Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • राजनीतिमा ठूलै उथल पुथल, एमालेको यस्तो रणनीतिले तात्यो राजनीति Breaking News
  • rajpur cBXbGQ
    राजनीतिक दलमा आबद्ध शिक्षकलाई तत्काल राजिनामा दिन निर्देशन Breaking News
  • प्रचण्डले लिए कडा अडान Breaking News
  • १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै Breaking News
  • KhabarBreaking.com: म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु- बरिष्ठ ब्युटिसियन महरा Breaking News
  • KhabarBreaking.com: विश्वभरका लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तारका लागि अध्यक्ष ढकालको आग्रह Breaking News
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल Breaking News
  • प्रदेश १ को बजेट बहुमतले पारित Breaking News
image 14

कहाँ कहाँ मेयर बालेन शाहले डोजर चलाय ?

Posted on September 11, 2022September 11, 2022 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल

कहाँ कहाँ मेयर बालेन शाहले डोजर चलाय ? काठमाडौंका विभिन्न व्यापारिक कम्प्लेक्स तथा भवनहरुमा मापदण्ड र नक्सा विपरीत निर्माण गरिएका संरचना हटाउन सुरु गरेको काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा डोजर लगायर नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएका संरचनाहरुमा महानगरपालिकाले डोजर चलाएको छ।

१. बालेन शाह आएपछि टेकुबाट २५ वर्षको फोहोर हट्योइन्द्र चोक

२. असन

२. १ अल्फा बिटा – बुद्ध नगर

 अल्फाबिटा कम्लेक्स नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएका अल्फा केयर फार्मेसी

३. नयाँ बानेश्वर, सुन्धारा, न्यूरोड क्षेत्रका कम्प्लेक्समा निर्माण गरिएका अवैध संरचना निर्माण हटाइएको छ

४  कोटेश्वर क्षेत्रमा रहेका अवैध संरचना

५. गोंगबु अनि नयाँ बस पार्क एरिया

६. बसुन्धारा

७. बालेन शाहले आफ्नै साथीको पसलमा समेत डोजर चलाए

८. आरबी कम्प्लेक्समा डोजर चलाउनुअघि उनले भनेका थिए, ‘कानुन ठूलोलाई लाग्ने सानोलाई नलाग्ने हुँदैन, सबैलाई बराबर हो।

९. जिल्ला अदालतको भवन नक्सा पासै नगरी बनेको घोषणा

१०. दरबारमार्गमा बनेका अवैध संरचना

११. काठमाडौं मल, आरबि कम्प्लेक्स, रन्जना गल्ली लगायतमा बनेका अवैद्य संरचना भत्काए

१२. चुनाव अघि जस्तै अहिले चोक, चियापसल, सामाजिक सञ्जालमा उनकै चर्चा छ

१३. अदालतमा पनि डोजर चलाउने बालेन शाहको चेतावनी !

१४. मेयर बालेनले बर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साथ पाए

१५. नेकपा एमालेका नेता महेश बस्नेतले आक्रोश व्यक्त गरेका छन्

१६. न्युरोड, गौशाला लगायतका क्षेत्रमा महानगरले यस्तो चेतावनी दिएको छ

१७. सर्बोच्च अदालत लाई कडा जवाब दिए – ‘मबाट अभिव्यक्त भएको शब्द, भाषा र मनसाय समेतबाट सम्मानित अदालतको अवहेलना हुन सक्दैन र अपहेलना वा अविश्वास पैदा गर्ने मनसायले नै अभिव्यक्त भएको पनि होइन। सम्मानित अदालतप्रति मेरो आस्था विश्वास र अपेक्षा सदैव सम्मानित रहिरहेको कुरा दृढ विश्वाससाथ निवेदन गर्छु,’ ‘वास्तवमा रचनात्मक आलोचनाबाट मात्र लोकतान्त्रिक राज्य व्यवस्थाको न्यायालय अझ बढी स्वतन्त्र, सुदृढ र जवाफदेही बन्न सक्छ भन्ने आम विश्वास छ,’ ‘जनप्रतिनिधि संस्थाको जवाफदेहिताका आयाम कानूनीमात्र हुँदैनन्। मैले प्रतिनिधित्व गर्ने महानगरवासी र आम नागरिकसँग सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट विचार विमर्श गर्दा मेरो जवाफदेहिताको विभिन्न आयामको सन्तुलन मिलाउनुपर्ने हुन्छ,’ ‘बहुआयामिक सन्तुलनमा आधारित मेरो विचार अभिव्यक्तिको स्वतन्त्रतालाई संकुचित गरिन्छ भने त्यसबाट प्रकारान्तरले महानगरवासी तथा आम नागरिकको मौलिक अधिकार कुण्ठित हुन जान्छ।’

image 13
कोटेश्वर

image 14
बलेन भक्तपुरमा

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हालै सुरुवात गरेका अवैधानिकरूपमा बनाइएका, नक्सा भन्दा बाहिर मिचेर बनाइएका संरचना हटाउने क्रममा आफ्नै सक्रियता र उपस्थितिमा नागरिकको स्तरबाट जुन सराहनीय काम गरेका छन् त्यसको चौतर्फी प्रशंसा भए पनि उनलाई विरोध गर्न पछि पर्नेहरूको कमी भने छैन। किनभने दशकौँदेखि राजनीतिक शक्तिको आडमा राज्यको सम्पत्ति हडपेर सीमित व्यक्ति सम्पन्न हुने र लाभ लिने गरेको संस्कारलाई स्वतन्त्र बालेनले गरेका क्रियाकलापप्रति विरोध जनाउनु पनि सामान्य नै ठानेका होलान् राजनीतिक स्तरबाट। तर, नागरिक स्तरबाट र राज्यको सम्पत्ति र जनाधिकारको हिसाबले हेर्ने हो भने दशकौँदेखि राजनीतिक शक्तिको आडमा गरिँदै आएको अति शासनमा डोजर लगाउनैपर्ने भएको नागरिक समुदायको अनुभूति छ।  

विगतका भ्रष्टाचारका अभ्यास हेर्ने हो भने पनि कहालीलाग्दो अवस्था र अन्यायको पराकाष्टा नेपाल भूमि र नागरिकले बेहोर्दै आएका छन्। अब केही आशाको किरण बल्न लाग्दा अझै शक्ति परिचालन गरेर स्वतन्त्रहरूलाई हीनताबोध गराउने र काममा बाधा पु¥याउने प्रयास हुन थालेको महसुस गर्न सकिन्छ। तर, सबैभन्दा ठूलो शक्ति नागरिक शक्ति हो र अब अन्यायविरुद्ध लड्ने साहस नागरिक स्तरमा आएको पनि अनुभूति गर्न सकिन्छ। जबसम्म नागरिकको सहयोग रहन्छ र नागरिकहरू सडकमा उत्रन सक्छन् तब अन्याय गर्नेहरू पाखा लाग्नेछन्। राजनीतिक बेथिति र वितृष्णा अब सहन नसक्ने गरी देखा परेकाले आफ्नै न्यायका लागि नागरिकले स्वतन्त्रहरूलाई साथ दिन थालेका हुन्।  

https://www.youtube.com/watch?v=f1bw-WnWUlI

नेपालमा राजनीतिक शक्तिकै आडमा विगतदेखि देख्दै र सहँदै आउनुपरेको संसद्, कार्यपालिका र न्यायपालिकासमेतमा देखिएको भ्रष्टाचार र अनैतिकताले गर्दा न्याय कहाँ पाइन्छ प्रश्न गर्नुपर्ने अवस्था छ। ललिता निवास जग्गा प्रकरणदेखि लिएर कोभिड महामारीले जनता त्रसित भएका बेला स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्न सफल ओम्नी काण्डको उदाहरण। ऐतिहासिक नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा मन्त्री, कर्मचारी र व्यापारीको मिलेमतोमा अपारदर्शीरूपमा सम्झौता हुनु।  भारतले बनाइदिएको पशुपति धर्मशाला पनि कमिसन खेलमै निजी होटल सञ्चालनका लागि दिइनु। विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको जग्गा पनि गुपचूप निश्चित व्यापारीलाई सुम्पन सरकारले प्रक्रिया अघि बढाउनु। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, नेपाल एयरलाइन्सको वाइडबडी जहाज खरिद, आयल निगमको जग्गा प्रकरण, एन्फामा भएको घोटाला, हायात जग्गा प्रकरण, नेपाल ट्रस्टका जग्गा निजी कम्पनीलाई कौडीको भाउमा भाडामा लिजमा दिने विषयमा भएका अनियमिततामा राजनीतिक नेतृत्व नै मुछिएको भनेर सार्वजनिक आलोचना भएको थियो। तर यो विषयमा गम्भीर अनुसन्धानसमेत भएका छैनन्। सामान्य नागरिकले बुझ्नै र कल्पना नै गर्न नसक्ने गरी हुने यस्ता अनियमितता र तिनमा संलग्न राजनीतिक नेतृत्व अनि तिनका कार्यकर्ता सानो व्यक्तिगत स्वार्थ पूर्तिका लागि राज्यको संरचना नै बिगार्ने स्तरमा पुग्नु कत्तिको लाजमर्दो विषय होला त?

जसमा भ्रष्ट आचरण छ, अनुशासन र संस्कार पाएको छैन, लोभ र स्वार्थको गरिबी मनस्थितिबाट हट्न नसकेको गरिबबाट नै यस्ता भ्रष्ट आचरणका कार्य हुने भएकाले यस्तो विशाल शक्तिलाई इमान्दारिताको सानो शक्तिले पनि पाखा लगाउन सक्छ भन्ने उदाहरण नै अहिलेको डोजर अभियानको संदेश हो। र, यो डोजर सबैले आफ्नो भ्रष्ट मनस्थितिमा लगाएर सरल, प्रेमल, निस्वार्थी नागरिक हुने प्रयास गर्ने हो भने नेपाल आमा पक्कै खुसी हुनेछिन्। अनियमितताका कार्यमा सहयोग गर्न खटिएका प्रहरी सुरक्षा र प्रशासनका व्यक्तिसमेत उत्साहका साथ अघि बढेकामा सरकारका तर्फबाट अर्थात् राजनीतिक शक्तिले अघि बढ्न नदिएको अपुष्ट समाचारले फेरि झस्काउँछ– के राजनीतिक शक्ति र सरकार नेपाल आमालाई नै सखाप पार्ने तत्व हुन्? सत्यता, इमान्दारिता, अनुशासनविना सुशासन कायम हुन्छ? आफ्ना सन्ततिलाई कस्तो राज्य सुम्पन चाहन्छन् राजनीतिक नेतृत्व? के श्रीलंका नै बनाउने हो नेपाल पनि? धेरै वितृष्णाका प्रश्नहरूले नागरिकको मथिंगल हल्लिएको छ र अब नागरिक जाग्न थालेको अनुभूति गर्न सकिन्छ। हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप कहिलेसम्म सहने नागरिक समुदायले? विधिको शासन कसलाई लागु हुन्छ? अजम्मरी को छ यहाँ? आखिर पुग्ने कहाँ हो र? त्यही आर्यघाट नै त होला! अनि जाने खाली हात नै त होला। किन अधर्म लिएर जाने इच्छा हुन्छ? किन खुल्दैन चेत? किन बेहोशी हुन्छ राजनीतिक शक्ति? किन इमान्दारिता रहंँदैन? कस्तो संस्कारको विकास हुँदै गइरहेको छ? प्रश्नै प्रश्न र वितृष्णाको परिणाम के होला?

https://www.youtube.com/watch?v=9JLsS6oJudI

भौतिक पूर्वाधारका काममा, ठेक्का पट्टा, टेन्डरमा राजनीतिक शक्तिका मान्छे, सरकारी नियुक्ति र बढुवामा राजनीतिक शक्तिको आड, यता भ्रष्टाचार गरेर उता पोस्नुपर्ने यो कस्तो संस्कार र प्रणाली विकास भएको छ? प्रहरी, प्रशासन सबैतिर राजनीतिक हस्तक्षेप, कसैले निस्वार्थ र विधिविधानपूर्वक, कानुनसम्मत स्वस्फूर्त काम गर्ने वातावरण नहुनु के विकास हो यो? व्यापार, व्यवसाय, कर छली सबैमा अनियमितता र अराजकता कसको कारण बढेको छ? न्याय क्षेत्रदेखि लिएर स्वास्थ्य क्षेत्र कतै आशा, भरोसा र विश्वास गर्ने स्थिति छैन। कसले किन यो स्थितिमा पु¥याएको छ? कारण र यसमा संलग्न व्यक्ति र समूह धेरै छन् तर समग्रतामा एकै कारण हो– अध्यात्मको अभाव, प्रेमको अभाव।  

image 15
image 15

यी सबै अनियमितता र विध्वंशात्मक कार्य समाप्त गर्न एक मात्र क्रान्ति आवश्यक छ। त्यो हो– आध्यात्मिक क्रान्ति। आध्यात्मिक चेतनाविना अनुशासन सम्भव छैन। अनुशासनविना प्रेम सम्भव छैन। प्रेमविना अराजकता र अहंकार नाश हुँदैन। सबैको आकर्षण स्वार्थ, अनियमितता र भ्रष्टाचारमा छ त इमान्दारिता र सत्यता कसरी भेटिन्छ? जीवनको उद्देश्य भौतिक सम्पदा आफ्नो लागि मात्र संग्रह गर्नु होइन। यो धर्तीलाई आफ्नो तर्फबाट केही योगदान दिनु पनि हो किनकि जबसम्म व्यक्तिले आफूभित्रका समस्याहरूबाट मुक्ति पाउँदैन तबसम्म आर्थिक सम्पन्नताले भित्रको समृद्धि प्राप्त हुँदैन। आर्थिक सम्पन्नता एउटा पाटो हो जीवन सुखी राख्ने भने अर्को पाटो, आफ्नो संस्कार, प्रेम ,आत्मीयता र भित्रको खोज हो। मानिसको सृष्टि त प्रेमको अभिव्यक्ति हो। भित्रको वैभव, ऐश्वर्य, उदारता, संवेदना, अहिंसा, मस्तमा जिउनु मानव स्वभाव हुन्। यो पो असली पुरुषार्थ हो त। यो पो प्रकृतिको आयोजना हो त मनुष्यमाथि। यो पो मानिस हुनुको गुण हो त। यो गुण भुल्यो भने जति नै चतुर र आर्थिक समृद्धि भए पनि मानिसभित्रबाट खोक्रो, खाली हुन्छ र उसले स्वयं हुनुको अर्थ नबुझी जीवनको अन्तिम समयमा पश्चातापमै जीवन समाप्त गर्न बाध्य हुन्छ। जीवनभर आफूले पाएको सम्पदा, पद र शक्ति त बहुजन हिताय, बहुजन सुखायमा लगाउन सके पो सार्थक हुन्छ जीवन। अरूलाई नै ठगेर, चुसेर, लुटेर के लैजानु छ र के छोड्नु छ जीवनबाट।  

मृत्युपछि के सुन्न मन लाग्छ आफ्नोबारेमा? त्यो भावना र शब्द आज आफ्नो कर्मबाट नदेखाइ सुखै छैन। कर्मको विज्ञानअनुसार पनि कुनै पनि कार्य गर्दा आफ्नो भावअनुसारको प्रतिफल हामी प्राप्त गर्छौँ। यदि कार्य आन्तरिक कमी या अभावको जगबाट सिर्जित भएको छ भने कर्मको प्रतिफल सफलतामुखी या सकारात्मक नभएर ठीक विपरीत हुन्छ। हामी आफ्नो कार्य गर्दाको भावअनुरूप समस्त बह्माण्डबाट ऊर्जा प्राप्त गर्दछौँ, जुनले कर्मलाई सदाका लागि प्रभाव पार्दछ। शान्ति, सम्पन्नता, खुशियाली र आनन्दको सोचबाट कर्म गर्दा त्यो कर्मका वरिपरि एउटा सकारात्मक वातावरण निर्माण हुन्छ र कर्मको उद्देश्य पूरा हुन जान्छ। हामी साधारणतया आफ्नो केही कमी पूरा गर्न कर्म गर्छौँ। यस्तो अवस्थामा हामीभित्र रहेको अभावको वातावरणले कर्मलाई ग्रसित पार्छ र परिणाम सुखद हुन पाउँदैन। यो जीवनको लक्ष्य र परमार्थको बाटो आफैँ निर्माण गर्ने हो। ध्यान र प्रज्ञाको बोध नहुनु नै अराजकताको मार्गमा अगसर हुनुको परिणाम हो । 

Culture and Society

Post navigation

Previous Post: Balen को अर्को सफलता, २५ बर्षपछि टेकुको स्टेसनबाट सबै फोहोर कसरी उठ्यो
Next Post: नेपाली कविता प्रस्तुति सम्बन्धि टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा

Related Posts

  • image 12
    स्वर्ग हो नेपाल Culture and Society
  • कुमारसम्भवम् "The Birth of Kumāra"
    नेपाल – पृथ्वीकै पुरानो सभ्यता – हेरौ कसरि ? Culture and Society
  • Religion: श्रीमद्भागवत गीता सार अध्याय ५, ६, ७,८ र ९ Bhagwat Geeta Adhyaya 5, 6, 7, 8 & 9 by Chaitanya Krishna
    Religion: श्रीमद्भागवत गीता सार अध्याय ५, ६, ७,८ र ९ Bhagwat Geeta Adhyaya 5, 6, 7, 8 & 9 by Chaitanya Krishna Breaking News
  • image 1
    सनातन धर्म/नेपालीको धर्म , हिन्दु धर्म अनि अरु धर्महरुको भिन्नता  Culture and Society
  • Religion: Ep 535 Jogi Vishwanayh Baba कैलाश मानसरोवर, कुन्डलिनी शक्ति र बुद्धत्व प्राप्ति बारे अनुपम सत्संग
    Religion: Ep 535 Jogi Vishwanayh Baba कैलाश मानसरोवर, कुन्डलिनी शक्ति र बुद्धत्व प्राप्ति बारे अनुपम सत्संग Breaking News
  • Religion: श्रीमद्भागवत गीता सार अध्याय २,३ र ४  Shree Bhagwat Geeta Adhyaya 2, 3 & 4 by Chaitanya Krishna Jee
    Religion: श्रीमद्भागवत गीता सार अध्याय २,३ र ४ Shree Bhagwat Geeta Adhyaya 2, 3 & 4 by Chaitanya Krishna Jee Breaking News

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • गच्छदारको पराजयसँगै देउवालाई पार्टी भित्र ठूलै झड्का Breaking News
  • ठाकुरसहित निर्वाचित जनप्रतिनिधिहरू एमालेमा प्रवेश, ओलिले गरे भब्य स्वागत Breaking News
  • बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाऔँ : राष्ट्रपति भण्डारी Breaking News
  • Akashai Ma Heryo Jhilimili Tara (Collected Maruni Khyali + Shamala Folk Dance” | Man Bahadur Lohar Breaking News
  • काठमाडौँको जैविक फोहोरलाई मल बनाएर मलको हाहाकार कम गराउन सकिन्छ : प्रमुख शाह Breaking News
  • स्टार आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको समुद्घाटन Breaking News
  • maxresdefault 70
    Arun Sunar SaReGaMaPa Li’l Champs Nepal Breaking News
  • maxresdefault 14
    Sat Shri Akal, Nepal we are coming !! 😍 full tayari Breaking News
  • Huna Samma Bhayo – Phatteman | Kali Prasad Rijal #shorts Breaking News
  • निर्वाचनको आन्तरिक मार्गचित्र तयार Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 436 | 12 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 436 | 12 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • मन्त्रिमण्डल हेरफेर : नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने Breaking News
  • प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुने समय तोकियो Breaking News
  • केयु योग साधना केन्द्रको १३ औँ बार्षिकोत्सव सम्पन्न Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 402 | 18 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 402 | 18 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme