एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

३ असोज, काठमाडौँ । एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ । हिल्टन काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरूका प्रमुख कार्यकारी निर्देशकहरूलगायत अन्य सरोकारवाला एवं निर्णायक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित रहेको थियो । कार्यक्रमका सहभागीहरूले नेपालमा प्राइभेट इक्विटीका अवसरहरूका बारेमा अर्थपूर्ण संवाद एवं छलफल गरेका थिए ।

एनआइएमबि एस क्यापिटलको भिजन र मिसनका बारेमा स्पष्ट पार्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले नेपालको समग्र आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्वलाई जोड दिई आफ्नो कम्पनीको रणनीतिक उद्देश्यहरू प्रस्तुत गर्दै नेपालमा प्राइभेट इक्विटी क्षेत्रको उदाउँदा अवसरहरूलाई अझ प्रस्ट्याएका थिए ।

प्रख्यात मोटिभेसनल स्पीकर अतुल सत्य कौशिकले ‘भागवत गीतामा आधारित नेतृत्व र व्यवस्थापनका पाठहरू’शीर्षकमा मुख्य वक्तव्य दिँदै स्रोताहरूलाई मन्त्रमुग्ध बनाएका थिए । उनका गहन विचारहरूले पौराणिक ज्ञानबाट आधुनिक चुनौतीहरूको सामना गर्ने तरिकाहरुमा जोड दिएको थियो । उनले ‘अर्जुन र कृष्ण’ को जस्तो सहयात्राको महत्वलाई जोड दिँदै नेतृत्वकर्ताले कसरी ‘राम र कृष्ण’ जस्ता महान् व्यक्तिहरूका गुणहरूलाई अपनाउनुपर्छ भनेर पनि छलफल गरेका थिए ।

एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले प्राइभेट इक्विटीका आधारभूत विषयहरू र एनआइबिएल इक्वीटी पार्टनर्सले हालसम्म जगदम्बा स्पिनिङ मिल्स, डेलिश डेरिज, शिन्तामनी मुस्ताङ्ग र फिक्कल टी एन्ड कफी जस्ता कम्पनिहरुमा गरेको लगानीको सफलताका बारेमा आकर्षक प्रस्तुति दिएका थिए । यी छलफलहरूले भ्यालु क्रियसन, प्राइभेट इक्विटीमार्फत वृद्धि र विविध क्षेत्रमा दिगो विकासलाई अघि बढाउने एनआइएमबि एस क्यापिटलको प्रस्ट प्रतिबद्धतालाई उजागर गरेको थियो ।

समापन मन्तव्यमा उपस्थित सहभागीहरूलाई उत्साहपूर्ण सहभागिता र समर्थनको लागि धन्यवाद व्यक्त गर्दै एनआइएमबि एस क्यापिटल लिमिटेडका अध्यक्ष सचिन तिब्रेवालले प्राइभेट इक्विटीमा लगानीलाई विस्तार गर्ने एनआइबिएल इक्वीटी पार्टनर्सको प्रतिबद्धतामा जोड दिए ।

साथै देशको समग्र वित्तीय क्षेत्रलाई अगाडि बढाउन सरोकारवाला सम्पूर्णले सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै उनले थप भने,‘आजको ज्ञान र अनुभव आदान–प्रदानले हामीलाई नयाँ अवसरहरू खोजी गर्न र प्राइभेट इक्विटीमा दिगो वृद्धि र प्रगति ल्याउन सहयोग गर्नेछ ।’

कार्यक्रममा सहभागीहरूलाई सम्भावित सहकार्य र लगानीको भावी सम्भावनाहरू सम्बन्धी थप छलफलमा संलग्न हुने अवसर प्रदान गरेको थियो । थट नेतृत्व, स्ट्राटेजिक नेटवर्किङ, र अनुभव आदान प्रदानको उत्कृष्ट सम्मिश्रणले ‘इन्भेस्टर्स सर्कल’ नामको उक्त कार्यक्रमलाई एक शानदार सफलतामा परिणत गरेको आयोजकको विश्वास छ ।

एनआइएमबि एस क्यापिटलद्वारा आयोजित उक्त कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा प्राइभेट इक्विटी लगानीलाई अगाडि बढाउने र रणनीतिक साझेदारीलाई प्रोत्साहन गर्ने कम्पनीको प्रतिबद्धतालाई दर्शाएको छ ।

The post एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    २५ असोज, काठमाडौं । बडादसैँका अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नु भएको छ । हरेक वर्ष नेपाल प्रहरीले मौलो पूजा गर्दै आएको छ ।…

    Read more

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    २५ असोज, काठमाडौं । हिन्दु समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व (बडा दशैँ) दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु भएको छ । मन्दिर र अस्थायी मण्डपमा धार्मिक उत्सवको साथ दुर्गा पूजा सुरु…

    Read more

    Leave a Reply

    You Missed

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 13 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 13 views

    ३ अर्ब ५७ करोड लागतमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को प्रधानमन्त्री ओलीद्वारा समुद्घाटन

    • By
    • October 10, 2024
    • 10 views
    ३ अर्ब ५७ करोड लागतमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को प्रधानमन्त्री ओलीद्वारा समुद्घाटन

    Post Title

    • By
    • October 10, 2024
    • 7 views

    मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

    • By
    • October 10, 2024
    • 13 views

    उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव आयोगको गठन  

    • By
    • October 9, 2024
    • 15 views