🎄 Holiday Season Special
कुलेश्वरबाट स्रोत नखुलेको साढे ५७ लाख रुपियाँसहित एक जना पक्राउ
२२ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरको चुन्नेपाखा टोलमा प्रहरीले अवैध रुपमा राखिएको ठूलो परिमाणको नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले काभ्रेपलान्चोक–नमोबुद्ध–९ का ३४ वर्षीय सरोज श्रेष्ठको कोठाबाट ५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ बरामद गरेको हो। हुन्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा कालिमाटी प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको र अदालतबाट ५ दिनको म्याद थप लिएर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.