Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 51
    ज्ञानेन्द्र शाही MCC Nepal पैसाको लागि देश बेच्ने झपारे Breaking News
  • maxresdefault 30
    Birkhe Series”बिर्खे” Epi-3 Begam Nepali Breaking News
  • maxresdefault 42
    Ka Beman का बेमान Full Episode 5 Breaking News
  • बालुवाटार बैठक भर्खरै सकियो Breaking News
  • सालैको पातैले #shyamrana #rejinapariyar #livedohori #newsongs #salkopataile Breaking News
  • #heymaya #deepajha #adityanarayan #nepalisong #jhilmilsitara Breaking News
  • आज सङ्घीय संसदअन्तर्गत राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: दुई हप्ताको गिरावटपछि नेप्सेमा सुधार Breaking News
Info Tech 2025 scaled AMERICA KHABAR February 7, 2025

क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले दिए विशेष छुट र अफर

Posted on February 7, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले दिए विशेष छुट र अफर

२५ माघ, काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । नयाँ- नयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ । क्यान इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरूले आफ्नो ब्राण्ड प्रवर्द्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ता झुम्मिएका छन् ।
Info Tech 2025 scaled AMERICA KHABAR February 7, 2025

क्यान इन्फोटेक २०२५ को ब्रान्डिङ कक्षमा कम्पनीहरूलाई ब्रान्डको प्रवर्द्धन गर्न ुबीटुबी जोनु समेत बनाइएको छ । यसमार्फत कम्पनीहरूले आफ्ना डिलर तथा क्लाइन्टसँग प्रत्यक्ष अन्तर्क्रिया गरिरहेका छन् । शीर्ष प्रायोजक एचएमसी हिक्मेसीले आफ्ना उत्पादनको विशेष प्रदर्शनीसँगै उपभोक्ताका लागि आकर्षक स्किम घोषणा गरेको छ । यसअन्तर्गत वायरलेस क्यामेरामा २० प्रतिशत, हिक्सेमीका हरेक उत्पादनमा १५ प्रतिशत, मोनिटरमा २० प्रतिशत र यूपीएसमा १० प्रतिशत छुट दिइएको छ ।

त्यस्तै सहशीर्ष प्रायोजक मर्कन्टाइल कम्युनिकेसन्सले एसर ब्राण्डका पछिल्ला ल्यापटप र डेस्कटपसँगै इप्सन ब्राण्डका प्रिन्टर र प्रोजेक्टरको विशेष प्रदर्शनी गरेको छ । त्यस्तै गोल्ड स्पोन्सर गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा। लि।ले चार्ज सकिंदा ब्याट्री नै फेर्न मिल्ने गोगोरो स्कुटरमा विशेष स्किम राखेको छ । यसअन्तर्गत ग्राहकले काठमाडौं सहरभित्र १००० किलोमिटर निःशुल्क यात्रा गर्न सक्नेछन् भने निःशुल्क टेस्ट ड्राइभका साथै लक्की ड्र अफर दिइएको छ ।

NID enrollment CAN Info Tech 2025 scaled AMERICA KHABAR February 7, 2025

क्यान इन्फोटेकको इन्टरनेट पार्टनर वर्ल्डलिङ्क कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई बोट एयरड्रप्स १८१ प्रो र बोट स्टोन ३५२ मार्बल सिरिजमा ५० प्रतिशत छुट प्रदान गरेको छ । त्यस्तै राइड हेलिङ प्लेटफर्म टुटलले क्यान इन्फोटेकमा आउने अवलोकनकर्ताका लागि बाइक र क्याब दुवैमा ६० प्रतिशत छुट प्रदान गरेको छ ।

एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्प लगायतका प्रविधिहरूको विशेष प्रदर्शनी गरिरहेको छ । यी उत्पादनमा क्यान इन्फोटेक अवधिभर कम्पनीले अधिकतम ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ ।

त्यस्तै विभिन्न कम्पनीले विश्वविख्यात नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेका छन् । क्यान इन्फोटेकमा स्वदेशी सफ्टवेयर कम्पनीले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै क्यान इन्फोटेक अवधिभर ३० प्रतिशतसम्म छुट घोषणा गरेका छन् ।

Info Tech scaled AMERICA KHABAR February 7, 2025

प्रदर्शनीमा चर्चित ब्राण्डहरूका एआईमा आधारित डिभाइसमा युवा अवलोकनकर्ताको विशेष चासो देखिएको छ । कम्पनीहरूले यी उत्पादनमा ‘क्यान अफर’ भन्दै विशेष छुट ल्याएका छन् ।
क्यान इन्फोटेकका अवलोकनकर्ताका लागि आईटी तालिम प्रदायकहरूले हरेक आईटी कोर्समा छुट अफर ल्याएका छन् । साथै अवलोकनकर्तालाई आफ्नो स्टलमा तान्न कम्पनीहरूले विभिन्न गेम तथा लक्की ड्र पनि सञ्चालन गरिरहेका छन् ।

यसैबीच शुक्रबारदेखि रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान)ले रोबोटिक्स कम्पिटिसन सुरु गरेको छ । त्यस्तै, क्यान इन्फोटेक‍मा नेपालमै निर्मित मुनाल स्याटलाइटमा अवलोकनकर्ताको चासो देखिएको छ । साथै ‘नेपाल स्याट’ को प्रोटोटाइप समेत प्रदर्शन गरिएको छ । साथै विभिन्न आईटी तथा इन्जिनियरिङ कलेजका विद्यार्थीले तयार पारेका एआई, रोबोटिक्स तथा नवीनतम प्रोजेक्टले प्रविधि जिज्ञासुलाई तानेको देखिन्छ ।

क्यान इन्फोटेकमा ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणालीमा प्रयोगकर्ताको आकर्षण देखिएको छ । यस प्लेटफर्मबाट केही मिनेटभित्रै नेपालका हरेक घरले आफ्नो घर ठेगाना प्लेट तयार गर्न सक्नेछन् ।

त्यस्तै, एआईमा आधारित क्यामेरादेखि ह्युमनाइड रोबोट र सेल्फ ड्राइभिङ कारले यसपालिको क्यान इन्फोटेकको रौनकता थपेका छन् । साथै, क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा दिइएको छ । क्यान इन्फोटेकमा साइबर सुरक्षा सहायता डेस्कदेखि विद्यार्थीहरूले तयार पारेका डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स लगायतका प्रोजेक्ट राखिएका छन् ।

अर्कोतर्फ कम्प्युटर र एक्सेसरिज लगायतका ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर सञ्चालन गरेका छन् । यसअन्तर्गत केही कम्पनीहरूले क्यान इन्फोटेकका अवसमा ल्यापटप, गेमिङ पीसी लगायतका प्रडक्टका लागि फ्रि सर्भसिङ अफर ल्याएका छन् ।

CAN Info Tech scaled AMERICA KHABAR February 7, 2025

त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले तयार पारेको सूचना प्रविधिमैत्री बसमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ । आईटी तथा इन्जिनियरिङ विद्यार्थीका लागि लक्षित गरी यस स्मार्ट बसमा एआई कोडिङ क्याम्प समेत सञ्चालन गरिएको छ ।

विभिन्न ब्राण्डका केही कम्पनीले अवलोकनकर्ताका लागि भन्दै मेलाको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट दिइरहेका छन । छुट धेरै हुने भएकाले केही ब्राण्डका पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको छ ।

क्यान इन्फोटेकमा नेपालको नवीनतम सोच (इनोभेसन) र स्टार्टअपलाई प्राथमिकतामा राखिएको महासचिव चन्द्र विलास भुर्तेलले बताउनुभयो । शुक्रवार विभिन्न कलेजबाट उल्लेख्य संख्या आएका विद्यार्थीले क्यान इन्फोटेकको माहोल थप बढाएको थियो भने कलाकारदेखि नीति निर्माता तथा जनप्रतिनिधिहरू आएका थिए । साथै शनिबार अवलोकनकर्ताको उपस्थिति उल्लेख्य बढ्ने अनुमान गरिएको छ । कुल १५५ ओटा स्टलसहित सञ्चालन भइरहेको क्यान इन्फोटेक २०२५ सोमबार सम्म चल्ने छ ।

Breaking News

Post navigation

Previous Post: त्रिपुरेश्वरस्थित बि.एन.जे. टावरमा पूर्ण शुद्ध शाकाहारी ‘भगवती रेस्टुरेन्ट’ संचालनमा
Next Post: सुमन सायमीको संयोजकत्वमा नेवाः राष्ट्रिय परिषद्‍ गठन

Related Posts

  • प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त Breaking News
  • hqdefault 4uIHAF
    Swasthani Brata Katha PART- 2 | स्वस्थानी ब्रत कथा २०७९ भाग २ // today’s | swasthani barta katha Breaking News
  • सत्य र ईमानदारीसाथ नेपालको पहिचान , एकता र भविष्यप्रति संवाद गर्नुपर्ने समय आएको छ: मनिषा कोइराला Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 280 | 09 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep- 280 | 09 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • SEE yNxy3ZVkWV scaled ZltXY6
    यस्तो छ एसइई परीक्षाको तालिका Breaking News
  • आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • नेक र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी कायम Breaking News
  • 6 Compliments That Land Every Time
    English News: 6 Compliments That Land Every Time Breaking News
  • maxresdefault 3
    नानिमैया दाहाल, रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देन Live | SidhaKura | EP – 94 Breaking News
  • चार सय एघार जनाले बुझाए निर्वाचन खर्च विवरण Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 01 | 02 Oct, 2023 | Hiubala Gautam, Dipa Shahi, Manju
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 01 | 02 Oct, 2023 | Hiubala Gautam, Dipa Shahi, Manju Breaking News
  • सत्य र ईमानदारीसाथ नेपालको पहिचान , एकता र भविष्यप्रति संवाद गर्नुपर्ने समय आएको छ: मनिषा कोइराला Breaking News
  • Bachpan Ka Pyaar (Official Video) Badshah, Sahdev Dirdo, Aastha Gill, Rico Breaking News
  • बाँदर आतंकले देशभरि ठूलै आतंक सिर्जना गरेको छ: रामहरी खतिवडा Breaking News
  • mundreko comedy
    Mundre ko comedy club season 2 episode 48 ।।Bharatmani Paudel ,Santosh Thapa || Full Episode Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 11 | 18 Dec, 2023 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 11 | 18 Dec, 2023 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • #Aemann #musicnepal #newsongs #shorts #pimalaneupane Breaking News
  • सर्वोच्च अदालतमा ब्याएको गोरुले ५ वटा बाच्छा पायोः ओली Breaking News
  • राष्ट्रवादी शक्तिको सम्भावित उदय: तर किन एक ठाउँ आउन सक्दैनन्? Breaking News
  • आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै Breaking News
  • भेला, मेला महोत्सव र सभा सम्मेलनमा कडाइ गरिँदै Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme