Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 7
    Ekalo Nyauli New Lok Dohori Breaking News
  • १४ घण्टासम्म अघोषित लोडसेडिङ Breaking News
  • कांग्रेस संसदीय दलको बैठक बस्दै, यि – यि बिषयमा छलफल हुदैं Breaking News
  • पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत Breaking News
  • गणतन्त्र दिवसः ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिएन Breaking News
  • americakhabar अमेरिकाको नर्थ क्यारोलिना र फ्लोरिडा राज्यहरुमा घुम्ती शिविर
    अमेरिकाको नर्थ क्यारोलिना र फ्लोरिडा राज्यहरुमा घुम्ती शिविर Breaking News
  • पेस्तोल र गोलीसहित काठमाडौँबाट २ जना पक्राउ Breaking News
  • पाठ्यपुस्तकमा निजीको मनोमानी Breaking News

गाजामा युद्धविराम गर्ने सम्झौताको इजरायलद्वारा अनुमोदन

Posted on January 18, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on गाजामा युद्धविराम गर्ने सम्झौताको इजरायलद्वारा अनुमोदन

५ माघ, काठमाडौं । १५ महिना लामो युद्ध र ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र प्यालेस्टिनी लडाकु समुह हमास बीच भएको युद्धविरामको इजरायलले अनुमोदन गरेको छ।इजरायलको मन्त्रिपरिषदले शनिबार गजामा युद्धविराम गर्ने सम्झौतालाई अनुमोदन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ ।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीका केही सदस्य र वामपन्थी नेताहरु युद्धविरामको विपक्षमा उभिएकावेला भएको यो सम्झौताको संयुक्त राष्ट्रसंघ, अमेरिकासहित कतार, इजिप्ट लगायत देशले युद्धविरामको स्वागत गरेका छन् ।

यो सम्झौताले लाखौं विस्थापित गाजावासीहरूलाई घर फर्कन अनुमति दिने छ भने बन्धकहरू रिहाइको सुनिश्चितता गर्नेछ ।

इजरायल र हमासबीच ७ अक्टुबर २०२३ मा युद्ध सुरु भएको थियो । हमास लडाकुहरु प्यालेस्टिनी भूमिको गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी आक्रमण गरेर १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको ज्यान लिएका थिए । नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक पनि बनाएर लगेका थिए ।

त्यसपछि इजरायलले जवाफी कारबाही सुरु गरेको थियो । इजरायलले हवाई र स्थल दुवैतर्फबाट कारबाही गर्दा ४६ हजार जनाको मृत्यु भएको छ ।

यसअघि , इजरायली सुरक्षा  मन्त्रिपरिषदले गाजामा युद्धविराम गर्ने सम्झौतालाई अनुमोदनका लागि शुक्रबार सिफारिस गरी पूर्ण मन्त्रिपरिषदमा पठाएको थियो। मन्त्रिपरिषदको ६ घन्टाभन्दा लामो बैठकपछि गजामा १५ महिनादेखि चलेको युद्ध रोक्ने र बन्दी रिहाइका लागि मार्गप्रशस्त गर्न स्विकृती दिएको प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयलाई उद्धृत गर्दै रोयटर्सले समाचार लेखेको छ।

‘सरकारले गजामा रहेका बन्धक फर्काउने सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ। आइतबारदेखि बन्धकहरू छुट्नेछन्,’ प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

इजरायली मन्त्रिपरिषदको स्वीकृतिपछि अमेरिकी मध्यस्तकर्ता ब्रेट मिकगर्कले सम्झौता कार्यान्वयनको चरणमा रहेको बताएका छन्।उनले सम्झौता कार्यान्वयन आइतबारदेखि हुने र त्यसदिन तीन जनालाई हमासले बन्धकमुक्त गर्ने मिकगर्कले बताएका छन्।

युद्धविराम सङ्गै भोलि तीन इजरायली महिला बन्धकमुक्त हुनेछन्। गाजामा अझै ९८ जना हमासको बन्धकमा रहेको रोयटर्सले जनाएको छ। युद्धविराम तीन चरणमा हुनेछ। पहिलो चरणको युद्धविराम ४२ दिनको हुनेछ।

यो सम्झौताअनुसार युद्धविरामको पहिलो ४२ दिनमा हमासले ३३ जना बन्धक रिहा गर्नेछ भने इजरायलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी नागरिकहरूलाई रिहा गर्नेछ।

युद्धविराम घोषणा भएको पहिलो दिन हमासले तीन जना बन्धक रिहा गर्नेछ। सुरूमा महिला र इजरायली सेनालाई हमासले बन्धकमुक्त गर्नेछ। हमासले बन्धकमुक्त गर्ने एक इजरायली नागरिकको बदलामा इजरायलले ३० प्यालेस्टिनी कैदी र एक महिला सैनिकको बदलामा ५० जना कैदी रिहा गर्नेछ।

त्यसको एक सातापछि हमासले चार जना बन्धक रिहा गर्नेछ भने त्यसको बदलामा तोकिएअनुसारको कैदी इजरायलले रिहा गर्नेछ। त्यसपछि एक एक सातामा हमासले बन्धक रिहा गर्ने र इजरायलले प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौतामा उल्लेख छ।

पहिलो चरणको युद्धविरामको ४२ दिनभित्रै अर्को सम्झौता गरिसक्नुपर्ने चुनौती मध्यस्तकर्ताहरूलाई रहनेछ। यदी ४२ दिनभित्रै दोस्रो चरणको युद्धविराम सम्झौता नभए इजरायलले फेरि गाजामा आक्रमण गर्न सक्ने खतरा उत्पन्न भएको छ।

पहिलो चरणको युद्धविरामको समयमा इजरायली सैनिक गाजाबाट नफर्कने बरू त्यहाँका वस्तिबाट किनारतिर सर्ने भनिएको छ। त्यस अवधिमा त्यहाँबाट अन्यत्र भागेकाहरू गजामा फर्केर मानवीय सहायता लिन सक्नेछन्।

४२ दिनपछि हुने दोस्रो चरणको युद्धविराममा गाजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ। दोस्रो चरणको युद्धविरामपछि इजरायली सैनिक गजा क्षेत्रबाट फर्कने भनिएको छ।

तेस्रो चरणको युद्धविराममा गजामा मारिएका इजरायली बन्धक र इजरायलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइने छ। त्यसपछि गाजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इजरायल र गाजाको सीमाना खुला गरिने सम्झौतापत्रमा उल्लेख छ।

त्यस्तै ,हमासको बन्धकमा नेपालका विपीन जोशी पनि छन्।कञ्चनपुरका  उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अघिल्लो वर्षको भदौमा इजरायल गएका थिए। युद्धविराम भएपछि विपिन फर्केर आउने आश बढेको छ। यद्यपि पहिलो चरणको युद्धविराममा हमासले इजरायली बन्धकमात्रै रिहा गर्ने भनेकाले सो अवधिमा विपिन जोशी छुट्ने सम्भावना न्यून छ।दोस्रो चरणको युद्धविराममा उनी छुट्न सक्नेछन्।

Breaking News

Post navigation

Previous Post: हुन्डाईको विद्युतीय एसयुभी ‘क्रेटा इभी’ शुक्रबार सार्वजनिक हुँदै
Next Post: देशलाई संकटबाट जोगाउन संघीय हिन्दू गणतंत्र आवश्यक : विनय यादव

Related Posts

  • आजदेखि नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशन Breaking News
  • एमालेलाई आगामी निर्वाचनमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन: केपी ओली Breaking News
  • सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन Breaking News
  • KhabarBreaking.com: कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक Breaking News
  • माओवादीमा निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali SADAGAMAYA (सदगमय) | NEPALI REALITY SHOW | OFFICIAL PROMO | RAMESH POUDEL
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali SADAGAMAYA (सदगमय) | NEPALI REALITY SHOW | OFFICIAL PROMO | RAMESH POUDEL Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 274 | 27 Jan, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -274 | 27 Jan, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • maxresdefault 15
    कान्छी भाग ९७ || Kanchhi Epi- 97 || Asha Khadka || Sukumaya || May 07, 2022 Breaking News
  • #lahuremaya #nepalisong #shorts Breaking News
  • मौसम सुधार नभएसम्म फोहोर नउठ्ने Breaking News
  • मतदाता नामावली दर्ता अब घरबाटै Breaking News
  • उपत्यकामा झाडापखाला फैलिने खतरा, सबै ठुला अस्पतालमा बिरामी भर्ना Breaking News
  • Profile and Interviews: Maa ❤️ srindori09 #mastikipaathsala #nimuda #doli #srsir #dolly #banku profile-and-interviews
  • एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै Breaking News
  • Profile and Interviews: Consciousness beyond death, with Dr. Pim van Lommel Breaking News
  • नेपाल औषधि थोक व्यवसायी संघमा गणेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित Breaking News
  • जसपाबाट मन्त्री बन्न लागेका यी हुन नयाँ अनुहार Breaking News
  • maxresdefault 2
    Prachanda And Rishi Dhamala Interview Breaking News
  • ‘सगरमाथा कल फर एक्शन’: हिमालकेन्द्रित जलवायु केन्द्र स्थापना गरेर जानुपर्नेमा विश्व नेताहरू एकमत Breaking News
  • 3 Ways Anxiety Can Actually Help You english_news
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme