चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

काठमाडौँ ।  चलचित्र विकास बोर्डका  अध्यक्षमा दिनेशराज दाहाल (दिनेश डीसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को  बैठकले बिहीबार (१४ भदौ )उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी समेत रहेका डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रूपमा पनि चिनिन्छन् ।

चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत रहेका डीसी फिल्म वृत्तमा सक्रिय फिल्ममेकर हुन् ।

दाहालले चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा आवेदन दिँदै  फिल्म बजार विस्तार गर्ने, बक्सअफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताएका थिए ।

 

The post चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त first appeared on Khabar Breaking.

  • Related Posts

    आज सुनको मूल्य घट्यो

    २३ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार २०० रुपैयाँले घटेको…

    Read more

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    Leave a Reply

    You Missed

    आज सुनको मूल्य घट्यो

    • By
    • September 8, 2024
    • 0 views

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 8 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 8 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 2 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 19 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि