कलाकार मोतिराज विजेता बन्न सफल

२० भदौं, काठमाडौ । दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१ को फाईनल कार्यक्रम चलचित्र बिकास बोर्ड चाबहिल काठमाण्डौमा सम्पन्न भएको छ । स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ आयोजित अवार्ड कार्यक्रमको अध्यक्षता विशाल मुभिजका अध्यक्ष हुम गैरेले गरेका थिए ।

नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालको प्रमुख आतिथ्यता,पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल,बरिष्ठ लोक गायक दुर्गा रायमाझी,ईन्द्र जि सी, राजेन्द्र कुमार कार्की,नाचघरका पुर्व जिएम लक्ष्मण रायमाझी लगायतको बिशिष्ट आतिथ्यतामा सम्पन्न फाईनल कार्यक्रममा तिज गीत संग सम्बन्धीत २२ बिधाका करिब ३२ जना कलाकारहरुलाई अवार्ड बितरण गरिएको थियो । कार्यक्रममा अवार्ड बितरण,सम्मानको कार्यक्रम संगै बिबिध साँस्कृतीक कार्यक्रम पनि रहेको कार्यक्रम सयोजक कमला बि।शी।ले जानकारी गराईन ।

लोक गायक तथा सर्जक मोतिराज खनालले दोस्रो राष्ट्रिय विशाल तीज म्युजिक अवार्ड कार्यक्रममा गायकतर्फबाट सर्वोउत्कृष्ट एकल तीज गीत म्युजिक अवार्ड २०८१ कोे विजेता बन्न सफल भएका छन् ।

गायक खनाल विगत दुई दशक देखि निरन्तर गीत संगीतको क्षेत्रमा क्रियाशील रहदै आइरहेका छन् । उनको दर्जनौं गीतहरु सार्वजिक भएका छन् । साथै यसै गीतबाट मोडल भुवन के पोखरेल पनि मोडलतर्फ उत्कृष्ट भएका छन् । कार्यक्रमको सञ्चालन राशि रिजालले गरेकी थिइन् ।

The post कलाकार मोतिराज विजेता बन्न सफल first appeared on Khabar Breaking.

  • Related Posts

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा…

    Read more

    Leave a Reply

    You Missed

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 8 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 8 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 2 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    तीज पर्वको अवसरमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना

    • By
    • September 5, 2024
    • 20 views