जसपा नेपालको सह अध्यक्षमा रकम चेम्जोङ

१० भदौं, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको सह अध्यक्ष रकम चेम्जोङ बन्नु भएको छ । हालै सम्पन्न पार्टीको एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्य विभाजन गर्दै चेम्जोङलाई सह अध्यक्ष बनाएको हो।

राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष बनेका छन्। महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त हुनु भयो ।

प्रकाश अधिकारी उपमहासचिव, मनिषकुमार सुमन पार्टीको प्रवक्ता, दीपक कार्की र रेखा यादव उपमहासचिव नियुक्त हुनु भएको छ । सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई तथा कोषाध्यक्षमा सरिताकुमारी साह नियुक्त हुनु भएको पार्टीले जानकारी दिएको छ। पार्टीको एकता महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचनको तयारी गरेको थियो। तर पछि सहमतीका आधारमा मनोनित गर्ने सहमती भएको थियो।

The post जसपा नेपालको सह अध्यक्षमा रकम चेम्जोङ first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न