Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • सर्वाेच्च अदालतले कम्युनिष्टलाई शत्रुतापूर्ण अवस्थामा पुर्‍यायो : वामदेव गौतम Breaking News
  • काठमाडौं महानगरका स्वास्थ्य कार्यक्रम Breaking News
  • राप्तीमा पानीको सतह बढ्यो , सतर्कता अपनाउन प्रशासनको आग्रह Breaking News
  • #sayadtimrobatoma #shorts #nepalisong Breaking News
  • #oisuntali #teejsong #nepalisong #Jamunasanam Breaking News
  • बागमती नदीमा नुहाउने क्रममा दुई भारतीय नागरिक बेपत्ता Breaking News
  • Chham Chham – Mingma Sherpa | Nepali Superhit Song #shorts Breaking News
  • Ambassador Khatri paid courtesy visit to Congressman Don Beyer (Representative, D-VA, 8th District) Breaking News

एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

Posted on April 22, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

 ९ बैशाख, काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले तोकिएकै मिति (३-५ मे, २०२५) मा एकता महाधिवेशन गर्ने भएको छ ।

उच्चस्तरीय समितिका अध्यक्ष शेष घले तथा सदस्यहरूले सोमबार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै  सो कुरा बताएका हुन ।  एकता महाधिवेशनका लागि अहिलेसम्म तयारी अन्तिम चरणमा पुगेको र कुनै पनि हालतमा एकता महाधिवेशनको मिति पर नसर्ने उनीहरुले
स्पष्ट पारे ।

अध्यक्ष घलेले अहिलेको अवस्थामा आफू र उच्चस्तरीय समिति सर्वोच्च अदालतको परमादेश अनुसार नै अधिवेशन गराउनका लागि जुटी रहेको बताए । उनले आफूले चुनौतीका कुरा छोडेर यसलाई अवसरको रूपमा लिएर संस्थालाई एक गराउने र अहिले देखिएका समस्या समाधानका लागि लागि परेको बताए । बद्री केसी पक्षले अहिलेसम्म उच्चस्तरीय समितिको काममा कुनै सहयोग नगरे पनि आफ्नो नेतृत्वको समितिले पारदर्शी तरिकाले काम गरिरहेको र समितिको हरेक गतिविधि सबै सदस्यहरूलाई इमेलमार्फत जानकारी गराइरहेको पनि उनले बताए ।

राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को अधिवेशन नगराई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को महाधिवेशन किन गर्न लागेको भन्ने प्रश्नको जवाफ दिँदै डा घलेले सर्वोच्च अदालतले एनसीसीको विषयमा कुनै पनि कुरा नबोलेको बताउँदै समस्या आइसिसीमा भएकाले त्यस अनुसार नै काम अघि बढी रहेको बताए । “एनसीसी स्वायत्त संस्था हुन्, तर यहाँ भ्रम छरिएको छ। हामीले एनसीसीहरुसँग समन्वय गरिरहेका छौँ र उहाँहरूले सदस्यता वितरण लगायतका काममा हामीलाई सघाई रहनु भएको छ,” डा घलेले भने।

उनले कतिपय डेलिगेट्सहरु काठमाडौँ आउने क्रम सुरु भई सकेको, सैयौं डेलिगेट्सहरुले आफ्नो फ्लाइट र होटेल बुकिङ गरिसकेको बताउँदै अब कुनै पनि हालतमा महाधिवेशन पर नसर्ने स्पष्ट पारे। अहिले अन्तिम समयमा आएर अधिवेशन स्थगित गर्नु भनेको अपराध गर्नु सरह हुने पनि उनले बताए ।

 

पत्रकार सम्मेलनमा उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले अप्रिल ७, २०२५ सम्म ६३ हजार बढीले सदस्यता लिएको र अहिले डेलिगेट्सका लागि आवेदन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइन् । उनले २० अप्रिलसम्मको डेटा अनुसार अहिलेसम्म २,७२० जनाले डेलिगेट्सका लागि आवेदन दिएको बताइन् । उनले कागजातहरू जाँच गरिसके पछि डेलिगेट्सको अन्तिम नामावली प्रकाशन गरिने पनि जानकारी दिइन्। सचिवालयको जिम्मेवारी पनि सम्हालिरहेकी गुरुङले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक पत्र लेख्दा पनि बद्री केसी समूहले उच्चस्तरीय समितिलाई सचिवालय, एमआइएस प्रणाली लगायतमा पहुँच नदिएको बताइन्। थुप्रै अप्ठेराकाबीचमा पनि कामहरू भइरहेको उनले बताइन् ।

यसैगरी, उच्चस्तरीय समितिका सदस्य एवं आर्थिक उपसमितिका संयोजक कुल आचार्यले अधिवेशन भव्य र सभ्य बनाउनका लागि आर्थिक अभाव नहुने बताए । उनले अहिलेसम्म झन्डै रु ५० लाखको सहयोग जुटी सकेको भन्दै सहयोग आउने क्रम जारी रहेको पनि बताए । उनले कर्पोरेट हाउसहरूसँगको सहकार्यमा प्रायोजकहरू आउने पनि प्रस्ट पारे ।

एनसीसी समन्वय उपसमितिका संयोजक एवं उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले एनसीसीहरुसँग समन्वय गर्ने काम भई रहेको बताए । उनले अधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको उल्लेख गरे ।

त्यस्तै, उच्चस्तरीय समितिकी सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिकी संयोजक रबिना थापाले अहिले लचिलो भएर अधिवेशन सम्पन्न गराउने अभियानमा उच्चस्तरीय समिति लागी रहेको बताइन् । प्रचारप्रसार लगायतका कामहरू भइरहेको बताउँदै आउँदा दिनमा यसले झनै व्यापकता पाउने उनले बताइन् । अहिलेको विधानले सबै पञ्जीकृत सदस्य डेलिगेट्स बन्न पाउने र डेलिगेट्स बनेकाहरू आइसिसीको जुनसुकै पदमा पनि उम्मेदवार हुन पाउने भएकाले संस्थाको लोकतान्त्रिक करणमा एकता महाधिवेशन कोशे ढुङ्गा साबित हुने उनले बताइन् ।

उच्चस्तरीय समितिले यही अप्रिल २२ (नेपालको समय राती ११:५९ बजे अगावै) समितिको वेबसाइट www.nrnahlc.com मा गएर डेलिगेट बन्न निवेदन दिन पनि सबै पञ्जीकृत सदस्यहरूलाई आह्वान गरेको छ।

Breaking News

Post navigation

Previous Post: ख्रीष्टियन समुदायले यस वर्ष पुनरुत्थान दिवस भक्तपुरमा धुमधामका साथ मनाए
Next Post: राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने

Related Posts

  • दलीय सङ्गठनबाट विश्वविद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण : एमाले महासचिव Breaking News
  • माधब नेपालले फेरि पार्टी एकता गरे, राष्ट्रिय राजनीतिमा तरंग पैदा Breaking News
  • स्थानीय तह निर्वाचनः कसले कति खर्च गर्न पाउँछ ? Breaking News
  • अटो र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते Breaking News
  • सांसद साहमाथि भएको आक्रमणबारे छानबिन हुन्छः गृहमन्त्री खाँण Breaking News
  • भारी वर्षाका कारण झापामा डुवान, ४ घर विस्तापित Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Pahilo Pahilo | Kripa Poudel Breaking News
  • Profile and Interviews: End Mein Anaya Ke Sath Kya Hua 😳 profile-and-interviews
  • #oralilageko #musicnepal #shorts Breaking News
  • जसपा जुट्यो मन्त्री हेरफेरको तयारीमा Breaking News
  • Screenshot 20250220 144158 Facebook 300x170 lMMckV AMERICA KHABAR February 20, 2025
    दिल्लीको मुख्यमन्त्रीमा भाजपा विधायक रेखा गुप्ताले लिइन् सपथ Breaking News
  • #pardeshi2 #prakashsaput #prashanttamang #newsong Breaking News
  • छोटो समयमै उपलब्धिमूलक काम गरेँ : निवर्तमान मन्त्री श्रेष्ठ Breaking News
  • महाकालीमा एकतर्फीरूपमा तटबन्ध बनाउँदै भारत Breaking News
  • आदर्श लघुवित्तको आईपीओ बाँडफाँट आज Breaking News
  • जसपाले सबै मन्त्री फिर्ता बोलाउने, उपेन्द्र पक्षीय नेताहरुको बैठकले ग-यो यस्तो निर्णय Breaking News
  • एमाले – लोसपा गठबन्धन Breaking News
  • एमाले नेता कार्यकर्ताहरूलाई ओलीले दिए यस्तो निर्देशन Breaking News
  • maxresdefault 91
    Meri Bassai मेरी बास्सै Ep- 721 Breaking News
  • KhabarBreaking.com: लोभीहरुबाट हुदैन देशलाई फाइदा ! Breaking News
  • कांग्रेसले महाधिवेशनमा एमालेले जस्तो शक्तिप्रदर्शन नगर्ने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme