चितवनमा बाजागाजासहित तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइयो

0
33

 

१७ पुष, काठमाडौं । चितवनमा आज तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस बाजागाजासहित प्रभातफेरी गरेर मनाइएको छ। नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघसंस्था, सरोकारवाला निकाय तथा क्याम्पसका विद्यार्थीहरूको सहभागितामा पञ्चैबाजा र झाँकीसहित प्रभातफेरी निकालेर दिवस मनाइएको हो।

देशमा कुखुरापालन सुरु भएको दिनको सम्झनामा हरेक वर्ष पुस १७ गते पोल्ट्री व्यवसायीहरूले राष्ट्रिय पोल्ट्री दिवस मनाउँदै आएका छन्। यस वर्षको प्रभातफेरी चितवन औद्योगिक प्रदर्शनी परिसरबाट सुरु भई चौबीसकोठी, हाकिमचोक, स्याउली बजार हुँदै पुनः प्रदर्शनी परिसरमै पुगेर समापन भएको थियो।

प्रभातफेरीमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका अध्यापक तथा विद्यार्थी, जिल्ला पशु सेवा कार्यालयका प्रमुख, भरतपुर महानगरपालिकाको पशुपन्छी प्रवर्द्धन शाखाका प्रमुख, विभिन्न सरकारी निकायका प्रतिनिधिहरू सहभागी थिए। साथै नेपाल ह्याचरी उद्योग संघ, नेपाल दाना उद्योग संघ, नेपाल लेयर्स कुखुरापालक संघ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ तथा चितवन–नवलपुर दाना वितरक संघका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले पोल्ट्री व्यवसायले देशको खाद्य सुरक्षा, रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन्। उनीहरूले व्यवसायसँग जोडिएका समस्या समाधान, नीति सुधार र आधुनिक प्रविधिको प्रयोगमार्फत पोल्ट्री क्षेत्रलाई अझ व्यवस्थित र दिगो बनाउनु पर्नेमा जोड दिएका छन्।

तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा चितवनमा निकालिएको प्रभातफेरीले पोल्ट्री व्यवसायप्रति जनचेतना बढाउनुका साथै यस क्षेत्रको महत्वलाई उजागर गरेको आयोजकको भनाइ छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here