गृहमन्त्री लेखकसँग निर्वाचन आयोगसँग सम्बन्धित विषयहरूमा महत्वपूर्ण छलफल

२२ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग निर्वाचन आयोगले आयोगसँग सम्बन्धित विषयहरूमा महत्वपूर्ण छलफल गरेको छ । उक्त कार्यक्रममा गृहमन्त्री समक्ष निर्वाचन आयोग, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को संशोधनका विषयमा छलफल भयो ।

उक्त कार्यक्रममा गृहमन्त्रीले आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ रहेको र आयोगले पारदर्शी , स्वच्छ, स्वन्त्रत, निष्पक्ष र विश्वसनीय निर्वाचन संचालन र व्यवस्थापनमा कुशलता पूर्वक भूमिका निर्वाह गरेको विचार व्यक्त गरे । यसका साथै निर्वाचन आयोगको भवन लगायतका पूर्वाधा र निर्माण, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को संशोधनका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आयोगको तर्फबाट प्रस्तुती करण गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानमा सबै तहका निर्वाचनहरूको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र एवम् स्वायत्त आयोगको दायित्वका बारेमा प्रष्ट पार्दै निर्वाचन आयोगको कार्यालय भवनको पुनर्निर्माण,प्रस्तावित एकीकृत निर्वाचन कानून र सोमा भएका नयाँ व्यवस्था तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई परिमार्जित गरी परिष्कृत गर्दा व्यवस्था गर्नुपर्ने मुख्य विषयहरूका बारेमा प्रष्ट पारे । उक्त छलफल कार्यक्रममा निर्वाचन आयोगका आयुक्तहरू, आयोगका सचिव, गृहमन्त्रालयका सचिव तथा आयोग र गृहमन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

The post गृहमन्त्री लेखकसँग निर्वाचन आयोगसँग सम्बन्धित विषयहरूमा महत्वपूर्ण छलफल first appeared on Khabar Breaking.

  • Related Posts

    आज सुनको मूल्य घट्यो

    २३ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार २०० रुपैयाँले घटेको…

    Read more

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    Leave a Reply

    You Missed

    आज सुनको मूल्य घट्यो

    • By
    • September 8, 2024
    • 0 views

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 8 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 8 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 2 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि