

गण्डकी प्रदेश प्रमुखले आह्वान गरे प्रदेशसभा अधिवेशन
११ माघ, पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभा अधिवेशन बोलाउनु भएको छ । प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माघ २१ गते सोमबार अपरान्ह २ बजेदेखि सभा आरम्भ हुने गरी आह्वान गरेको प्रवक्ता रामेश्वर अर्यालले बताउनु भयो ।