Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Hatti Hamu Magenau” (Daan Tarne Maruni Folk Dance) “Collected” | Man Bahadur Lohar Breaking News
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल
    KhabarBreaking.com: सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल Breaking News
  • maxresdefault 11
    Gyanendra Shahi Interview: फतेमाको चल्खेल पछि ज्ञानेन्द्र शाहीको बिन्ती,देश बचाउ Breaking News
  • श्रीलंकामा तेलको हाहाकार , अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक Breaking News
  • 274526612 257452939895128 4288935120312324466 n IgIlFc
    डा उपाध्यायद्वारा चेपाङ बस्तीमा लत्ताकपडा वितरण Breaking News
  • Rabi at Singadurbar 1024x426 1 275x300 2J0htl AMERICA KHABAR January 31, 2025
    रास्वपा सभापति रवि लामिछाने र सभामुख घिमिरेबीच भेट; सांसद पदबाट निलम्बन फुकुवा गर्न आग्रह Breaking News
  • Pardeshi Chhuk Chhuke Relaima | Pardeshi | PRaksh Saput | Prashant Tamang Breaking News
  • उपत्यका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै Breaking News
WhatsApp Image 2025 02 04 at 17.10.29 2b6d4599 dBU1Uw AMERICA KHABAR February 6, 2025

कोशी प्रदेश बन्द प्रति निजी क्षेत्रको ध्यानाकर्षण, विरोधले लगानीमैत्री वातावरण विथोलिने धारणा

Posted on February 6, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on कोशी प्रदेश बन्द प्रति निजी क्षेत्रको ध्यानाकर्षण, विरोधले लगानीमैत्री वातावरण विथोलिने धारणा

 

२४ माघ, काठमाडौं । नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको सर्वसाधारणले सास्ती भोगनु परेको र यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुने बताएका छन् ।

“नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ । उद्योग, व्यापार, बैंकिङ, उर्जा, कृषि, पर्यटन, सञ्चार लगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ । तर विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहहरूलाई यस विषयमा गम्भीर बन्न,विकास निर्माणको कार्यलाई सहज र निर्वाध रुपमा सञ्चालन गर्ने वानतावरण सिर्जना गर्न आग्रह गर्दछौं । ” विज्ञप्तिमा भनिएको छ ।

पर्यटनमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरिसकेको, हजारौं नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथिभरा ९मक्कुम्लुङ० मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने बद्धबृद्धा, अशक्त बालबालिका सहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउनुका साथै पूर्वाधार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटन प्रवद्र्धन, कृषि, हस्तकलाको विकास मार्फत व्यवसायको प्रवद्र्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र देशकै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै केवलकार निर्माणका लागि स्थानीय तह र स्थानीय बासिन्दाहरु सहमत रहेको बन्नु पर्छ भन्ने धारणा राखिरहेको सन्दर्भमा केवलकार बन्न दिनु हँदैन भनेर बाह्य हस्तक्षेप सहित केवलकार निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा निजी क्षेत्रले लिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुनुको साथै नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई यसले नकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् । यस्तै उनीहरुले समस्याको समाधान वार्ताबाट गर्न सकिने जनाउँदै विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथिभरा ९मक्कुम्लुङ० केवलकार परियोजनालाई सहज र निर्वाध रूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई निजी क्षेत्र हार्दिक अपिल गरेका छन् ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका कोशी र गण्डकी र कर्णाली प्रदेशका सभापतिरूले पनि आज छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस विषयमा महासंघ प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएका छन् ।

उनीहरुले कोभिड महामारी लगायतका कारण संकटमा परेको अर्थतन्त्रको विकास गरी पुरानै अवस्थामा ल्याउनका लागि नेपाल सरकार र निजी क्षेत्र लागि परिरहेको अवस्थामा विकासका लागि भइरहेका प्रयासमा अवरोध हट्नु पर्ने धारणा राखेका छन् ।

राज्यको नियम कानुन तथा प्रणालीले स्वीकृति तथा अनुमति प्रदान गरेर तथा स्थानीय नागरिकको भावना र चाहना बमोजिम नै निर्माणको काम सुरु गर्दैगर्दा उत्पन्न भएको बाह्य परिस्थितिले यो आयोजनालाई जे जसरी अवरोध उत्पन्न गर्न खोजिएको छ यसबाट नेपालको आर्थिक विकासका लागि अत्यावश्यक स्वदेशी एवं विदेशी लगानीका क्षेत्रमा पक्कै पनि सकारात्मक सन्देश दिएको छैन । उनीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै विज्ञपितमा देशका कैयौँ स्थानमा पर्यटन पूर्वाधारहरुको निर्माण गरी दशौँ हजार व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको तथा राजस्वका माध्यमबाट मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको देशको व्यावसायिक ग्रुपको अगुवाईमा निर्माण हुन लागेको केबलकार आयोजनाका विरुद्धमा जेजस्ता क्रियाकलापहरु हाल देखिएका छन् त्यसले पक्कै पनि देशमा लगानीको वातावरण बनाउने नभएर भत्काउने काम गरिरहेको छ भन्ने हाम्रो बुझाई रहेको उल्लेख छ ।

 

WhatsApp Image 2025 02 04 at 17.10.29 2b6d4599 AMERICA KHABAR February 6, 2025

 

WhatsApp Image 2025 02 04 at 17.10.25 3d6e886a AMERICA KHABAR February 6, 2025

Breaking News

Post navigation

Previous Post: नेपाल भ्यालुयर्स एसोसिएशनको १४औं स्थापना दिवस: मूल्यांकनकर्ताप्रती नियामक र बैंक-वित्तीय संस्थाको दृष्टिकोण सुधार हुनुपर्नेमा जोड
Next Post: प्रतिनिधिसभा बैठकलाई प्रचण्डले सम्बोधन गर्ने

Related Posts

  • नेपाल सम्वत् ११४३, म्ह: पूजा, शुभ दीपावली तथा छठ पर्वको शुभकामना तथा हार्दिक निमन्त्रणा ! Breaking News
  • पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनीत Breaking News
  • KhabarBreaking.com: प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय Breaking News
  • DYING CANDLE New Nepali Full Movie 2021 Breaking News
  • हरिमल्ल राजाको सँगिनी (सॅगीनी लोकगाथा) | Ramila Gyangmi Magar | Prekshya Gautam Breaking News
  • बल्खुमा भ्यानको ठक्करबाट छोराको मृत्यु, आमा गम्भीर घाइते Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 21
    मेयर बालेनले गरे चमत्कार थन्क्याईएका मेसिन चलाउन थालियो Mayor balen Shah Breaking News
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुनर्संरचना गरिने Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali नेपालको सहरी बिकास कोषको अवस्था कस्तो छ ? Sadagamaya | Special Episode | Ramesh Poudel | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali नेपालको सहरी बिकास कोषको अवस्था कस्तो छ ? Sadagamaya | Special Episode | Ramesh Poudel | Media Hub Breaking News
  • Why Conspiracies Theories—From Kate Middleton to the Moon Landings—Are So Seductive
    English News: Why Conspiracies Theories—From Kate Middleton to the Moon Landings—Are So Seductive Breaking News
  • #swargakirani #newsongs #narayangopal #shorts | Full Video Watch ON Youtube Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 828 | 10 Oct, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 828 | 10 Oct, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • जसपा नेता यादव एमालेमा प्रवेश Breaking News
  • maxresdefault 119
    Meri Bassai मेरी बास्सै Ep- 722 September 28, 2021 Breaking News
  • uml 3 FLtSIVuK8V Bl639f
    विभिन्‍न नेता कार्यकर्तालाई एमालेमा भित्र्याए ओलीले Breaking News
  • एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यो भनाइले पायो ब्यापक चर्चा ! Breaking News
  • #timronayanko #nepalisong #shorts Breaking News
  • KhabarBreaking.com: बिपन्न विद्यार्थीहरुको लागी बन्जाडेले गरे पोशाक वितरण Breaking News
  • maxresdefault 53
    MCC Nepal प्रचण्डले समर्थन नगरी सुखै छैन,नत्र सरकार ढल्छ Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 274 | 27 Jan, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -274 | 27 Jan, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • SOMALI SOLDER
    जतिसक्दो चाँडो इथियोपिया छोड्न अमेरिकी नागरिकलाई आदेश Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme