Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • COVID 19 Shows Why the World Needs a Pandemic Agreement
    English News: COVID-19 Shows Why the World Needs a Pandemic Agreement Breaking News
  • काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशन सम्पन्न हुँदै Breaking News
  • Happy Festive Season 2080! बडा दसैँ,तिहार, छठ २०८० तथा नेपाल सम्वत् ११४४ को शुभकामना ! Breaking News
  • maxresdefault 4
    How Does Himalayan Water Taste? | Ghumante Team Breaking News
  • श्रीगणेश चन्द्र-सूर्य (मारूनी देवदेवता जुहार्ने शशी) लोकनृत्य” | Nawin Khadka, Resh ,Binod Breaking News
  • समाजवादीका नेता सोम पाण्डेको भब्य मन्तब्य Breaking News
  • दिनदहाडै २९ लाख रुपैयाँ बराबरको धनमाल चोरी Breaking News
  • ‘प्रचण्ड, माधव, झलनाथ कम्युनिष्ट आन्दोलनका गद्दार’ Breaking News

जनकपुरमा राष्ट्रिय एकता अभियानद्वारा मसाल जुलुस प्रदर्शन ; प्रदेश सरकारको अकर्मण्यताप्रति तीव्र विरोध

Posted on February 15, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on जनकपुरमा राष्ट्रिय एकता अभियानद्वारा मसाल जुलुस प्रदर्शन ; प्रदेश सरकारको अकर्मण्यताप्रति तीव्र विरोध

 

जनकपुरधाम, फागुन २ – मधेश प्रदेश सरकारको असफलता, भ्रष्टाचार, र अकर्मण्यताको विरोधमा राष्ट्रिय एकता अभियान, मधेश प्रदेश समितिको अगुवाइमा बिहीबार जनकपुरमा मसाल जुलुस प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता अभियानका नेता मनीष पुर्वे, अक्षय यादव,पंकज झा लगायतका अगुवाहरूको नेतृत्वमा निकालिएको उक्त मसाल जुलुसले प्रदेश सरकार र प्रदेश सभालाई खबरदारी गर्दै सरकारको गैरजिम्मेवारीपूर्ण रवैयाको विरोध गरेको छ।

भानु चौकबाट सुरु भएको जुलुसले जनकपुरको प्रमुख सडक परिक्रमा गर्दै जनकचौकमा पुगेर कोणसभा आयोजना गरेको थियो। प्रदर्शनकारीहरूले “बजट खा गेलहु, विकास कतय? जनता पूछै हिसाब!”, “भ्रष्टाचार करै सरकार, मधेशी जनता करै ललकार!”, “हमर कर, हमर अधिकार – मधेश के विकास कर सरकार!”, “शासन नै, सुशासन चाही – मधेशी जनता के सम्मान चाही!” र “भ्रष्ट सरकार हटाउ, मधेश बचाउ!” जस्ता नारासहित सरकारको उदासीनताविरुद्ध आवाज उठाए। जुलुसमा सहभागिहरूले मधेश प्रदेश सरकारको अकर्मण्यता, जनताको करबाट उठेको बजेटको दुरुपयोग, भ्रष्टाचार र विकास निर्माणको ढिलासुस्तीलाई प्रमुख मुद्दाका रूपमा उठाएका थिए।

राष्ट्रिय एकता अभियान, मधेश प्रदेश समितिको नाममा प्रकाशित पर्चामा उल्लेख गरिएअनुसार प्रदेश सरकार पटक–पटक असफल हुँदै आएको छ। प्रत्येक वर्ष अरबौंको बजेट पाउने भए पनि विकासका क्षेत्रमा कुनै उल्लेखनीय सुधार नभएको जनाउँदै यस आर्थिक वर्षमा झन् खराब अवस्था देखिएको दाबी गरिएको छ। पर्चामा उल्लेख भएअनुसार हालसम्म मधेश प्रदेश सरकारले जम्मा ५.६१% मात्र बजेट खर्च गरेको छ, जुन अत्यन्त निराशाजनक तथ्याङ्क हो। यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा सरकारले पनि २०७४-७५ को बजेटमध्ये मात्र ५२% खर्च गर्न सकेको थियो, तर अवस्था सुधार हुने साटो झन् बिग्रँदै गएको जनाइएको छ। प्रदेश सरकारले बजेट खर्च गर्न नसक्नुको प्रमुख कारण भ्रष्टाचार, अयोग्य नेतृत्व र गैरजिम्मेवार सरकार भएको आन्दोलनकारीहरूको भनाइ थियो।

प्रदर्शनमा सहभागीहरूले मधेशका सडक, अस्पताल, विद्यालय तथा रोजगारीको दयनीय स्थितिबारे आवाज उठाए। उनीहरूका अनुसार प्रदेश सरकारका मन्त्रीहरू, नेताहरू र उच्च पदस्थ कर्मचारीहरू विलासितामा रमाइरहेका छन्, तर जनताले आधारभूत सुविधा समेत पाउन सकेका छैनन्। सरकारी गाडी चढ्ने, विदेश भ्रमण गर्ने, महँगा ठेक्कापट्टा बाँड्ने सरकारका अधिकारीहरू जनताको पीडा हेर्ने इच्छासम्म नराखेको प्रदर्शनकारीहरूको आरोप छ। मधेशका नेताहरू सधैं जात, भाषा, संस्कृति र पहिचानको राजनीति गरेर जनतालाई भावनात्मक रूपमा बहकाउने तर वास्तविक विकासका मुद्दाहरू ओझेलमा पार्ने गरेको भन्दै उनीहरूले अब चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

पर्चामा प्रदेश सरकारले बजेट किन खर्च गर्न नसकेको, मधेशका नेताहरू किन करोडपति बन्दै गएको, जनताको नाममा आउने विकास बजेट कहाँ गएको, रोजगारीका अवसर किन सिर्जना नभएको र स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माण किन ठप्प रहेकोजस्ता प्रश्न उठाइएको छ। आन्दोलनकारीहरूले यिनै विषयलाई प्रमुख समस्याका रूपमा उठाउँदै भ्रष्टाचार, बजेट दुरुपयोग, राजनीतिक अस्थिरता, रोजगारीको अभाव, स्वास्थ्य र शिक्षा संकट तथा अधुरा विकास योजनाहरूलाई मधेशको दुर्दशाका कारण बताएका छन्। उनीहरूले प्रदेश सरकारलाई पारदर्शिता अपनाउन, भ्रष्टाचारमा संलग्न जो–कोहीलाई कानुनी कारबाही गर्न, रोजगारी सिर्जना गर्न, स्वास्थ्य र शिक्षामा सुधार ल्याउन तथा अधुरा विकास योजनाहरू छिटो सम्पन्न गर्न दबाब दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय एकता अभियानका नेताहरूले अब मौन बस्ने समय सकिएको बताउँदै जनताले सरकारलाई सोधपुछ गर्नुपर्ने बेला आएको बताएका छन्। उनीहरूले प्रत्येक रुपैयाँको हिसाब सार्वजनिक गर्न, भ्रष्टाचार गर्नेहरूलाई कानुनी दायरामा ल्याउन, युवाहरूका लागि रोजगारी सिर्जना गर्न, विकास योजनाहरूलाई व्यवहारिक रूपमा अघि बढाउन तथा अधिकारका लागि सशक्त आन्दोलन गर्न आह्वान गरेका छन्। “अब समय आएको छ भ्रष्टाचारविरुद्ध, अकर्मण्यताविरुद्ध, लापरबाहीविरुद्ध आवाज उठाउने! अब मधेश लुट्न पाइँदैन! अब मधेशी जनता चुप बस्दैन!” भन्दै प्रदर्शनकारीहरूले सरकारलाई खबरदारी गरेका छन्।

मसाल जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसले मधेश प्रदेश सरकारमाथि चर्को दबाब सिर्जना गरेको छ। यदि सरकार अझै पनि यथास्थितिमा रहने हो भने आगामी दिनमा आन्दोलनलाई थप कडा बनाइने चेतावनी दिइएको छ। “अब मधेश बचाउनु छ! सुशासन ल्याउनु छ!” भन्ने मूल नारासहित आन्दोलनकारीहरूले सरकारलाई चेतावनी दिएका छन् कि जनताको सहनशीलता समाप्त हुँदै गएको छ, र अब उनीहरू अधिकारका लागि सडकमा उत्रिन बाध्य हुनेछन्।

Breaking News

Post navigation

Previous Post: देशको राजनीतिक नेतृत्व र व्यवस्थामा समस्या
Next Post: अध्यक्षमा भवानी दाहाल, बरिष्ठ उपाध्यक्षमा गौतम, साह र महासचिवमा अधिकारी

Related Posts

  • #samikshyaadhikari #newsongs #timraihune #shorts Breaking News
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर Breaking News
  • देशको राजनीतिक नेतृत्व र व्यवस्थामा समस्या Breaking News
  • निर्वाचन कार्यतालिका तयः असोज २३ मा उम्मेदवारी दर्ता Breaking News
  • जसपा नेपालको नयाँ चुनावी गीत छातामा भोट हालौ सार्वजनिक ( भिडियोसहित ) Breaking News
  • Canada vs USA – Best Place To Study For Nepali Students | Bideshma Nepali Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • DR 1 gczl5T
    विश्व कीर्तिमानी गीतकार डा उपाध्यायलाई पचास अन्तर्राष्ट्रिय भाषाको गीतमा गिनिज बुक अफ वल्ड रेकर्डको प्रमाण पत्र हस्तान्त्रण Breaking News
  • #laajmithoalikati #shorts #musicnepal Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali युवा बेच्दै, रेमिट्यान्स भित्र्याउँदै | सदगमय | Sadagamaya | Ep 02 | Nov 23, 2023 | Ramesh Poudel
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali युवा बेच्दै, रेमिट्यान्स भित्र्याउँदै | सदगमय | Sadagamaya | Ep- 02 | Nov 23, 2023 | Ramesh Poudel Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 830 | 24 Oct, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 830 | 24 Oct, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: महासंघ अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेटवार्ता Breaking News
  • जलविद्युत्मा निजी क्षेत्रको बढ्यो चासो Breaking News
  • losapa HcZm7V
    एमाले र लोसपाबीच गठबन्धन, सहमति पत्रमा हस्ताक्षर Breaking News
  • hqdefault WNWXt3
    Nepal (GANDAKI XI) Vs Polideportivo Cacereno | Friendly Football Match | Pokhara Stadium Breaking News
  • नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित Breaking News
  • ललितपुरमा पानीपुरी बिक्रीमा रोक Breaking News
  • Profile and Interviews: Story Of Two Chalak Robbers 👬, Choona Laga Diya 😂😅 | #shorts #funny #comedy #hindifunny profile-and-interviews
  •   नयाँ मन्त्रीको सपथ आज Breaking News
  • image 5
    AmericaKhabar: मोन्टाना राज्यमा कम्तीमा २० वटा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु Breaking News
  • Ye Jhari | Nabin K Bhattarai | Nepali Superhit Song #shorts #nepalipopsong Breaking News
  • gururaj twitt nn6o4o
    कांग्रेस नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme