एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यकः नेता शर्मा

१२ भदौ, तुलसीपुर । नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले आगामी निर्वाचनमा पार्टीलाई एक्लै लड्ने अवस्थामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

मङ्गलबार माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएकी शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताउनु भयो ।

त्यस अवसरमा पार्टीका निर्वाचन आयोग संयोजक कुवेर वलीले पार्टीभित्र गुटबन्दी हुन नहुने बताउनु भयो । पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले माओवादी केन्द्रको जनमत घट्दै गएकोप्रति समीक्षा हुनुपर्ने बताउनु भयो ।

The post एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यकः नेता शर्मा first appeared on Khabar Breaking.

  • Related Posts

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा…

    Read more

    Leave a Reply

    You Missed

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 7 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 7 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 1 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    तीज पर्वको अवसरमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना

    • By
    • September 5, 2024
    • 20 views