काठमाण्डौ विश्वविद्यालयको २९औं दीक्षान्त समारोहको (दोस्रो चरण) सम्पन्न

१५ भदौं, धुलिखेल, काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहको दोस्रो चरण सम्पन्न भएको छ । शुक्रबार धुलिखेलस्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भयो । वरिष्ठ संस्कृतिविद डा जगमान गुरुङ प्रमुख आतिथि रहेको उक्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति विद्या भट्टाराईको उपस्थिति थियो । समारोहमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा भोला थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
श्रावण ३० गते बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको विश्वविद्यालय सभाको ९७औं बैठकले आगामी विद्यार्थीहरूको ग्रेस लिस्ट पारित गरेको थियो । यसै बमोजिम सो समारोहमा विश्वविद्यालय अन्तर्गत स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डीएम र एमसीएच तहका ११ जना, एमफिल तहका ३२ जना, स्नातकोत्तर तहका ४५६ जना, स्नातक तहका १ हजार ८ सय १५ जना सहित जम्मा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भए । तीमध्ये आर्ट्सका ७० जना, एजुकेसनका ७१जना, इन्जिनियरिबका ३६४ जना, म्यानेजमेन्टका ९७ जना, मेडिकल साइन्सेजका १५६३ जना र साइन्सका १४९ जना छन् ।
दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको सङ्ख्या १ हजार १ सय ८६ जना (५१.२५ प्रतिशत) र महिलाको सङ्ख्या १ हजार १ सय २८ (४८.७५ प्रतिशत) रहेको छ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू १० प्रतिशत छन् । तीमध्ये अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान,इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलङ्का, कजाखस्तान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाइन र सुडान गरी १९ देशका २४२ जना विदेशी विद्यार्थी छन् ।
कार्यक्रममा बोल्दै ओलीले काठमाडौं विश्वविद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे । विश्वविद्यालयले स्थापना गरेको ग्रीन हाइड्रोजन ल्यावले नवीकरणीय उर्जाको मूलप्रवाहीकरणमा ठूलो योगदान दिने उनले बताए ।
साथै, पछिल्लो समयमा विशेषगरी एसईई र कक्षा १२का विद्यार्थीहरुको न्यून उत्तीर्ण प्रतिशतप्रति चिन्ता व्यक्त गर्दै आउँदो वर्ष ७० प्रतिशत पु¥याउने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, हाल काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद आपसी छलफलबाट समाधान हुने विश्वास व्यक्त गरे ।
विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणमा काठमाडौं विश्वविद्यालयले परिरहेका प्रयासको बारेमा चर्चा गरे । विश्वविद्यालयले पछिल्लो समय अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँगको सहकार्यमा संयुक्त डिग्री कार्यक्रमहरु चलाएको, र विश्वविद्यालयको यस अग्रगामी कदमलाई सरकारले सान्दर्भिक नीति नियम तर्जुमा गरेर सहयोग गर्नुपर्ने बताए ।
उनन्तीसौं दीक्षान्त समारोहको दोस्रो चरणसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४५ हजार ४ सय ३७ जना उत्तीर्ण भएका छन् । तीमध्ये ५७ देशका ५ हजार ४ सय ६७ विदेशी विद्यार्थी रहेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न विधामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्याथीलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

The post काठमाण्डौ विश्वविद्यालयको २९औं दीक्षान्त समारोहको (दोस्रो चरण) सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा…

    Read more

    Leave a Reply

    You Missed

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 1 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 1 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 1 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 18 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    तीज पर्वको अवसरमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना

    • By
    • September 5, 2024
    • 20 views