ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

१ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजि टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ ।

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलीप पोखरेल र एजिलस डायग्नोष्टिक नेपाल प्रा।लिका फाइनान्स प्रमुख दीपक खड्काले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकका ग्राहकहरूले एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवा बापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग ए्याप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्र रहेका छन ।

The post ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट first appeared on Khabar Breaking.

  • Related Posts

    टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

    बेइजिङ । टिकटक निर्मातामध्येका एक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । बेलायतस्थित हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ…

    Read more

    भाइटीका संगै यस वर्षको तिहार समापन

    काठमाडौं । तिहारको अन्तिम दिन आइतबार (१८ कार्तिक ) दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएपछी  यस वर्षको तिहार समापन भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिनमा भाइटीका लगाउने…

    Read more

    Leave a Reply

    You Missed

    टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

    • By
    • November 4, 2024
    • 7 views

    भाइटीका संगै यस वर्षको तिहार समापन

    • By
    • November 4, 2024
    • 7 views

    Profile and Interviews: [३] ||कठोपनिषद_संपूर्ण अध्याय|| Kathopanishad_All Chapters|| यमराज और नचिकेता का संवाद

    सुनको मूल्य हालसम्मकै महँगो

    • By
    • October 31, 2024
    • 13 views

    एभिन्युजले राखेको देउसी भैलो प्रतियोगितामा अर्घाखाँचीले जित्यो दोस्रो पुरस्कार

    • By
    • October 31, 2024
    • 12 views

    अरुण भ्याली हाइड्रोपावर कम्पनीले सौर्य उर्जामा लगानी गर्ने

    • By
    • October 30, 2024
    • 12 views