एमालेले छान्यो राष्ट्रियसभाका ६ उम्मेदवार

0
27

२३ पुष, काठमाडौं । नेकपा  एमालेले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवार छानेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल सिफारिसमा ६ उम्मेदवारको टुङ्गो लागेको हो ।

ओलीले रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभाको उम्मेदवार बनाएका हुन् ।

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस र एमालेले ७–७ सिट, नेकपाले ३ सिट र जसपा नेपालले १ सिट लिने गरी दलहरुबीच सहमति बनेको छ । तर एमालेले ६ उम्मेदवार छाने पनि एक उम्मेदवार छान्न बाँकी छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबामर देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । मनोनयन पत्र दर्ता बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते हुँदैछ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here