
कोसेली बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं साधारणसभा सम्पन्न
काठमाडौं । चावहिलस्थित कोसेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष रमेश कुमार दाहालको अध्यक्षता र कृषि विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्ययको प्रमुख आतिथ्यमा पुष २७ गते शनिबार धुम्बाराही स्थित दियो महलमा सम्पन्न भएको संस्था साधारणसभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को संस्थाको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।
त्यससँगै , संस्थाको समीक्षा वर्षको लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित योजना र बजेट पनि सभाले पारित गरेको छ।
समीक्षा आर्थिक वर्षमा यस सहकारीको जम्मा शेयर पूँजी रु. ३.१७ करोड कायम रहेको छ। यस आ.व. मा संस्थाको बचत निक्षेप रु. २०.९२ करोड र कर्जा लगानी रु. २३.१८ करोड रहेको छ। संस्थाको यस वर्षको खुद बचत (मुनाफा) रु. ५ लाख ९४ हजार रहेको छ।
१५औं साधारणसभामा संस्थाका उत्कृष्ट कर्मचारी तथा सदस्यहरूलाई सम्मान र पुरस्कृत गरिएको थियो ।