क्यान्सरको पीडा र क्यान्सर रोगको सम्बन्ध: ओखतीले के काम गर्छ ?

डा. समीम अख्तर,

३० भदौं, काठमाडौं । विभिन्न प्रकारका रोग, दुर्घटना, शारिरीक क्षति र मानसिक तनावबाट प्राण भएका जीव जन्तु र मानवमा दुखाई अथवा पीडाको अनुभुति हुन्छ । कसैले पीडाको कल्पना गर्छ र कसैले दुःख पीडा भौतिक र मानसिक रूपमा पाउँछ । क्यान्सर आफैमा रोगहरू मध्ये अत्यन्त दुःखदायी रोग हो । क्यान्सर विरामीको पीडा उसको कष्टपूर्ण अप्रिय अनुभुति हो जुन उस‌ले नितान्त एक्लै झेल्नु पर्ने हुन्छ । क्यान्सरको पीडाले विरामीलाई दैनिकी कार्य, उठ बस गर्न, हिड् डुल गर्न, भोजन खाना, शौच गर्न कठीन र असमर्थ पार्न सक्छ । क्यान्सरको दुखाईले विरामीलाई भोक कम लाग्ने बनाउन सक्छ जसले उसको शरीरलाई अझ दुर्बल बनाउछ । दुर्बलताको कारणले विरामीको रोग विरुद्ध प्रतिरोध गर्ने क्षमता ह्रास हुन्छ ।
सरदरमा ५० देखी ९०% विरामीले क्यान्सर रोगबाट भएको पीडा अभिव्यक्त गरेका हुन्छन् । क्यान्सरको दुखाईको विभिन्न कारण हरु हुन सक्छन:-
१. क्यान्सरको डल्लोले पोलेको दुखाई
२. क्यान्सरको डल्लोले वरपरका मांस पेशी, रक्तनली, आन्द्रा, स्नायु तन्तुलाई थिचेको दुखाई
३. क्यान्सरका कोशिकाहरूले हड्डी भित्र छेडेको दुखाई
४. क्यान्सरका गाँठोहरुले फोक्सों अथवा फोक्सोको च्यादरलाई छेडेको दखाई
५. क्यान्सरले छालामा भएको घाउको दुखाई
६. क्यान्सले स्नायुलाई थिचेको / छेडेको दुखाई,
७. क्यान्सरले गर्दा पेट भित्र गाँठोहरू ठुलो भएको दुखाई
८. क्यान्सरले पेट भित्रको च्यादरमा दानाहरू उत्पन्न भएको कारणले दुखाई
१. क्यान्सरको गाँठो अथवा डल्लोले पीसाब नलीमा थिचे पछि, अवरुद्ध गरे पछी पीसाब फेर्न नसकको दुखाई ।
९. क्यान्सरले पीसाब थैली अथवा मृगौला थिचेर दुखाई
१०. क्यान्सर गाँठो अथवा डल्लोले आन्द्रा थिचेर अथवा आन्द्रा अवरुद्ध गरको र दिसा निस्कन नसकेर हुने दुखाई
११. क्यान्सरको डल्लो भित्र वा भित्रबाट बाहिर रगत बगेर दुखाई
१२. पेटभित्र अथवा फोक्सोमा पानी जमेर दुखाई
१३. केमोथेरापी उपचार पाउँदा अथवा उपचार पश्च्यातको दुखाई
१४. क्यान्सर डल्लो / घाउको शल्यक्रिया पछिको दुखाई
१५. रेडीएशन (विकिरण) उपचारले गर्दा दुखाई
१६. अन्य किसिमको दुखाई
क्यान्सर विरामीको पीडाको आकलन:
विरामीको उपचार गरी राख्नु भएको चिकित्सकले पीडा सम्बन्धी प्रश्नहरू सोध्नु पर्छ । विरामीले पनि आफ्नो दुखाई कुन ठाउँमा छ, कति सार्हो दुखेको, कति समय देखी दुखेको छ, दुखाई कम हुन्छ कि हुदैन सबै कुराहरु खुलेर भन्नु पर्छ । त्यस पछि क्यान्सर विशेषज्ञ चिकित्सकले विरामीको शरीर अवलोकन गर्नु, हुन्छ, हातले पञ्जा लगाएर विरामीको शरीरको .परिक्षण गर्नु हुन्छ, दुखाईको श्रोत र कारणहरू पत्ता लगाउनु हुन्छ । विरामीको रगतको जाँच, एक्स रे, अल्ट्रासाउण्ड, सीटी स्क्यान, सबैको रिपोर्ट र फिल्महरू निरीक्षण गर्नु हुन्छ ।

दुखाईको गहिराई दुखाईको तिव्रता, दुखाईको तिक्तता दुखाइको समयाविधी, दुखाईको निरन्तरता, दुखाईको अनियमिता इत्यादिको सम्पूर्ण लेखा जोख गरिन्छ । उदारण स्वरूप, हाडजोर्नीको क्यान्सरको पीडा भयानक हुन्छ। यो यस्तो सार्हो र निरन्तर दुखाई हो कि विरामी नत क्षण भरको लागि बस्न सक्छ, न उभिन सक्छ, न पल्टिन सक्छ । दिउँसोमा यो विरामीले, दिन कसरी कटेर रात आओस भनी देउतासङ्ग प्रार्थना गर्छ र रात परे पछी, थो रात कहिले कट्छ कि बिहान‌को सुर्योदय हेर्न पाउँछ भनि रून्छ । यो दुखाई र छट्‌पटिको कुनै टुङ्गो हुदैन, कुनै अन्त हुँदैन ।
दुखाईको श्रोत र कारण पत्ता लगाउने निम्न जाँचहरू गरिन्छ :
१. रगतको जाँचहरू (Blood Tests)
२. मुटु, कलेजो, र मुगौला सम्बन्धी रगतको जाँचहरू
३. शरीरको एक्स-रे (X-ray)
४. अल्टा साउन्ड (ultrasonography)
५. सी. टी. स्क्यान (C.T. Scan)
६. एम. आर. आई (MRI)
७. इको तथा डपलर इको (Echo, Doppler Echo)
८. बोन स्क्यान (Bone Scan)
क्यान्सरको पीडाको उपचार: निम्न प्रकारका औषधीहरू अनुभवी क्यान्सर विशेषज्ञ मेडीकल अन्कोलजिष्टद्वारा प्रयोग गरिन्छ:
१. सिटामोल (एसीटाएमीनोफिन) (Acetaminophen)
२. एन. एस. ए. आइडी (NSAIDs) – जस्तो कि Cyclooxygenase Inhibitor (साइकोलओ अक्सीजीनीज इन्हिवीटर
३. अफिम, मोरफीन कोडीन (opium, Morphine, Codeine)
४. ट्रामाडोल, टापेन्टाडोल (Tramadol, Tapentadol)
५. एन्टी डिप्रेसेन्ट (Antidepressant)
६. कोर्टीको स्टेरोइड (Corticosteroid)
७. एन्टी स्पास्मोडिक (Antispasmodic)
८. बेन्जो डाईजेपाम (Benzodiazepam)
९) . रेडीयोथेरापी प्रविधिद्वारा हड्डीको दुखाई कम गर्ने (Radio therapy
१०) दुखाई हुने अङ्गको स्नायु तन्तुलाई काटने, बल्क गर्ने अथवा निस्क्रिय गर्ने (Nerve Block)
दुखाईको श्रोत अथवा कारक तत्त्वलाई झिक्नु नै उत्तम उपचार हो । यदि क्यान्सर चिरेर फाल्न संभव नभए औषधी उपचारद्वारा दुखाई नियंत्रण (Pain control) गर्न सकिन्छ । ओखतीको मात्रा र खुराकी चरण बढ़ रूपमा दुखाई कम नभएसम्म विस्तारै बढाउन सकिन्छ तर प्रत्येक ओखतीको एउटा मापदण्ड र निर्धारित सीमा भन्दा माथि जानु हुदैन । चिकित्सकको निर्देशन र नियम पालना नगरे विरामीलाई हानी हुन सक्छ र विरामी को ज्यान समेत जान सक्छ। दुखाईको स्तर हेरेर ओखती को समय बढाउन वा घटाउन सकिन्छ । यी दुखाई कम गर्ने औषधी प्राय जसो लठ्‌याउने, लत बसाल्ने र मनोद्विपक समूह का हुन्छन् । यी ओखतीहरूको प्रयोग चिकित्सकको सल्लाह र पुर्जो बिना गर्नु हुदैन् ।
लेखक: डा. समीम अख्तर क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ ।
Email: dr.samim@gmail.com

The post क्यान्सरको पीडा र क्यान्सर रोगको सम्बन्ध: ओखतीले के काम गर्छ ? first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री