When It Comes to Exercise Breaking News
  • गणतन्त्रको नाममा ‘दलतन्त्र’ को एकाधिकार र राजनीतिक प्रतिशोधको अभ्यास भयो: रास्वपा Breaking News
  • Our Culture Panasiko Pataima (Haakpare) | Bhanu Oli, Kesav, Monika, Anju Breaking News
  • एकीकृत समाजवादीका चार मन्त्रीले सिफारिस भएको २३ दिनपछि शपथ Breaking News
  • Joon Ta LagyoTarale – Bharati Ghimire | Nepali Song Breaking News
  • USA Immigration – Nepali singer Aastha Raut sent back, VISA issue; New Year Program in Lancaster Breaking News
  • पहिरोका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध Breaking News

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’ सार्वजनिक

Posted on February 7, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’ सार्वजनिक

२५ माघ,काठमाडौं । जीवन बीमासम्बन्धी सचेतनामूलक  एउटा श्रव्यदृश्य सामग्री समय सार्वजनिक भएको छ । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले श्रव्यदृश्य सामग्री समय सार्वजनिक गरेको हो ।
सर्वसाधारणलाई जीवन बीमा, बचत र छोराछोरीको शिक्षाका लागि अभिभावकले गर्नुपर्ने पूर्ववित्तीय तयारीको महत्वबारे सन्देश दिन खोजिएको छ।

एउटा सामान्य व्यापारीको परिवारको छोरी १२ कक्षाको नतिजापछि उच्च शिक्षाका लागि विदेशिने ध्याउन्नमा हुन्छिन्  उनको भिसादेखि लिएर शिक्षासम्मको खर्चको जोहो गर्नका लागि अभिभावकलाई धौधौ पर्छ। केही समययता देखिएको आर्थिक शिथिलताले बैंकको कर्जा सेवा, व्यापारदेखि लिएर आपसी व्यवहारसम्ममा पारेको प्रभावलाई झल्काउँदै अप्ठेरो परेका बेला कर्जा वा सापटी हात पार्न असहज भएको अवस्थालाई मर्मस्पर्शी ढंगबाट झल्काइएको छ।

सापटीका लागि अनेक प्रयास गर्दा पनि केही उपाय नलागेपछि अन्ततः ७ महिनाको पर्खाइपछि ती व्यापारीले छोरीको उच्च शिक्षाका लागि बैंकबाट शैक्षिक कर्जा पाउँछन् र छोरीलाई विदेश पठाउने सपना साकार पार्न सहज हुन्छ।

छोरी विदेशिने भएपछि खुसी साट्न खाना खाने निम्तोमा आएको छोरीको साथीको अभिभावकले छोरी जन्मिएलगत्तै जीवन बीमा गरिदिएकाले उच्च शिक्षाका लागि चाहिने पैसाको जोहो गर्न कुनै तनाव नभएको सुनाउँदा ती व्यापारी पिता समय छँदै आफूले जीवन बीमा नगरेकोमा पछुतो मान्छन्। ढिलै भए पनि उनी जीवनको उत्तराद्र्धका लागि पनि जीवन बीमा चाहिन्छ भन्ने निष्कर्षसँगै बीमा गर्न तत्पर हुन्छन्।

यो श्रव्यदृश्य सामग्रीले छोराछोरीको उच्च शिक्षाका लागि नेपालको निम्न मध्यम वर्गीय परिवारका अभिभावकले भोग्नुपरिरहेको साझा समस्या र चुनौतीको प्रतिनिधित्व गर्ने प्रयास गरेको छ। जीवन बीमालाई लिएर आमनागरिकमा अझै पनि विद्यमान अज्ञानता, आर्थिक रुपमा सम्पन्न भए पनि भविष्यका लागि आवश्यक पर्ने पैसाको जोहोका लागि समय रहँदै बचत, लगानी गर्नुपर्छ भन्ने चेतना र अभ्यासको पनि अभाव रहेको परिवेशलाई दर्शाइएको छ।

क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशवप्रसाद भण्डारीले बीमा सचेतनाका लागि भन्ने मूल मन्त्र बोकेको इन्स्योरेन्स खबरका तर्फबाट तेस्रो सचेतनामूलक श्रव्यदृश्य सामग्री पस्किन पाएकोमा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

 उनले बीमाको सचेतनाका माध्यमबाटै संकटको समयमा काँध थापिदिने विश्वासिलो सहयात्री बीमाको सुरक्षा छातामुनि सबैलाई समेट्न सम्भव हुने भएकाले नेटवर्कले निकट भविष्यमा थप श्रव्यदृश्य सामग्री प्रकाशनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

 

यो श्रव्यदृश्य सामग्री इन्स्योरेन्स खबरको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ । यो सामग्रीको पटकथा लेखन तथा निर्देशन रोमियो गुरुङको रहेको छ भने छायांकन ईश्वर बल्लभ उप्रेतीले गरेका हुन्। केशवप्रसाद भण्डारीको परिकल्पनामा बनेको यस पटकथाको व्यवस्थापन आकाश कुँवर गरेका हुन्। विशेष सिलवाल र पुष्कर महत्वनको संगीत तथा सन्तोष दवाडी र रोमियो गुरुङको सम्पादनमा रहेको छ।

 

यस श्रव्यदृश्य सामग्रीमा सन्दीप डंगोल, निरु खड्का, रोशिका पौडेल, राधा गिरी, प्रभाष लिम्बू र ईश्वर बल्लभ उप्रेतीको अभिनय रहेको छ। विशेष भूमिकामा कृष्ण मल्ल देखिएका छन्। इन्स्योरेन्स खबरलाई यो दोस्रो श्रव्यदृश्य सामग्री तयार पार्न एलआईसी नेपाल बाहेक सबै जीवन बीमकले सहयोग गरेका छन्।

 

यसअघि पनि इन्स्योरेन्स खबरले ‘जीवन बीमा गरौँ, सुरक्षित रहौँ’ नामक सचेतनामूलक श्रव्यदृश्य सामग्री तयार पारेर बीमा जागरुकतामा आफ्नो कदम अगाडि बढाएको थियो। त्यस्तै बीमा क्षेत्रमै इन्स्योरेन्स खबरले पहिलो गीत ‘बीमा गर्ने हो, जोखिमको भार सार्ने हो’ ल्याएको थियो। यो गीत एलिना चौहानले गाएकी हुन्।

 

Breaking News

Post navigation

Previous Post: आज पनि बढ्यो अमेरिकी डलरको मूल्य
Next Post: ख्याल गर्नुहोस् बिहान अबेरसम्म सुत्ने मानिसहरुको स्वस्थमा यस्ता विभिन्न समस्या निम्तन सक्छन्

Related Posts

  • अब भैरहवा र पोखराबाट पनि वैदेशिक रोजगार सेवा उपलब्ध हुने Breaking News
  • Why Conspiracies Theories—From Kate Middleton to the Moon Landings—Are So Seductive
    English News: Why Conspiracies Theories—From Kate Middleton to the Moon Landings—Are So Seductive Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 825 | 19 Sep, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 825 | 19 Sep, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • #makurijalaima #musicnepal #nepalisong Breaking News
  • maxresdefault 44
    COMEDY CHAMPION Season 2 – GRAND FINALE Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 255 | 16 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -255 | 16 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • प्रदेश १ को बजेट बहुमतले पारित Breaking News
  • मेरो दिलमा तिमि छौ… Breaking News
  • विमला वलीले पदीय मर्यादा विपरीत व्यवहार देखाएको छानविन समितिको निष्कर्ष Breaking News
  • काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मी सङ्क्रमित Breaking News
  • maxresdefault 16
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 799 | 21 Mar, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • डा शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन Breaking News
  • मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित Breaking News
  • Profile and Interviews: When the cat got angry and threw the fan outside 😮 #cat #youtubeshorts #viralshorts profile-and-interviews
  • Profile and Interviews: RC Snake and RC spider wala shorts profile-and-interviews
  • नेपाल प्रहरीमा एसएसपी बन्न दौडधुप शुरू Breaking News
  • पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन Breaking News
  • एमाले सचिव रायमाझीले गरे यस्तो ठोकुवा, उनको अभिब्यक्तिले राजनीतिमा तरंग ! Breaking News
  • विवादका कारण फलेवासमा नगरसभा सम्पन्न हुन सकेन Breaking News
  • maxresdefault 8
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali म पनि सेलिब्रेटी नै हो | Khabapu Comedy | | Individual Performance | Comedy Hub | Nepali Comedy Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Horror Episode 846 | 13 Feb, 2024 | Nepali Comedy | Surbir, Ramchandra
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Horror Episode 846 | 13 Feb, 2024 | Nepali Comedy | Surbir, Ramchandra Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme