२५ कार्तिक, धनगढी । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निर्वाध रुपमा अघि बढ्ने बताउनु भएको छ । गृहजिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले यस्तो बताउनु भएको हो । कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन हुने उहाँले स्पष्ट पार्नु भयो ।
देउवाले सभापति पक्राउ पर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरुले अनावश्यक हो हल्ला गर्न आवश्यक नरहेको टिप्पणी समेत गर्नु भयो । कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा आफूहरुले कहिल्यै हल्ला नगरेको भन्दै रास्वपालाई पनि हो हल्ला गर्न आवश्यक नरहेको देउवाले बताउनु भयो ।
साथै उहाँले लामिछानेले अदालती प्रक्रियालाई सघाउनुपर्ने बताउनु भयो । सभापति देउवा गृहजिल्ला डडेल्धुरामा करिब एक साता बसेर विभिन्न स्थानीय कार्यक्रममा सहभागी हुने तालिका रहेको छ ।
The post कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन हुन्छः देउवा first appeared on Khabar Breaking.