
कांग्रेस संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर
२४ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। सरकारले ल्याएको अध्यादेशलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे
बिहीबार बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन्।
माघ १८ गते सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा सरकारले पेस गरेको ६ अध्यादेश आज निर्णयार्थ प्रस्तुत हुँदैछ। कांग्रेस संसदीय दलको बैठकले अध्यादेश स्वीका गर्ने पक्षमा मत दिन ह्वीप लगाउने सम्भावना छ।
यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले बैठकमा आफ्नो धारणा पनि राख्न समय पाउनेछन्।