Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम उद्देश्य र कार्यविधि विपरीत सञ्चालन Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सडकमा छाडा छोडिएको जनावरहरुको व्यवस्थापन कसले गर्ने ? | Sadagamaya | सदगमय | Episode – 12
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सडकमा छाडा छोडिएको जनावरहरुको व्यवस्थापन कसले गर्ने ? | Sadagamaya | सदगमय | Episode – 12 Breaking News
  • चपली सवस्टेसनको ट्रान्सफर्मरमा समस्या, बूढानिलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द Breaking News
  • Understanding the Shortages Driving New York Nurses to Strike Breaking News
  • सवारी दुर्घटनामा परी बासु आचार्यको निधन, शोकमा डुब्यो परिवार Breaking News
  • यस्तो छ यतिको जहाज दुर्घटना भएको ‘सेतीको खोंच’ Breaking News
  • राष्ट्रिय गौरवका आयोजना निर्माण Breaking News
  • एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने Breaking News

एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको उपाधि दोर्जे होजाङस्टाङलाई

Posted on April 6, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको उपाधि दोर्जे होजाङस्टाङलाई

२४ चैत । काठमाडौंमा सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’को आठौँ संस्करणको उपाधि दोर्जे होजाङस्टाङले जितेका छन् । काठमाडौंको गोकर्ण गल्फ कोर्समा यही २३ चैत २३ गते शनिबार सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टी–अफ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको समापन नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले गरेका थिए ।

१८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता दोर्जेले ४४ अंक जोडेका थिए । उनले फ्रन्ट नाइटमा २५ अंक जोडेका थिए भने ब्याक नाइनमा १९ अंक जोडेको थिए ।

यस्तै, बेस्ट ग्रसको उपाधि ३९ अंकसहित निश्चयजंग रायमाझीले जिते । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन् । नोर्बुले सात बर्डी प्रहार गरेका थिए ।

पुरुषतर्फ राजेन्द्र श्रेष्ठले दोस्रो स्थान हासिल गरे । राजेन्द्रले ४३ अंक जोडेका थिए ।  प्रतियोगितामा भाइराजा पाण्डेले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते । उनले ३५ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरे ।

महिलातर्फको उपाधि आरती राज्यलक्ष्मी रानाले जितिन् । उनले २३ अंक जोडेकी थिइन् । यस्तै, उपविजेता बनेकी आर्सिया बानुले २२ अंक जोडिन् ।

क्लोजेस्ट टू द पिनको उपाधि पनि होजाङस्टाङले जिते । दोर्जेले ‘होल इन वन’ को पुरस्कारमा ‘बीवाईडी’को ‘अट्टो थ्री’ गाडी जित्न करिब दुई फिटले चुकेका थिए । लंगेस्ट ड्राइभको उपाधि अस्माङ कार्कीले जिते । उनले करिब २५८ यार्ड लामो ड्राइभ प्रहार गरेका थिए । प्रतियोगितामा महिला र पुरुषगरी कुल ९६ गल्फरले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्दै बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले आफूहरूले गल्फ क्षेत्रसँग सम्बन्धित विविध पक्षलाई समेटेर पर्यटनमा सहयोग पुर्‍याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए । “हामीले खेलकुद क्षेत्र, कर्पोरेट क्षेत्र र आर्थिक क्षेत्रलाई कसरी जोड्ने भनेर बाह्रखरी गल्फ र सिम्फोजियम भनेर विगत आठ वर्षदेखि आयोजना गर्दै आएका छौँ । विगतमा हामीले सगरमाथा क्षेत्रमा चार हजार ४५० मिटरमा गएर पर्यटनलाई टेवा पुर्‍याउने, नेपालको प्रचार प्रसार गर्नेदेखि लिएर पोखराको पर्यटन एकदम न्यून भएको अवस्थामा समेत पोखराको पर्यटनलाई अघि बढाउन आर्थिक परिसंवादमार्फत गल्फसँग सम्बन्धित क्षेत्रका कर्पोरेटलगाायत राजनितिक क्षेत्रलाई समेटेर आयोजना गर्दै आएका छौँ ।” प्रतीकले भने

उनले सिम्फोजियम र गल्फ प्रतियोगिताले मानिसहरूमा पर्यटन, अर्थ र गल्फको समेतको चेतना बढाउन सकेको बताए ।

समापन कार्यक्रममा गोकर्णेश्वर गल्फ क्लबका अध्यक्ष सुह्रदय घिमिरेले गल्फ अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राजनीतिक, आर्थिक र पर्यटन क्षेत्रलाई समेट्न सकेको भन्दै प्रतियोगिताको प्रशंसा गरे ।

समापन कार्यक्रममा नै प्रतियोगिताको प्रायोजक नेपाल डिस्टिलिरी प्रालीका चिफ एक्जुक्युटिभ अफिसर रमेश कृृष्णले बाह्रखरी गल्फ निकै प्रतिष्ठित प्रतियोगिता भएको जनाउँदै कार्यक्रममा आफू पनि साझेदार बन्न पाएकोमा खुसी व्यक्त गरे ।

प्रतियोगिताको प्रायोजक नेपाल डिस्टिलिरी प्रालिका चिफ एक्जुक्युटिभ अफिसर राजेशकुमार अग्रवालले बाह्रखरी गल्फ निकै प्रतिष्ठित प्रतियोगिता भएको जनाउँदै कार्यक्रममा आफूहरू पनि साझेदार बन्न पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा साझेदारमध्येका एक नेपालका लागि बीवाईडी अटो साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बाह्रखरीसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने कुरामा प्रतिबद्धता व्यक्त गरे । उनले बाह्रखरीको यस कार्यक्रमले खेलसँग मुलुकको आर्थिक स्थितिलाई चलायमान बनाउने प्रयास गरेको जनाए ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले प्रतियोगितामा विजेता खेलाडीलाई बधाई दिए ।

प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरको समेत सहभागिता थियो । नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी थिए ।
यसैगरी, प्रतियोगितामा काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले सहभागिता जनाएका थिए ।

यस वर्ष कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमको प्रमुख प्रायोजक विगतका वर्षहरूमा जस्तै एनसेल छ । यो वर्ष एनसेलको ‘एनसेल फर बिजनेस’ले प्रमुख प्रायोजकको भूमिका गर्नेछ ।

एनसेल फर बिजनेसले नेपालको बिजनेस कम्युनिटीलाई उच्चस्तरको विश्वस्तरीय सेवाहरू र कनेक्टिभिटीलगायत डिजिटलाइजेसनका लागि विभिन्न सुविधाहरू प्रदान गर्दै आएको छ ।

त्यसैगरी, विद्युतीय गाडी बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंक र खुकुरी रम उत्पादक कम्पनी द नेपाल डिस्टिलरिज प्रालि कार्यक्रममा ‘इन एसोसिएसन विथ’ अर्थात् प्रमुख सहकार्य कम्पनी छन् ।

साइमेक्स इंक बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा अघिल्लो वर्ष पनि प्रमुख साझेदार कम्पनी थियो ।

त्यसैगरी, जोनी वाकर (आधिकारिक बिक्रेता ग्लोबल ट्रेडिङ कन्सर्न), नबिल बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, भाटभटेनी सुपर स्टोर्स, हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड, शिखर इन्स्योरेन्स, माटो नेपाल र अजया डाइमन्डले यसपल्टको कार्यक्रम सफल बनाउन सहकार्य गरेका छन् ।

ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, प्रभु बैंक, भाटभटेनी सुपर स्टोर्स, नेपाल पर्यटन बोर्ड, शिखर इन्स्योरेन्स र अजया डाइमन्डले विगतका वर्षमा पनि सहकार्य गर्दै आएका छन् ।

यस वर्षदेखि खुकुरी रम, जोनी वाकर, नबिल बैंक, माटो नेपालसँग सहकार्य बढाइएको हो ।

यसअघि प्रतियोगिताको गत संस्करण पोखरास्थित हिमालयन गल्फ कोर्समा भएको थियो । यस्तै, त्यसअघिको संस्करण काठमाडौंको गोकर्ण गल्फ कोर्समा सम्पन्न भएको थियो ।

०७८ कोसी प्रदेशको आर्थिक उत्थानमा केन्द्रित भई विराटनगरमा आर्थिक सम्मेलन, इटहरीमा युवा उद्यमी सम्मेलन तथा धरानमा गल्फ प्रतियोगिताको आयोजना गरिएको थियो ।

०७७ सालमा कोरोनाले आहत पारेको पोखराको पर्यटनको विकासका लागि गल्फ तथा पर्यटन थिम अन्तर्गत पोखरामा कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसअघिको वर्ष नेपालको नाम विश्वको पर्यटन नक्सामा प्रचार र प्रसार गर्ने उद्देश्यसहित सर्वोच्च शिखर सगरमाथासँगै रहेको कोङ्दे हिमालको ‘कोङ्दे री’मा ४,२५० मिटरको उचाइँमा गल्फ आयोजना गरिएको थियो । विश्व रेकर्ड राख्ने उद्देश्यसहित गरिएको यस गल्फ प्रतियोगितालाई विश्वभरका मिडियाले ठूलो महत्त्वका साथ समाचार बनाएका थिए । त्यसअघि पहिलो र दोस्रो संस्करण पनि गोकर्ण गल्फ क्लबमै आयोजना भएको थियो ।

सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा गोकर्ण फरेस्ट रिसोर्टमा नै आर्थिक परिसंवादको पनि आयोजना गरिएको थियो ।
( – बाह्रखरी मिडियाको सहयोगमा )

Breaking News

Post navigation

Previous Post: नेपाल हिमालय सीमापार वाणिज्य संघको रजत जयन्ती मनाइयो
Next Post: रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक विश्वभर आज मनाइँदै

Related Posts

  • एमसीसीविरूद्ध साना वामपन्थी दलहरूले गरे आन्दोलनको घोषणा Breaking News
  • #pahadkochuk #ramkrishnadhakal #nepalisong Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 847 | 20 Feb, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 847 | 20 Feb, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • शिक्षामन्त्री पौडेलको सनसनीपूर्ण खुलासा Breaking News
  • maxresdefault 5
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -223 | 04 Feb, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • रिभर फल्स पावरले सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
    KhabarBreaking.com: रिभर फल्स पावरले सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Samikshya Adhikari’s New Teej Song 2080 “नारीलाई महत्व तीजैको” | Ramji Dailekhi | Bikram | Preakxya Breaking News
  • जनता बैकल्पिक राजनीतिक शक्तिको खोजिमा Breaking News
  • Manny Kangmang Rai’s MA SAKCHU ft. Puja Yakha | New Nepali Song #shorts Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 04 | 30 Oct, 2023 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 04 | 30 Oct, 2023 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • ६३ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको उपाधि Breaking News
  • hqdefault YZke7E
    Meri Bassai | मेरी बास्सै | Ep – 787 | Dec 27, 2022 | Nepali Comedy | Samarika Dhakal | Media Hub Breaking News
  • अर्थतन्त्र सङ्कटग्रस्त हुँदै गएको राष्ट्र बैंकको संकेत Breaking News
  • image 33
    अमेरिकाको सिकागोमा टिकटकमा डिवोर्सको बारेमा पोस्ट गरेकोमा पत्नीको हत्या गरि आफ्नो आत्महत्या Breaking News
  • एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रपतिसमक्ष निवेदन Breaking News
  • NUS
    विश्वकै पहिलो स्मार्ट पट्टीको विकास – घाउको जानकारी मोबाइलमा Business
  • USA Biggest Visa Slots News | America Visa Interview for Indians/Nepali/Bangladeshi Breaking News
  • #timrochheuchheuma #musicnepal #nepalisong #newsong Breaking News
  • Celebration of National Day of Nepal, September 26, 2023 Breaking News
  • #Yoteemanajanemaiti #teejsong #nepalisong Breaking News
  • US military plane crashes in Norway during NATO exercise 4 killed 1024x606 1
    Americakhabar: नर्वेमा सैनिक विमान दुर्घटना हुँदा नर्वेमा चार अमेरिकी मरीनको मृत्यु Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme