कक्षा ५, ८ र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गरिँदै
४ पुष,काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८ र १० को सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जन कार्य सुरु भइसकेको जानकारी दिएका छन् । सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहद्वारा आयोजित ‘बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादम्यता’ विषयक अन्तर्क्रियामा बोल्दै उनले परिमार्जित पाठ्यपुस्तक २०८४ सालदेखि कार्यान्वयनमा ल्याइने बताए ।
उनले पाठ्यपुस्तक लेखनमा सरोकारवालासँग छलफल, लेखक अभिमुखीकरण तथा विविधताबीच एकताको खोजी गरिने उल्लेख गरे । कार्यक्रममा शिक्षा पत्रकार समूहले हाल प्रयोगमा रहेका पाठ्यपुस्तकहरूको बालमैत्री, लैंगिक समावेशिता, अपाङ्गता र भाषिक प्रयोगसम्बन्धी अध्ययन प्रस्तुत गरेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले पाठ्यक्रम र पाठ्यपुस्तकबीचको अन्तर, कार्यान्वयनका चुनौती र समावेशी पाठ्यसामग्रीको आवश्यकतामाथि जोड दिएका थिए ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.