एभरेष्ट अस्पतालमा आईसीयु , हेमोडायलासिस लगायतका सेवा विस्तार

२१ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित  एभरेष्ट हस्पिटल प्रालिले आगामी शनिबार अर्थात असार २२ गतेदेखि देखि थप पाँच विभागसहित सेवा विस्तार गर्ने भएको छ । साथै , अस्पतालले सोही दिन निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत गर्ने जनाएको छ ।

अस्पतालका निर्देशक तथा प्रशासन प्रमुख दीपकचन्द्र बरालले असार २२ गते शनिबारको दिनदेखि ब्लड बैंक सेवा, मिर्गौलाका बिरामीका लागि हेमोडायलासिस सेवा, दन्त विभाग, नेत्र विभाग र आईसीयू विभाग पनि सञ्चालनमा ल्याउने जानकारी दिए ।

निर्देशक बरालले  समय सापेक्ष सेवाहरु थप गरेको र सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

निःशुल्क स्वास्थ्य शिविरका संयोजक सुरज भुसालले शनिवारको दिन निःशुल्क रुपमा सुगर, युरिया, क्रियाटिनिन, मिर्गौला, दाँत र आँखा परीक्षण हुने जानकारी दिए । सोही दिन ५०० युनिट रगत संकलन गर्ने योजना पनि रहेको उनले बताए ।

शिविरमा २०० जनालाई निःशुल्क चस्मा र १५० जनालाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिने छ । १५० जनाको १०० रुपैयाँमा अल्ट्रासाउण्ड गर्ने कार्यक्रम समेत । शिविर शनिबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने छ ।

यस्तै सोही दिनदेखि सञ्चालनमा आउन लागेको हेमोडायलासिस सेवा अन्तर्गत पहिले नाम दर्ता गराउने १० जनालाई त्यस दिन निःशुल्क सेवा दिइने एभरेष्ट हस्पिटलले जनाएको छ ।

The post एभरेष्ट अस्पतालमा आईसीयु , हेमोडायलासिस लगायतका सेवा विस्तार first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न