
ख्रीष्टियन समुदायले यस वर्ष पुनरुत्थान दिवस भक्तपुरमा धुमधामका साथ मनाए
काठमाण्डौं । यस वर्षको ख्रीष्ट पुनरुत्थान दिवस भक्तपुरमा मनाइएको छ ।काठमाण्डौं उपत्यकाको तीनवटै जिल्लाका इसाई धर्मावलम्बीहरुको सहकार्यमा दिवस मनाइएको हो ।
मानिसको पाप क्षमाको लागि मृत्युवरण गरेका येशू प्रभु तीन दिनपछि जीवित भएको खुसीयालीमा हरेक वर्ष ख्रीष्टियन समुदायले मनाउने पुनरुत्थान दिवस (इस्टर सण्डे) यस वर्ष भक्तपुरमा आयोजना गरिएको थियो ।
आइतवार विहान काठमाण्डौं उपत्यकाको तीनवटै जिल्लाबाट इसाई धर्मावलम्बीहरु ¥यालीसहित कार्यक्रस्थलमा सहभागि भएका थिए । इस्टर महोत्सवमा इस्टर शुभकामना सन्देश, पवित्र धर्मशास्त्र बाइबलबाट उत्साहको बचन र सांगितक कार्यक्रम भएको थियो ।
मानिसको पाप क्षमाको येशूले रगत बगाएको कारण मानिसलाई बचाउन रगत दान गर्नुपर्छ भन्ने मान्यताकासाथ पुनरुत्थान दिवस कार्यक्रममा सहभागीहरुले रक्तदान समेत गरेका थिए । उपत्यकाव्यापी इस्टर महोत्सव आयोजक समितिका अनुसार ६ सय भन्दा बढीले रक्तदान गरेका थिए ।