Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • गठबन्धन र तालमेल हितकर छैनः गगन थापा Breaking News
  • कांग्रेसका नव निर्वाचित उपसभापति धनराज गुरुङ यसो भन्छन् Breaking News
  • कांग्रेस संसदीय दलको बैठक बस्दै, यि – यि बिषयमा छलफल हुदैं Breaking News
  • आज पनि भारी वर्षाको सम्भावना : पहाडी र तराईका बासिन्दालाई सतर्क रहन आग्रह Breaking News
  • भकारी बढ्ने रोपाइँ लोकधुन Bhakari Baadhne Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • Nabin K Bhattarai | Ye Jhari “ए झरी” | Superhit Nepali Song #shorts Breaking News
  • सरकारको यो निर्णयले तात्यो राजनीति Breaking News
  • भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा Breaking News

कार्यशाला काठमाडौंमा सफलतापूर्वक सम्पन्न

Posted on February 15, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on कार्यशाला काठमाडौंमा सफलतापूर्वक सम्पन्न

३ फागुन काठमाडौं । दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन प्रवर्द्धनका अवसर, चुनौती तथा सफल अभ्यासबारे विस्तृत छलफल गर्न आयोजित कार्यशाला काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। वन तथा वातावरण मन्त्रालयको समन्वयमा द ग्लोबल सेन्टर अन एडप्टेशन र डि।सि।ए।को आयोजनामा भएको उक्त कार्यशालाले दक्षिण एशियाली मुलुकहरूबीच जलवायु अनुकूलनका प्रभावकारी उपाय आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको थियो।

 

कार्यशालाको समापन अवसरमा आयोजित पत्रकार सम्मेलनमा  एशिया निर्देशक सुसान सेनले प्रत्येक मुलुकले स्थानीय अनुकूलन कार्ययोजना   लागू गर्ने प्रयास गरिरहेको बताउँदै स्थानीय निकायको क्षमता अभिवृद्धि गर्नु अपरिहार्य रहेकोमा जोड दिइन्। अनुकूलन कार्यान्वयनका लागि बजेट तर्जुमा, प्रविधि हस्तान्तरण र सरोकारवालाहरूको सीप विकासका क्षेत्रमा थप लगानी आवश्यक रहेको उनले बताइन्। नेपालजस्ता उच्च जोखिमयुक्त मुलुकहरूले बहुपक्षीय वित्तीय संस्थाहरूसँग सहकार्य गर्दै स्रोत परिचालन गर्नुपर्नेमा उनले विशेष ध्यानाकर्षण गराइन्।

वन तथा वातावरण मन्त्रालयका उपसचिव सुमन सुवेदीले नेपालका ७५३ स्थानीय तहमा स्थानीय अनुकूलन योजना ९ीीब्० लागू गर्ने प्रयास भए पनि अझै कार्यान्वयन चरणमा धेरै सुधार आवश्यक रहेको बताए। जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि ठोस रणनीति आवश्यक रहेको र यस्ता कार्यशालाले दीर्घकालीन अनुकूलन योजनालाई प्रभावकारी बनाउन सहयोग गर्ने उनको धारणा थियो।

डिसिएका राष्ट्रिय निर्देशक डा। सम्झना विष्टका अनुसार कार्यशालाले सार्वजनिक तथा निजी साझेदारी विस्तार गर्न साझा मञ्चको भूमिका खेलेको छ। सहभागीहरूले जलवायु परिवर्तनका कारण जोखिममा परेका समुदायहरूको उत्थानशीलता वृद्धि गर्ने आफ्ना अनुभवहरू प्रस्तुत गरेका थिए। यसले नेपालसहित दक्षिण एशियाली मुलुकहरूमा जलवायु अनुकूलन रणनीति निर्माणका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

एफसिडियोका जलवायु सल्लाहकार युगान मानन्धरले विपद् जोखिम व्यवस्थापनका लागि आन्तरिक जोखिम मूल्यांकनका आधारमा आपत्कालीन कोष स्थापना गरिएको उदाहरण प्रस्तुत गर्दै सरकारी तहमा यस्ता कोषलाई संस्थागत गर्न सकिने धारणा राखे। सरकारी तथा निजी साझेदारी सिर्जना गर्न सकेमा विपद् व्यवस्थापनलाई अझ प्रभावकारी तथा दिगो बनाउन सकिने उनको भनाइ थियो।

तीन दिनसम्म चलेको कार्यशालामा खाद्य सुरक्षा, पानी स्रोत व्यवस्थापन, शहरी विकास, जलवायु वित्तजस्ता विषयमा विस्तृत छलफल भएको थियो। नेपालसहित भारत, पाकिस्तान, भुटान, श्रीलंका र बंगलादेशका प्रतिनिधिहरूको सहभागिता रहेको यस कार्यशालाले स्थानीय अनुकूलन कार्यक्रमसँग सम्बन्धित आठ विभिन्न विषयमा समूहगत छलफल समेत गरेको थियो।

जलवायु परिवर्तनका दृष्टिले संवेदनशील मानिने दक्षिण एशियाका मुलुकहरू तटीय क्षति, पहाडी भूगोलको जोखिम, उच्च जनसंख्या घनत्व, गरिबी, असमानता, तीव्र शहरीकरण र औद्योगीकरणका कारण थप चुनौतीको सामना गरिरहेका छन्। यस्ता कार्यशालाले जलवायु अनुकूलनका लागि दीर्घकालीन रणनीति निर्माण गर्न तथा प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

Breaking News

Post navigation

Previous Post: उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारका निम्ति कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना
Next Post: नगर बिकास कोषको ३७ औ बार्षिक उत्सव भव्यरुपमा सम्पन्न (भिडियो सहित)

Related Posts

  • एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक Breaking News
  • #Saraswatibandana #saraswati #saraswatipuja #bhajan Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: नेपालमा सन् २०२४ को मुद्रास्फीति ६.७% रहने विश्व बैंकको प्रक्षेपण Breaking News
  • 20250123 135040 300x135 qOFu9Z AMERICA KHABAR January 23, 2025
    नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको उन्नाइसौं स्थापना दिवसमा रक्तदान कार्यक्रम Breaking News
  • Ep 359 Dr Deepak Subedi झाक्रीहरुको साधना र प्रकार | सुलेमानी तन्त्र प्रयोग र सावधानी Breaking News
  • Saraswati Strotram | Saraswati Vandana | Saraswati Puja Mantra Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • एल.ओ.डी. डिजे म्याग ‘टप १००’ को ५२ औं स्थानमा Breaking News
  • आज एमाले प्रवेश गर्दै पूर्वराजदूत लक्की शेर्पा Breaking News
  • Chanchal Bho Man | Pramila | Bina Raut | New Song Breaking News
  • एकीकृत समाजवादीबाट नयाँ मन्त्री बन्नेहरूको सपथ आज Breaking News
  • Mayale Odheko Salko | Garau Ramailo | Samikshya Adhikari Breaking News
  • देशमा बेरोजगारी समस्या दिन प्रति दिन बढदै Breaking News
  • KURI KURI – Pashupati Sharma#shorts #kurikuri Breaking News
  • Sarwasha | Official Teaser Breaking News
  • Camp Lejeune Water Contamination Tied to a Range of Cancers
    Camp Lejeune Water Contamination Tied to a Range of Cancers english_news
  • Why Do I Keep Getting COVID 19 But Those Around Me Don’t?
    Why Do I Keep Getting COVID-19 But Those Around Me Don’t? english_news
  • भाजपा नेता जोली र जनमतका शरद सिंह यादवबीच भेटवार्ता Breaking News
  • 11 BrQhN8YsnM 756x1024 wFcKMR AMERICA KHABAR February 22, 2025
    नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठन विजयी Breaking News
  • #ollokholo #nepalisong #shorts Breaking News
  • वीरगन्जमा एमाले र लोसपाबीच चुनावी तालमेल Breaking News
  • #pardeshi2 #prakashsaput #prashanttamang #newsong Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme