क्यानडाको क्यालगरी,एबी स्थित आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा प्रवेश

१० भदौं, काठमाडौ । क्यानडाको क्यालगरी,एबी स्थित आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा प्रवेश गरेको छ । निकै सकारात्मक सोचका धनी युवा व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माले प्यारी दिवंगत आमालाई सम्मान गर्दै खोलिएको रेस्टुरेन्ट हो आमा नेप्लिज कुजिन ।

नेपाली मौलिक परिकार प्रवर्द्धन गर्ने आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तरता दिँदै विदेशी भुमिमा नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउनका साथै नेपालीपन र अपनत्व जोगाउन भूमिका खेलेको छ आमा नेप्लिज कुजिनले। जहाँ पुग्दा भोक मात्र होइन गाउँ घरको न्यास्रो पनि मेटिन्छ ।

आमा नेप्लिज कुजिन रेस्टुरेन्ट संचालक शर्माको संक्षिप्त परिचय

पिता गोविन्द प्रसाद बञ्जारा र माता रूकमणी देवी बञ्जारा कोखबाट सन १९८२ मा दारहिया, विराटनगर १२,मोरङमा जन्मिएर क्यानडालाई आफ्नो कर्मभूमि बनाउनु भएका शर्मा विगत २ दशक भन्दा बढी देखि विदेशमा रहेर पनि नेपाली खाना र संस्कृतिको प्रवर्द्धनमा सक्रिय हुनुहुन्छ ।

घुमफिर र खानाप्रतिको प्रेमले उहाँलाई विश्वभर लग्यो जहाँ उहाँले भियना,अस्ट्रियामा आफ्नो पाक कला डिप्लोमा गर्नु भयो र धेरै देशहरूमा पनि काम गर्नु भयो । युरोप, उत्तरी अमेरिका र मध्य पूर्वमा खानाको गुणस्तर कायम राख्ने कुरामा ध्यान दिएर खानाको तयारी, मेनु योजना र कार्यान्वयनमा आफ्नो विशेषज्ञता कुशलतापूर्वक प्रदर्शन गर्नु भएको छ ।

ह्याट रिजेन्सी, हिल्टन होटल्स, फेयरमन्ट होटल्स, शेरेटन, मेरियट र मिलेनियम होटल्स जस्ता बहुराष्ट्रिय होटल चेनहरूमा सेफको रुपमा काम गर्ने अबसर प्राप्त गर्नु भएको छ । सेफ ज्ञानेन्द्र एक मिलनसार र सबैका प्रेरणाक स्रोत ब्यक्तित्व हुनुहुन्छ । हाल उहाँ जिबन संग्गिनी तारा पौडेल र छोराछोरीका साथमा सपरिवार क्यालगरी एबी क्यानडामा बसोबास गर्नुहुन्छ ।

The post क्यानडाको क्यालगरी,एबी स्थित आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा प्रवेश first appeared on Khabar Breaking.

  • Related Posts

    आज सुनको मूल्य घट्यो

    २३ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार २०० रुपैयाँले घटेको…

    Read more

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    Leave a Reply

    You Missed

    आज सुनको मूल्य घट्यो

    • By
    • September 8, 2024
    • 0 views

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 8 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 8 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 2 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि