Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #amarchha #musicnepal #nepalisong Breaking News
  • प्रधानमन्त्री ओली स्वदेश फर्कदै Breaking News
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू प्रक्राउ Breaking News
  • Dr Uppadhaya press meet scaled 1 1 u026bY
    डा उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक Breaking News
  • प्रधानमन्त्रीले बोलाउनु भयो मन्त्रिपरिषद् बैठक Breaking News
  • Why It’s Hard to Get the New Alzheimer’s Drug Lecanemab Breaking News
  • पहिचानको मार्गमा रातो धमिराको रजाई Breaking News
  • रसुवागढी हाइड्रोको ६८ करोडको आईपीओ खुल्यो Breaking News

क्यान्सरको पीडा र क्यान्सर रोगको सम्बन्ध: ओखतीले के काम गर्छ ?

Posted on September 15, 2024 By No Comments on क्यान्सरको पीडा र क्यान्सर रोगको सम्बन्ध: ओखतीले के काम गर्छ ?

डा. समीम अख्तर,

३० भदौं, काठमाडौं । विभिन्न प्रकारका रोग, दुर्घटना, शारिरीक क्षति र मानसिक तनावबाट प्राण भएका जीव जन्तु र मानवमा दुखाई अथवा पीडाको अनुभुति हुन्छ । कसैले पीडाको कल्पना गर्छ र कसैले दुःख पीडा भौतिक र मानसिक रूपमा पाउँछ । क्यान्सर आफैमा रोगहरू मध्ये अत्यन्त दुःखदायी रोग हो । क्यान्सर विरामीको पीडा उसको कष्टपूर्ण अप्रिय अनुभुति हो जुन उस‌ले नितान्त एक्लै झेल्नु पर्ने हुन्छ । क्यान्सरको पीडाले विरामीलाई दैनिकी कार्य, उठ बस गर्न, हिड् डुल गर्न, भोजन खाना, शौच गर्न कठीन र असमर्थ पार्न सक्छ । क्यान्सरको दुखाईले विरामीलाई भोक कम लाग्ने बनाउन सक्छ जसले उसको शरीरलाई अझ दुर्बल बनाउछ । दुर्बलताको कारणले विरामीको रोग विरुद्ध प्रतिरोध गर्ने क्षमता ह्रास हुन्छ ।
सरदरमा ५० देखी ९०% विरामीले क्यान्सर रोगबाट भएको पीडा अभिव्यक्त गरेका हुन्छन् । क्यान्सरको दुखाईको विभिन्न कारण हरु हुन सक्छन:-
१. क्यान्सरको डल्लोले पोलेको दुखाई
२. क्यान्सरको डल्लोले वरपरका मांस पेशी, रक्तनली, आन्द्रा, स्नायु तन्तुलाई थिचेको दुखाई
३. क्यान्सरका कोशिकाहरूले हड्डी भित्र छेडेको दुखाई
४. क्यान्सरका गाँठोहरुले फोक्सों अथवा फोक्सोको च्यादरलाई छेडेको दखाई
५. क्यान्सरले छालामा भएको घाउको दुखाई
६. क्यान्सले स्नायुलाई थिचेको / छेडेको दुखाई,
७. क्यान्सरले गर्दा पेट भित्र गाँठोहरू ठुलो भएको दुखाई
८. क्यान्सरले पेट भित्रको च्यादरमा दानाहरू उत्पन्न भएको कारणले दुखाई
१. क्यान्सरको गाँठो अथवा डल्लोले पीसाब नलीमा थिचे पछि, अवरुद्ध गरे पछी पीसाब फेर्न नसकको दुखाई ।
९. क्यान्सरले पीसाब थैली अथवा मृगौला थिचेर दुखाई
१०. क्यान्सर गाँठो अथवा डल्लोले आन्द्रा थिचेर अथवा आन्द्रा अवरुद्ध गरको र दिसा निस्कन नसकेर हुने दुखाई
११. क्यान्सरको डल्लो भित्र वा भित्रबाट बाहिर रगत बगेर दुखाई
१२. पेटभित्र अथवा फोक्सोमा पानी जमेर दुखाई
१३. केमोथेरापी उपचार पाउँदा अथवा उपचार पश्च्यातको दुखाई
१४. क्यान्सर डल्लो / घाउको शल्यक्रिया पछिको दुखाई
१५. रेडीएशन (विकिरण) उपचारले गर्दा दुखाई
१६. अन्य किसिमको दुखाई
क्यान्सर विरामीको पीडाको आकलन:
विरामीको उपचार गरी राख्नु भएको चिकित्सकले पीडा सम्बन्धी प्रश्नहरू सोध्नु पर्छ । विरामीले पनि आफ्नो दुखाई कुन ठाउँमा छ, कति सार्हो दुखेको, कति समय देखी दुखेको छ, दुखाई कम हुन्छ कि हुदैन सबै कुराहरु खुलेर भन्नु पर्छ । त्यस पछि क्यान्सर विशेषज्ञ चिकित्सकले विरामीको शरीर अवलोकन गर्नु, हुन्छ, हातले पञ्जा लगाएर विरामीको शरीरको .परिक्षण गर्नु हुन्छ, दुखाईको श्रोत र कारणहरू पत्ता लगाउनु हुन्छ । विरामीको रगतको जाँच, एक्स रे, अल्ट्रासाउण्ड, सीटी स्क्यान, सबैको रिपोर्ट र फिल्महरू निरीक्षण गर्नु हुन्छ ।

दुखाईको गहिराई दुखाईको तिव्रता, दुखाईको तिक्तता दुखाइको समयाविधी, दुखाईको निरन्तरता, दुखाईको अनियमिता इत्यादिको सम्पूर्ण लेखा जोख गरिन्छ । उदारण स्वरूप, हाडजोर्नीको क्यान्सरको पीडा भयानक हुन्छ। यो यस्तो सार्हो र निरन्तर दुखाई हो कि विरामी नत क्षण भरको लागि बस्न सक्छ, न उभिन सक्छ, न पल्टिन सक्छ । दिउँसोमा यो विरामीले, दिन कसरी कटेर रात आओस भनी देउतासङ्ग प्रार्थना गर्छ र रात परे पछी, थो रात कहिले कट्छ कि बिहान‌को सुर्योदय हेर्न पाउँछ भनि रून्छ । यो दुखाई र छट्‌पटिको कुनै टुङ्गो हुदैन, कुनै अन्त हुँदैन ।
दुखाईको श्रोत र कारण पत्ता लगाउने निम्न जाँचहरू गरिन्छ :
१. रगतको जाँचहरू (Blood Tests)
२. मुटु, कलेजो, र मुगौला सम्बन्धी रगतको जाँचहरू
३. शरीरको एक्स-रे (X-ray)
४. अल्टा साउन्ड (ultrasonography)
५. सी. टी. स्क्यान (C.T. Scan)
६. एम. आर. आई (MRI)
७. इको तथा डपलर इको (Echo, Doppler Echo)
८. बोन स्क्यान (Bone Scan)
क्यान्सरको पीडाको उपचार: निम्न प्रकारका औषधीहरू अनुभवी क्यान्सर विशेषज्ञ मेडीकल अन्कोलजिष्टद्वारा प्रयोग गरिन्छ:
१. सिटामोल (एसीटाएमीनोफिन) (Acetaminophen)
२. एन. एस. ए. आइडी (NSAIDs) – जस्तो कि Cyclooxygenase Inhibitor (साइकोलओ अक्सीजीनीज इन्हिवीटर
३. अफिम, मोरफीन कोडीन (opium, Morphine, Codeine)
४. ट्रामाडोल, टापेन्टाडोल (Tramadol, Tapentadol)
५. एन्टी डिप्रेसेन्ट (Antidepressant)
६. कोर्टीको स्टेरोइड (Corticosteroid)
७. एन्टी स्पास्मोडिक (Antispasmodic)
८. बेन्जो डाईजेपाम (Benzodiazepam)
९) . रेडीयोथेरापी प्रविधिद्वारा हड्डीको दुखाई कम गर्ने (Radio therapy
१०) दुखाई हुने अङ्गको स्नायु तन्तुलाई काटने, बल्क गर्ने अथवा निस्क्रिय गर्ने (Nerve Block)
दुखाईको श्रोत अथवा कारक तत्त्वलाई झिक्नु नै उत्तम उपचार हो । यदि क्यान्सर चिरेर फाल्न संभव नभए औषधी उपचारद्वारा दुखाई नियंत्रण (Pain control) गर्न सकिन्छ । ओखतीको मात्रा र खुराकी चरण बढ़ रूपमा दुखाई कम नभएसम्म विस्तारै बढाउन सकिन्छ तर प्रत्येक ओखतीको एउटा मापदण्ड र निर्धारित सीमा भन्दा माथि जानु हुदैन । चिकित्सकको निर्देशन र नियम पालना नगरे विरामीलाई हानी हुन सक्छ र विरामी को ज्यान समेत जान सक्छ। दुखाईको स्तर हेरेर ओखती को समय बढाउन वा घटाउन सकिन्छ । यी दुखाई कम गर्ने औषधी प्राय जसो लठ्‌याउने, लत बसाल्ने र मनोद्विपक समूह का हुन्छन् । यी ओखतीहरूको प्रयोग चिकित्सकको सल्लाह र पुर्जो बिना गर्नु हुदैन् ।
लेखक: डा. समीम अख्तर क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ ।
Email: dr.samim@gmail.com

The post क्यान्सरको पीडा र क्यान्सर रोगको सम्बन्ध: ओखतीले के काम गर्छ ? first appeared on Khabar Breaking.

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: Story Of Two Chalak Robbers 👬, Choona Laga Diya 😂😅 | #shorts #funny #comedy #hindifunny
Next Post: Profile and Interviews: The best way for your little ones to do their own nails 😍💅 #nails

Related Posts

  • संघीय निजामती सेवा ऐन तहगत संरचनामा रहने सहमति भएको छ: खतिवडा Breaking News
  • विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत Breaking News
  • आज मन्त्रिपरिषदको बैठक बस्दै Breaking News
  • USA Immigration – Nepali singer Aastha Raut sent back, VISA issue; New Year Program in Lancaster Breaking News
  • Saachi Sakechhu Maya – Nakul Karki & Meena Singh #shorts Breaking News
  • #ollokholo #nepalisong #shorts Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Untung cepat di selamatkan
  • सामाजिक सुरक्षा कार्यक्रमको दायरा पुनरावलोकन गर्नु पर्छः गोकर्ण विष्ट
  • पूर्वाधारमा बजेट केन्द्रित गर्नु पर्ने पूर्वअर्थमन्त्री कार्कीको जोड
  • विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत
  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • श्रीलंका टाट पल्टनुको कारण Breaking News
  • Profile and Interviews: 💥❤️ evolution of avengers 🥰 Avengers Evolution ✅ 174 #marvel #avengers #spiderman #shorts profile-and-interviews
  • प्रचण्डले १ बजे पत्रकार सम्मेलन गर्दै Breaking News
  • image 2
    अमेजन प्राइममा रिलिज भयो बुलबुल Breaking News
  • विविध कार्यक्रम गरी मनाइयो गैरआवासीय नेपाली संघको १९औं स्थापना दिवस Breaking News
  • KhabarBreaking.com: संचारकर्मी ओझा सम्मानित Breaking News
  • मतदाता शिक्षामा डिजिटल रणनीति फेल, फेरि घरदैलोमै Breaking News
  • Our Culture | Tharikuti Jakat “Brusil” – Bhanu Oli & Nisha Mukhiya | Nepali Song 2023 Breaking News
  • देउवा नेतृत्वको सरकार असफलः रिजाल Breaking News
  • स्वदेश फर्किएका विद्यार्थीलाई फेरि चीन लैजाने प्रक्रिया सुरु Breaking News
  • कांग्रेस महामन्त्री शर्माले दिए भब्य मन्तब्य Breaking News
  • नेपाली भाषा क्लास
    नर्थन क्यालिफोर्निया बे-एरियाको नेपालि भाषा क्लासमा नयाँ प्रिन्सिपल Breaking News
  • Why So Many Women Are Waiting Longer to Have Kids
    English News: Why So Many Women Are Waiting Longer to Have Kids Breaking News
  • maxresdefault 9
    सुनिता बुढाको एकल आवाजमा मौरी भिरैमा | Mauri Bhirai Ma By Sunita Budha | New Nepali Song 2079 Breaking News
  • Scientists Have Reached a Key Milestone in Learning How to Reverse Aging Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme