एसइईको परिक्षा फल सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी पास

१३ असार, काठमाडौँ ।आज एसइईको परिक्षा फल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डले विहिबार एसइईको परिक्षा फल सार्बजनिक गरेको हो ।

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले सार्वजनिक गरेको परिक्षा फल अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।

गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

The post एसइईको परिक्षा फल सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी पास first appeared on Khabar Breaking.

  • Related Posts

    सुनको मूल्य बढ्यो

    २३ कार्तिक, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य हिजो एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी…

    Read more

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    २२ कार्तिक , काठमाडौं । यही ५ नोभेम्बरमा सम्पन्न भएको सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन्। पूर्व राष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन…

    Read more

    Leave a Reply

    You Missed

    सुनको मूल्य बढ्यो

    • By
    • November 8, 2024
    • 1 views

    Profile and Interviews: End Mein Anaya Ke Sath Kya Hua 😳

    Profile and Interviews: Bakın baba nasıl ceza aldı

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    • By
    • November 7, 2024
    • 14 views

    नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन

    • By
    • November 7, 2024
    • 14 views

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    • By
    • November 6, 2024
    • 16 views