खानेपानीमन्त्री यादवका सय दिन, यस्ता छन उपलव्धि

६ कात्तिक, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जनअपेक्षाअनुसार मन्त्रालयले द्रुतगतिमा काम गरिरहेको बताउनु भएको छ । उहाँले मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मेलम्ची आयोजना सञ्चालनदेखि बाढी प्रभावित क्षेत्रको पुनःस्थापनासम्मका कार्यलाई विशेष ध्यान दिइएको बताउनु भयो ।

मन्त्रालयले स्थलगत निरीक्षण र जनसंवादमार्फत योजनाको प्रभावकारिता सुनिश्चित गर्दै सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाइएको मन्त्री यादवको भनाई छ । उहाँले बडादसैं अगाडि नै मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने आफ्नो अठोटअनुरूप मेलम्चीको पानी गत असोज २२ गतेदेखि पुनः सुन्दरीजल प्रशोधन केन्द्र हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन थालिएको जानकारी दिनु भयो ।

“उपत्यकावासीलाई दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउन थालिएको छ”, मन्त्री यादवले भन्नु भयो , “मेलम्ची आयोजनाको पुनःसञ्चालनमा मैले आफैँ मेलम्ची पुगेर स्थानीय जनप्रतिनिधि र सङ्घर्ष समितिका पदाधिकारीसँग छलफल गरेर पानी आपूर्तिमा सहयोग गर्न अनुरोध गरेको थिए।”

मेलम्चीको खानेपानी काठमाडौं आएसँगै यहाँको खानेपानी सङ्कट कम गर्न महत्त्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै मन्त्री यादवले आयोजनास्थलमा पुगेर जिम्मेवार अधिकारीहरूलाई प्रक्रिया छिटो पूरागरी काममा तीव्रता दिनसमेत निर्देशन दिएको बताउनु भयो ।

“स्थलगत अनुगमनका क्रममा मलाई जनताका समस्या प्रत्यक्ष बुझ्न र समाधान खोज्न मद्दत मिल्यो”, मन्त्री यादवले भन्नु भयो, “निरीक्षणका क्रममा स्थानीयहरूले सुझाव दिने अवसर पाएका थिए, जसले योजना अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याएको छ।” पानी आपूर्ति सुधारका लागि मन्त्रालयले काठमाडौं उपत्यकामा एक हजार सात सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरेको मन्त्री यादवले जानकारी दिनु भयो ।

“स्वयम्भू, ताहाचल, बालुवाटार, मन्डिखाटार र चाबहिल क्षेत्रमा मात्रै सात सय किलोमिटर पाइप बिछ्याइएको छ। हामीले पानी अभावको समस्या चाँडै समाधान गर्ने अठोट गरेका छौं”, मन्त्री यादवले भन्नु भयो । त्यसैगरी, कीर्तिपुर र महाँकालचौरमा ६० लाख र ८० लाख लिटर क्षमताका दुई ठूला ट्याङ्कीहरूको निर्माण सम्पन्न भई ती क्षेत्रमा नियमित आपूर्ति सुरु भइसकेको उहाँले जानकारी दिनु भयो ।

मन्त्रालयले सरसफाइ सुधारमा पनि विशेष प्राथमिकता दिएको दाबी गर्दै मन्त्री यादवले असोज महिनामा गएको अविरल वर्षाका कारण धोवीघाट फोहर पानी प्रशोधन केन्द्र डुबानमा परेपछि केही उपकरण अवरुद्ध भएको जानकारी दिनु भयो ।

उहाँले तत्काल मर्मत थाल्न निर्देशन दिइएको र बिमा कम्पनीसँग छलफल गरी मर्मत कार्य अघि बढाउने तयारी भइरहेको बताउनु भयो । उहाँले भन्नु भयो, “सरसफाइ व्यवस्थापनमा कुनै सम्झौता हुने छैन। हामीले तुरुन्त समाधानको बाटो खोजिरहेका छौं।” मन्त्रालयले भेरी पम्पिङ आयोजनालाई गतिदिन चीनको झेजिङ टोलीसँग ठेक्का सम्झौतागरी निर्माण कार्य अघि बढाइसकेको मन्त्री यादवले जानकारी दिनु भयो ।

उहाँका अनुसार पोखरा खानेपानी सुधार आयोजनामा भने बाढीका कारण अवरोध सिर्जना भएको छ। मर्मत कार्य तीव्र गतिमा भइरहेको छ। यस्तै, मन्त्रालयले देशभरिका विभिन्न जिल्लामा २० वटा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सञ्चालनमा ल्याएको छ।

पुराना योजना मर्मतदेखि नयाँ आयोजना निर्माणसम्मका काम समावेश छन्। मन्त्रालयले यी परियोजनालाई छिटो सम्पन्न गर्नका लागि अतिरिक्त बजेटको व्यवस्थापनका लागि प्रयास गरिरहेको मन्त्री यादवले बताउनु भयो ।

The post खानेपानीमन्त्री यादवका सय दिन, यस्ता छन उपलव्धि first appeared on Khabar Breaking.

  • Related Posts

    टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

    बेइजिङ । टिकटक निर्मातामध्येका एक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । बेलायतस्थित हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ…

    Read more

    भाइटीका संगै यस वर्षको तिहार समापन

    काठमाडौं । तिहारको अन्तिम दिन आइतबार (१८ कार्तिक ) दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएपछी  यस वर्षको तिहार समापन भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिनमा भाइटीका लगाउने…

    Read more

    Leave a Reply

    You Missed

    टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

    • By
    • November 4, 2024
    • 7 views

    भाइटीका संगै यस वर्षको तिहार समापन

    • By
    • November 4, 2024
    • 7 views

    Profile and Interviews: [३] ||कठोपनिषद_संपूर्ण अध्याय|| Kathopanishad_All Chapters|| यमराज और नचिकेता का संवाद

    सुनको मूल्य हालसम्मकै महँगो

    • By
    • October 31, 2024
    • 14 views

    एभिन्युजले राखेको देउसी भैलो प्रतियोगितामा अर्घाखाँचीले जित्यो दोस्रो पुरस्कार

    • By
    • October 31, 2024
    • 12 views

    अरुण भ्याली हाइड्रोपावर कम्पनीले सौर्य उर्जामा लगानी गर्ने

    • By
    • October 30, 2024
    • 13 views