
एनएमबी बैंकको सीइओमा गोविन्द घिमिरे नियुक्त
२४ फागुन, काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा गोविन्द घिमिरे नियुक्त हुनुभएको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले घिमिरेलाई ४ वर्षको लागि सीइओमा नियुक्त गरेको हो ।
घिमिरे सोहि बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत हुनुहुन्थ्यो । बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएको हो । घिमिरे सन् २००९ देखि एनएमबि बैंकमा कार्यरत हुनुहुन्थ्यो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गर्नु भएको छ ।