Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • इमान्दार भएर भ्रष्टाचार विरुद्ध लडौ Breaking News
  • चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित
    KhabarBreaking.com: चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित Breaking News
  • भोलि एमालेका ७७ वटै जिल्ला अधिवेशनको उद्घाटन ओलीले गर्ने Breaking News
  • ज्ञवालीले सभामुखको भूमिकाबारे प्रश्न गर्दै दिए यस्तो कडा अभिब्यक्ति,राजनीतिमा तरंग Breaking News
  • जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने Breaking News
  • जनतालाई खोक्रो र उधारो आश्वासन बाँडेर राजनीति कति दिन टिक्छ ? Breaking News
  • एयरपोर्टबाट युवतीले रुदै लाइभ गरेपछि पर्यटनमन्त्रीको छड्के,देशको बेइज्जत भो भन्दै कर्मचारीलाई थर्काए Breaking News
  • Why Massive Numbers of Farmed Salmon Are Dying
    English News: Why Massive Numbers of Farmed Salmon Are Dying Breaking News

काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Posted on April 24, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

 

११वैशाख, काठमाडौँ  । काठमाडौँ जेसीजले आयोजना गरेको वार्षिक पात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम काठमाडौँ जेसिजको सभाहल, तिनकुनेमा सम्पन्न भएको हो। सो अवसरमा काठमाडौँ जेसीजका अध्यक्ष श्याम कुमार घिमिरे, काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष तथा काठमाडौँ जेसीजका पूर्व अध्यक्ष बिमल कुमार होडा, समाजसेवी तथा काठमाडौँ महानगरपालिका–४ का नेपाली कांग्रेस सभापति रामप्रसाद न्यौपाने, काठमाडौँ जेसीजका पूर्व अध्यक्ष सञ्जय नाथ जोशी, साहित्यकार तथा सञ्चारकर्मी सरोज ओझा र काठमाडौँ जेसीजकी उपाध्यक्ष दिया थापाले संयुक्त रूपमा नयाँ पात्रो विमोचन गर्नुभएको थियो।

 

कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष श्याम कुमार घिमिरेले पात्रो केवल मिति र तिथिको सूचक मात्र नभई संस्था, योजना, संकल्प र सामाजिक क्रियाशीलताको प्रतिबिम्ब भएको उल्लेख गर्नुभयो। उहाँले यो पात्रो सबैको साझा यात्राको प्रेरक दस्तावेज बन्ने अपेक्षा रहेको पनि बताउनुभयो।

 

काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष तथा काठमाडौँ जेसीजका पूर्व अध्यक्ष बिमल कुमार होडाले जेसीजले युवा नेतृत्व विकासमा गर्दै आएको योगदान उल्लेखनीय रहेको बताउँदै पात्रो विमोचन केवल कागजी दस्तावेज नभई संगठनको उद्देश्य, संकल्प र सामाजिक उत्तरदायित्वको प्रतिबिम्ब भएको धारणा व्यक्त गर्नुभयो।

 

समाजसेवी तथा काठमाडौँ महानगरपालिका–४ का नेपाली कांग्रेस सभापति रामप्रसाद न्यौपानेले सामाजिक उत्तरदायित्वप्रति सचेत संगठनले प्रत्येक गतिविधिलाई उद्देश्यपूर्ण बनाउने बताउँदै, सो कार्यक्रमले समाजमा आशा, सहकार्य र समर्पणको सन्देश दिएको उल्लेख गर्नुभयो।

 

काठमाडौँ जेसीजका पूर्व अध्यक्ष सञ्जय नाथ जोशीले संगठनको निरन्तरता र स्थायित्वको प्रतीकको रूपमा पात्रो विमोचन कार्यक्रमको महत्व रहेको बताउनुभयो।

 

त्यसैगरी, साहित्यकार तथा सञ्चारकर्मी सरोज ओझाले कला, साहित्य र सञ्चारजस्तै पात्रो पनि समाजको समय यात्रा भएको उल्लेख गर्दै यसले वर्षभरिका गतिविधिहरूलाई प्रेरणा र प्रतिबद्धताको ढोका खोलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

 

कार्यक्रमकी सभापति तथा काठमाडौँ जेसीजकी उपाध्यक्ष दुर्गा थापाले धन्यवाद ज्ञापन गर्दै संस्थाको प्रतिवद्धता र समर्पण भावले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो।

 

उक्त कार्यक्रममा एनसी एग्रि टेकका सञ्चालक दिपक प्रसाद न्यौपाने, ग्रीन भ्याली रिसोर्टका महाप्रबन्धक गणेश श्रेष्ठ, न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्ट, रातोपाटी डटकमका समाचार सम्पादक राजकुमार सिग्देल, डेरी एशोसिएसन बागमती प्रदेशका उपाध्यक्ष ध्रुव तिवारी, फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल, काठमाडौँ जेसीजका पदाधिकारी,  इमाडोल जेसिसकी अध्यक्ष सिर्जना श्रेष्ठ, खाँडादेवी जेसिसकी अध्यक्ष सरिता श्रेष्ठ, विभिन्न नगरका प्रतिनिधिहरू लगायत विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

 

काठमाडौँ जेसीजका महासचिव नवराज भण्डारीले कार्यक्रममा उदघोषकको भूमिका निर्वाह गर्नु भएको थियो ।

Breaking News

Post navigation

Previous Post: नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौं जारी
Next Post: शिक्षकहरुलाई वार्ताबाट विद्यालय फर्काउँछु: शिक्षामन्त्री रघुजी पन्त

Related Posts

  • hqdefault 4
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग- १०० || Buhari Episode-100 || कथा चेलीकाे || Nepali Sentimental Serial 02nd Dec 2022 Breaking News
  • maxresdefault 1
    अर्जेन्टिनाका मेसीले जिते ‘गोल्डेन बल’ अवार्ड, फ्रान्सका एमबाप्पेले पाए गोल्डेन बुट Breaking News
  • Baleko Aago Jaleko Prem | Rajiv Lohani | Nepali Pop Song #shorts Breaking News
  • संसद्‍मा एमाले सांसदको नाराबाजी Breaking News
  • विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री Breaking News
  • नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघमा एजाज आलमको अध्यक्षतामा नयाँ कार्यसमिति Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • hqdefault tEMzRT
    Bhadragol | भद्रगोल | Ep – 370 | Jan 06, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • Yati Dherai Maya Diyau – Asha Bhosle & Prakash Shrestha | Nepali Song Breaking News
  • maxresdefault 33
    Laxmihari mandir# त्रिदण्डी श्रीपराङ्कुशाचार्य ‌जीयर स्वामी ##तिरुप्पावै ##१६ गाथा Breaking News
  • #timrochheuchheuma #musicnepal #nepalisong #newsong Breaking News
  • 273772928 10220818866237300 4841087015982742504 n U7gmwf
    बन्द निस्तेज पार्न सर्कुलर जारी, यस्तो छ गृहमन्त्रालयको आन्तरिक सर्कुलर Breaking News
  • hqdefault 4uIHAF
    Swasthani Brata Katha PART- 2 | स्वस्थानी ब्रत कथा २०७९ भाग २ // today’s | swasthani barta katha Breaking News
  • सुनौली मङ्गल धुन (नौमती बाजा) Sunouli Mangal Dhun by Arun Upatyaka Breaking News
  • एमालेले चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र ९ वैशाखमा सार्वजनिक गर्ने Breaking News
  • FB IMG 1746284600990 300x157 AMERICA KHABAR May 3, 2025
    नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनमा सीताराम दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित Breaking News
  • 299056715 1015641265793047 7399058371002832590 n 8DfO8J8bVM 1 lSjZgz
    टानको अध्यक्षमा सापकोटालाई जिताउन पूर्वअध्यक्षहरूको साझा अपिल Breaking News
  • maxresdefault 91
    Meri Bassai मेरी बास्सै Ep- 721 Breaking News
  • Timi Sanga – Manny Kangmang Rai ft. Shalin Sumon Pradhan & Dibya Rai #shorts Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 405 | 08 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 405 | 08 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • समृद्धि फाइनान्सका सिइओ सन्तोष घिमिरेद्धारा पदभार ग्रहण Breaking News
  • maxresdefault 110
    The little Buddha: Scam or Enlightened Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme