कांग्रेस विशेष महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने

0
46

२९ पुष, काठमाडौं । विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरूले आज बस्ने केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्। बिहान ११ बजे सानेपास्थित पार्टी कार्यालयमा बोलाइएको बैठकमा उनीहरू सहभागी नहुने जनाइएको छ। संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक बताउँदै आएको छ भने विशेष पक्षधरहरूले नेतृत्व र नीति चयनका लागि अघि बढ्ने अडान राखेका छन्।

पार्टी विवाद समाधानका लागि आजै दुवै पक्षबीच वार्ता हुने भनिए पनि समय र स्थान तय भइसकेको छैन। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद चर्किँदै गएको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here