
‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक यात्रा , लोकतन्त्र प्राप्तिका लागि गरेका अथक संघर्षदेखि मुलुकको समृद्धिका लागि बनाएका योजना , सपना र नेतृत्वदायी पहललाई केन्द्रमा राखेर पुस्तक तयार गरिएको छ ।
‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तकको सोमबार (१९ फागुन ) काठमाडौंमा सार्वजनिक गरिएको हो।
पत्रकार गणेश पाण्डेद्वारा सम्पादित उक्त पुस्तक राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी हुन् । पुस्तक अल्केमी प्रकाशनले प्रकाशन गरेको हो ।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्रीहरु, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वका लेख-रचनाहरु समेटिएका छन् । लोकार्पण कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।