एक सहकारी एक गोदाम आवश्यक छ–महाप्रबन्धक भट्टराई

९ असार, काठमाडौ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक सहकारी एक गोदाम आवश्यक रहेको बताएका छन् ।
आइबार प्रथम सहकारी रोजगार मेलामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडः रोजगारीको अवस्था र आगामी सम्भावनाहरुबारे कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
महाप्रबन्धक भट्टराईले भने, “एक सहकारी एक गोदाम हुनुपर्छ । हाम्रो किसानहरुले उत्पादन गरेको वस्तुहरु राख्ने ठाउँ छैन । यसले गर्दा पनि उनीहरुले विचौलियाहरुलाइ तुरुन्तै बिक्री गर्नु पर्ने बाध्यता रहेको छ ।”
त्यस्तै उनले सरकारले एक पालिका एक कृषि बजार बनाउनु पर्ने उनले माग राखे । “कृषि क्षेत्रमा बजारको पनि अभाव रहेको छ । सरकारले एक पालिका एक कृषि बजार बनाउनु पर्छ । यसो गर्न सकिएमा हाम्रा उत्पादनहरुले बजार खोज्दै भौतारिनु पर्ने थिएन ।”
सरकारले जबसम्म मल र स्तरिय बिउको व्यवस्था नगरेसम्म उत्पादन बढाउन नसकिने उनले बताए । “हाम्रामा उत्पादन भएका वस्तुहरुको समर्थन मूल्य तोक्नका लागि ढिला गर्ने गरिएको छ । उत्पादनको समर्थन मूल्य बाली लगाउनु पहिले तोक्नु पर्छ । समर्थन मूल्य अगाडी नै तोकेमा किसानहरुले उत्पादन गर्न जोड दिन्छन्”, उनले भने ।
सहकारी मर्जरमा जानु पर्ने विषयमा उनले असन्तुष्ट जनाए । उनले भने, “एकातिर सहकारीलाई मर्जरमा लैजाने भनिएको छ । भएका सहकारीलाइ राम्रा बनाउनु पर्छ । किन मर्जरमा जोड दिनु पर्यो । संख्या घटाउँदैमा राम्रो हुन्छ भन्ने होइन । भएका सहकारीलाइ व्यवस्थित बनाउनु पर्छ ।”
करिब दुइ हजारको हाराहारीमा अहिले पनि साना किसान सहकारीहरुले स्थापना गरेको उद्योगहरुमा जागिरको रुपमा काम गरिरहेको उनले जानकारी दिए । आगामी दिनमा यस्तो संख्या थप बढाउँदै लैनाने योजना रहेको उनले सुनाए ।
रोजगारी सिर्जनका लागि आगामी योजना सुनाउँदै उनले औपचारिक, अनौपचारिक, प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताए । यसका साथै उनले कृषिमा डिजिटलाइजेसन र पारिवारिक खेती गर्ने किसानहरुको पहिचान र प्रर्वद्धन गर्न ध्यान दिनस पर्ने बताए । साथै सरकारले सहकारी क्षेत्रमा रोजगारी दिने जुन लक्ष्य लिएको छ यसमा सहकारीले सहयोग गर्ने उनले बताए ।

The post एक सहकारी एक गोदाम आवश्यक छ–महाप्रबन्धक भट्टराई first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न