

काठमाडौं महानगरको निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न निर्देशन
१७ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठको पहिलो सातासम्म आफ्ना मातहतका संस्थागत (निजी)विद्यालयहरूलाई छात्रवृत्तिको विवरण तय गर्न निर्देशन दिएको छ ।
महानगरको शिक्षा विभागले सूचना जारी गर्दै कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिको व्यवस्था गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो ।