Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • देउवा नेतृत्वको सरकार असफलः रिजाल Breaking News
  • कांग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल निर्वाचित Breaking News
  • hqdefault WgRtj9
    vrishchik rashi | माघ महिनाको राशिफल Jan 2023 / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • maxresdefault
    देउवालाई ओलीको खतरनाक प्रस्ताव Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 175 | 05 Nov, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 175 | 05 Nov, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • काठमाडौंमा भारी वर्षा, नदी किनार क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 21 | 26 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 21 | 26 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • चारसोरे दमीनी ख्याली मङ्गल धुन (नौमती बाजा) Char Shore Damini Khyali Mangal Dhun by Arun Upatyaka Breaking News

चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन

Posted on January 31, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन

सन्जिब दुलाल,

१८ माघ, भक्तपुर । चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म उहाँहरूका साथमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, पूर्व सचिव मनि राम गेलाल, काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, नायव आयुक्त नवराज प्याकुरेल लगायत वडा अध्यक्षहरू तथा सरोकारवालाहरूले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको हो ।

चाँगुनारायण नगरपालिकालाई एक उच्च स्तरीय नगर बनाउनको लागि उहाँहरूले अवलोकन गर्नुभएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभएको छ ।

चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्र स्मार्ट सिटीका नाममा लामो समय देखि जग्गा रोक्का भएर पनि काम थालनी नभएको भन्दै गुनासो आउन थालेपछि अर्थ तथा सहरी विकास मन्त्री स्वयम चाँगुनारायणको अवलोकनमा निस्कनु भएको हो ।

उहाँहरूले चाँगुनारायण नगरपालिकाका वडा नम्बर १ दुवाकोटबाट वडा नम्बर २ अनि वडा नम्बर ३ झौखेल र चार नम्बर वडाका चाँगु क्षेत्रको अवलोकन गर्दै चाँगुनारायण मन्दिरको दर्शन गर्नुभएको थियो ।

चाँगुनारायण नगरपालिका अन्तर्गत ३५ हजार रोपनी जग्गामा स्मार्ट सिटी निर्माणका लागि कार्य अगाडी बढाइने अर्थ तथा सहरी विकास मन्त्रीले बताउनुभएको नगर प्रमुख जीवन खत्रीले बताउनुभयो । उहाँका अनुसार लामो समय देखि जग्गा रोक्का हुँदा समस्या आएको र यसको निराकरण भनेको केवल स्मार्ट सिटीलाई कार्यान्वयनको बाटो मात्र भएका कारण मन्त्रीहरूको टोली सहित नगरपालिका क्षेत्रको अवलोकन भएको उहाँले जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिका क्षेत्रमा स्मार्ट सिटी कार्यान्वयन नहुँदा यहाँका जनताले विभिन्न समस्या झेल्नुपरेको तथा यसको कार्यान्वयन छिटो भन्दा छिटो गराउनु आवश्यक भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभयो ।

अर्थ तथा सहरी विकास मन्त्रीका साथमा उपत्यका विकास प्राधिकरणका पदाधिकारी तथा नगरका सरोकारवालाहरू बिचमा भएको उक्त अवलोकनबाट छिटो भन्दा छिटो स्मार्ट सिटी कार्यान्वयनको अवस्थामा आउनेमा आफू विस्वत भएको उहाँले बताउनुभयो ।

स्मार्ट सिटी अन्तर्गत कहाँ अस्पताल बन्ने कहाँ खेल मैदान बन्ने तथा यहाँको विकासमा के कति लागत लाग्छ साथै स्मार्ट सिटी कार्यान्वयन गर्दा यहाँ भएका बस्ती तथा विकासका मोडललाई कसरी आत्मसाथ गर्दै लैजाने भन्ने विषयमा छलफल तथा अवलोकन भएको उहाँले जानकारी दिनुभयो । मन्त्रीहरूका साथमा भएको उक्त अवलोकनबाट चाँगुनारायण बासीमा स्मार्ट सिटीको परिकल्पना पुरा हुने आशा जागेको छ ।

 

Breaking News

Post navigation

Previous Post: जीवन बुझाउने मनोवैज्ञानिक गीत तिम्रै जिन्दगी प्रदर्शनमा
Next Post: प्रेस चौतारी नेपाल अर्घाखाँचीमा नयाँ नेतृत्व चयन

Related Posts

  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali अब माष्टर डिग्रीको सर्टिफिकेट बोकेर काजीको खेत गोड्न जाउँ ? #shorts #shortsvideo #meribassai
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali अब माष्टर डिग्रीको सर्टिफिकेट बोकेर काजीको खेत गोड्न जाउँ ? #shorts #shortsvideo #meribassai Breaking News
  • बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ Breaking News
  • देशमा बेरोजगारी समस्या दिन प्रति दिन बढदै Breaking News
  • गृहमन्त्री बालकृष्ण खाँणले गरे माधव नेपाल सँग भेटवार्ता Breaking News
  • congress bigyapti qZxXzC
    मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै महामन्त्रीद्वय विश्वप्रकाश र गगनले जारी गरे कडा विज्ञप्ति Breaking News
  • सांग्रिला डेभलपमेन्ट बैंकले सार्वजनिक शौचालय बनाउने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्दै Breaking News
  • Why So Many Dogs Have Allergies Now
    English News: Why So Many Dogs Have Allergies Now Breaking News
  • कांग्रेसको राजनीतिमा बारम्बार खोजी भइरहने तीन जना चर्चित नेताले दिएनन् उम्मेदवारी Breaking News
  • हामीले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुग्योः माधव नेपाल Breaking News
  • maxresdefault 15
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 147 | Apr 23, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • Request of the Embassy of Nepal in Washington, D.C. to all Nepalis living in the US for participating in a Diaspora study survey Breaking News
  • Virtual consultative meeting on Nepal Investment Summit, 28-29 April 2024 Breaking News
  • एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु Breaking News
  • त्रिविमा प्रशासनिक र प्राविधिक विषयमा सबै अनुत्तीर्ण Breaking News
  • #Eutamanchhekomayale #Abhigyaghimire #shorts Breaking News
  • KhabarBreaking.com: द्वन्द्वात्मक भौतिकवाद भनेको के हो ? Breaking News
  • नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीए फाइभ’ Breaking News
  • Wearing Hearing Aids May Help You Live Longer english_news
  • पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दिए यस्तो निर्देशन Breaking News
  • Bajho Khet Ma | Releasing Friday #ramjikhand #livedohori #lokdohori #shorts Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme